Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

बालकमाथिको प्रहरी दमनको घटनाप्रति आयोगको गम्भीर ध्यानाकर्षण

१३ साउन, काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले संविधानको मस्यौदामाथि सर्वसाधारणको राय सुझाव लिने क्रममा प्रदर्शनकारी र प्रहरीबीच धनुषाको जनकपुरमा भएको दोहोरो झडपमा १४ वर्षीय बालक दिनेशकुमार साहमाथि प्रहरीले गरेको आक्रमणको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आयोगकी सदस्य तथा प्रवक्ता मोहना अन्सारीको नेतृत्वमा धनुषा र रौतहट जिल्लाको मानव अधिकारको अवस्था अनुगमन गर्न गएको अनुगमन टोलीले जनकपुरमा भएको घटनाको बारेमा त्यहाँका राजनीतिक दल, नागरिक समाज, मानव अधिकारकर्मी, प्रहरी प्रशासन, आन्दोलनकारी, पत्रकार र सर्वसाधारणसँग छुट्टैछुट्टै स्थानमा गरेको छलफलपछि आयोगले बिनाकारण १४ वर्षीय बालक दिनेशमाथि निर्ममतापूर्वक गरेको वल प्रयोगले मानव अधिकारको ठाडो उल्लङ्घन भएको ठहर गरेको छ । आयोगका सदस्य तथा प्रवक्ता अन्सारीद्वारा आज जारी विज्ञप्तिमा घटनामा घाइते भई न्यूरो अस्पताल विराटनगरमा उपचारार्थ बालक दिनेशको प्रभावकारी उपचारको व्यवस्था मिलाउन एवम् सम्पूर्ण उपचार खर्च समेत सरकारले व्यहोर्न तथा घटनाको सत्यतथ्य छानबिन गरी घटनामा दोषी देखिएकालाई कारबाही गर्न माग गरिएको छ । विज्ञप्तिमा घटनामा प्रहरीले बालबालिकामाथि औचित्यहीन बल प्रयोग गरेको पाइएको र आक्रमणमा सहभागी नै नभएका अधिकांश व्यक्तिलाई प्रहरीले कुटपीट गर्नु गैरकानुनी भएको साथै शान्तिपूर्ण रुपमा भइरहेको विरोधका कार्यक्रमलाई प्रहरीले हस्तक्षेप गरेर घटना घटाएको बुझिएको उल्लेख छ । धर्ना, विरोध प्रदर्शन, सभालगायतमा बालबालिकाको प्रयोग गर्न नपाइने भएपनि ती जिल्लामा राय सुझाव लिने क्रममा भएको विरोध प्रदर्शनमा अत्यधिक बालबालिकाको प्रयोग भएको पाइएको विज्ञप्तिमा उल्लेख छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending