Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

मुख्यमन्त्री पोखरेलद्वारा नगरपालिका सुविधासम्पन्न भवन उद्घाटन

रासस

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाको नयाँ सुविधासम्पन्न भवन गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उद्घाटन गरेका छन् । मध्यविन्दु–७ चोरमारामा निर्माण गरिएको प्रशासनिक भवनको सोमबार उद्घाटन भएसँगै सोही भवनबाट केही विषयगत शाखाहरुको काम शुरु गरिएको छ ।

 
सो अवसरमा मुख्यमन्त्री पोखरेलले नयाँ प्रशासनिक भवनबाट काम शुरु भएपछि नगरवासीलाई प्रदान गरिने सेवा प्रभावकारी र सेवाग्राहीमैत्री बनाउन निर्देशन दिए । कार्यालयबाट हुने कार्यसम्पादनबाट सेवाग्राहीको सन्तुष्टि, सेवा प्रवाहमा सेवाग्राहीको धारणा, कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन सबै पक्षलाई सही ढङ्गबाट अगाडि बढाउनुपर्नेमा पोखरेलले जोड दिए । कोभिड–१९ का कारण उत्पन्न भएको परिस्थिति, सरकार गठनको अवस्थालगायतका कारण चालु आर्थिक वर्ष २०७८/७९ को बजेटमा जिल्लामा विकास निर्माणका केही विषय छुटेका भए पनि ती विषयलाई आफूले सम्बोधन गर्ने मुख्यमन्त्री पोखरेलले प्रतिबद्धता जनाए  ।

गत असार १ गतेदेखि आएको बाढीपहिराले पुर्‍याएको क्षति न्यूनीकरणका लागि प्रदेश सरकारको तर्फबाट नगरपालिकालाई रु पाँच लाख सहयोग गरिएको भन्दै पोखरेलले स्थानीयवासीसँग प्रत्यक्ष जोडिने स्थानीय सरकारले पीडितलाई राहत वितरण, सुरक्षित स्थानमा स्थानान्तरणलगायतका काम गर्न आवश्यक रहेको बताए ।

कार्यक्रममा नगर प्रमुख चन्द्रबहादुर रानाले नगरको समग्र विकासमा मुख्यमन्त्री पोखरेलको महत्वपूर्ण भूमिका हुने विश्वास व्यक्त गरेका थिए । उनले  मध्यविन्दुलाई विकास गर्न नगरले तयार गरेको गुरुयोजनासमेत मुख्यमन्त्रीलाई हस्तान्तरण गरेका थिए । उक्त प्रतिवेदनमा रहेका विषयको सम्बोधन गर्न उनले मुख्यमन्त्रीसँग मागसमेत गरेका छन् ।   केही वस्तुगत शाखाको काम नयाँ भवनबाट शुरु गरिएको भए पनि पूर्णरूपमा सञ्चालनका लागि अझ केही समय लाग्ने नगरप्रमुख रानाले बताए । 

कार्यालय व्यवस्थापनका लागि फर्निचर खरिदको ठेक्का प्रक्रियामा रहेको भन्दै रानाले फर्निचर खरिद भएपछि नगरपालिकाको सबै सेवा उक्त भवनबाट शुरु हुने बताए । मध्यविन्दु नगरपालिका निर्माण भएसँगै विसं २०७३ मा नै नयाँ भवन निर्माणका लागि शिलान्यास भएर काम अगाडि बढेको थियो । दुई चरणमा भएको ठेक्का सम्झौतामार्फत भवन निर्माण सम्पन्न गरिएको हो । 

पाँच करोडमा भवन निर्माण

आव २०७४/७५ मा कैलाश एण्ड कम्पनीसँग रु एक करोड २० लाख लागत सम्झौतामा भवन निर्माणको काम भएको थियो । पुन: विसं २०७५ फागुन २२ गते बिरुवा कामाख्य उपमा जेभीसँग रु तीन करोड ८१ लाख ७९ हजार ९३१ मा निर्माण सम्झौता गरी ठेकेदार कम्पनीले विसं २०७७ माघ २२ गते नगरपालिकालाई भवन हस्तान्तरण गरेको सूचना अधिकारी सुमनराज रेग्मीले जानकारी दिए । दुई चरणमा गरेर रु पाँच करोड दुई लाख लागतमा भवन निर्माण सम्पन्न भएको रेग्मीले बताए । 

मध्यविन्दु नगरपालिकाको नयाँ प्रशासनिक भवनसँगै सुविधासम्पन्न सभाहलसमेत निर्माण गरिएको छ । नगरपालिकाले पूर्णरूपमा नयाँ भवनबाट काम शुरु गरेपछि अहिले कार्यालय रहेको भवनलाई कर्मचारी आवास गृहका रूपमा सञ्चालन गर्ने योजना रहेको नगरप्रमुख रानाले बताए  ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies