Ntc
Khabar Dabali २४ जेष्ठ २०८० बुधबार | 7th June, 2023 Wed

खोप अभियान व्यवस्थित गर्न प्रधानमन्त्री देउवाको निर्देशन

खबरडबली संवाददाता

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ विरुद्धको खोप अभियानलाई व्यवस्थित गर्न सम्बन्धित निकायका पदाधिकारीलाई निर्देशन दिएका छन्  । 

प्रधानमन्त्री देउवाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव लक्ष्मण अर्याल, विशेषज्ञ डा रोशन पोखरेल, स्वास्थ्य सेवा विभागका महानिर्देशक दीपेन्द्ररमण सिंह, खोप तथा बाल स्वास्थ्य महाशाखाका प्रमुख डा तारा पोखरेललगायत पदाधिकारीलाई आज कोभिड–१९ को परीक्षण, उपचार, अक्सिजन तथा अन्य अत्यावश्यक सामग्रीको व्यवस्थापनमा कुनै किसिमको कमी हुन नदिन निर्देशन दिए ।

कोभिड महामारीको तेस्रो लहरको तयारी, महामारी व्यवस्थापन, खोप अभियानलाई चुस्त, प्रभावकारी, झन्झटमुक्त, भीडभागरहित ढङ्गले खोप लगाउन उनले निर्देशन दिए ।  खोप लगाउन लामो समयसम्म लामबद्ध भएर बस्नुपर्ने अवस्थाको अन्त्य, जनशक्ति तथा खोप केन्द्र थप गर्ने र महामारी नियन्त्रणमा दत्तचित्त भएर लाग्न प्रधानमन्त्री देउवाले निर्देशन दिए  । 

कोभिड–१९ महामारीको पछिल्लो स्थिति सम्भावित तेस्रो लहरविरुद्धको पूर्वतयारी, जारी खोप अभियान, चुनौती तथा आगामी योजनाबारे पनि उनले जानकारी दिए । प्रधानमन्त्री देउवाको निर्देशनअनुसार खोप कार्यक्रमलाई अझ व्यवस्थित तुल्याउन आजै सचिव अर्यालले काठमाडौँ उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र स्वास्थ्य कार्यालयका प्रमुखसँग सामूहिक छलफल गरी जनशक्ति एवम् खोप केन्द्र बढाउन निर्देशन दिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।–रासस

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रेशम चौधरीलाई आममाफी दिएको प्रकरणमा कारण देखाउ आदेश

काठमाडौं । सर्वोच्च अदालतले टीकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीलाई आममाफी दिएको प्रकरणमा कारण देखाउ आदेश गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउ...

सुनकोशीमा वेपत्ता भएका दुई जनाको शव भेटियो

काठमाडौं । पाँचदिन अघि सुनकोशी नदिनमा जिपसहित तीन जना प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का कर्मचारी वेपत्ता भएकोमा २ जनाको शव र ...

ए डिभिजन लिग फुटबलः एफसी खुमलटार विजयी

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा एफसी खुमलटार क्लबले सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई पराजित गर्दै विजयी भएको छ ।    सात...

नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण संविधान प्रतिकूल छः सर्वोच्च बार

काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएसनले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गर्नु संसदीय प्रणाली, शक्ति पृथकीकरणको सिद्धान्त र नेपालको संविधान प्रतिकू...

कर्णाली प्रदेशः नीति कार्यक्रममाथिको छलफल सुरु

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको छ ।  मुख्यमन्त्री राजकुमार...

महेन्द्र बहुमुखी क्याम्पसमा प्राध्यापन गर्ने एक शिक्षक मृत फेला

जानकी । महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जमा प्राध्यापन गर्ने एक शिक्षक मृतावस्थामा फेला परेका छन् । अर्थशास्त्र विषयमा आंशिक प्राध्यापन गर्ने रवीन्द...

बृहत् आर्थिक सम्मेलनबाट आर्थिक निकास खोजौँः सांसद भट्टराई

काठमाडौं । सांसद योगेशकुमार भट्टराईले आर्थिक सङ्कटको निकास खोज्न सरकारलाई प्रतिपक्षले सहयोग गर्ने बताएका छन् ।    प्रतिनिधिसभाको आज बसेको बैठकमा...

चर्च ब्वाइजलाई ए डिभिजन लिगको डेब्यु खेलमै उपाधि

काठमाडौं । ए डिभिजन लिगमा बढुवा भएको सिजनमा नवप्रवेशी चर्च ब्वाइज युनाइटेड क्लबले सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि जितेको छ । त्र...

वडा अध्यक्ष ५० हजार घुससहित अख्तियारको फन्दामा

काठमाडौं ।  सप्तरी जिल्लाको अग्निसाइर कृष्णासवरण गाउँपालिका ५ का वडा अध्यक्ष सब्दुल मियालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले  ५० हजार घुससहित...

अफगानिस्तानमा विष्फोट हुँदा डेपुटी प्रान्तीय गभर्नरसहित दुई जनाको मृत्यु, छ जना घाइते

फैजाबाद । अफगानिस्तानको प्रान्तीय राजधानी फैजाबादमा मङ्गलबार भएको विस्फोटमा परी डेपुटी गभर्नरसहित दुई जनाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन...

अरु धेरै
Right path detel page
Vianet Nepal Internet

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Salt Trending Detail Page