मनाङ । मङ्गलबार साँझदेखि परेको अविरल वर्षाका कारण मस्र्याङ्दी नदीमा आएको बाढीले सदरमुकाम चामेको झोलङ्गे पुल बगाएको छ ।
जिल्लाको माथिल्लो मनाङ जोड्ने एकमात्र चामे झोलुङ्गे पुल बगाएपछि चामे र मनाङको भक्तपुर तथा माथिल्लो मनाङसँगको आवतजावतमा सकस भएको छ ।
गत जेठ अन्तिममा परेको वर्षाले गर्दा मस्र्याङ्दी नदीमा आएको बाढीपहिराले सडक सञ्जाल बगाएर विच्छेद भएको थियो । हिजो रातिदेखि परेको अवरिल वर्षाका कारण आज चामेको झोलुङ् पुल पनि बगाएपछि यात्रा झन सकस बनेको हो ।
माथिल्लो मनाङ जोड्ने उक्त पुल बिहान आएको बाढीले बगाएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए । “सडक सञ्जाल विच्छेद भए पनि झोलुङ्गे पुलले सहज बनाएकोमा त्यो पनि बगाएपछि अझ सकस भयो,” उनले भने, “अन्यत्र केही ठाउँमा बनाएको काठका गोरेटो बाटोसमेत मस्र्याङ्दी नदीमा आएको बाढीले बगाएको छ । वर्षात् कम हुँदा सहज हुन्छ की भन्ने आश लागे पनि पुन:वर्षा हुँदा समस्या जटिल बन्दै गएको छ । ”
बाढीपहिरा प्रभावितलाई खाद्यान्नलगायत अत्यावश्यक वस्तु पुर्याउन सहज भएको स्थानमा पनि समस्या थपिएको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले बताए । “यस पटक प्राकृतिक विपत्तिले पनि मनाङलाई धेरै कष्ट दिएको छ, अब विस्तारै कम होला भन्यो, फेरि समस्या आउँछ, त्यसै त सडक सञ्जाल सहज नहुँदा खाद्यान्न अभाव हुने अवस्थामा छ,” उनले भने ।
चामेको मोटरेवल पुलमा भने हालसम्म समस्या रहेकोे छैन । पुलमा बाढीले ल्याएको बालुवा, ढुङ्गा र काठले पानी जाने बाटो थुनेर बस्तीतर्फ जाँदा त्यहाँस्थित विद्यालयमा क्षति पुगिरहेको छ । यसअघि नै आएको बाढीपहिराले मनाङको सरकारी, गैरसरकारी तथा व्यक्तिगत भौतिक संरचनामा धेरै क्षति पुगिसकेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ५ गते, २०७९ - १७:१६
गलकोट । दश पालिका रहेको बागलुङको मतगणना सकिएको छ । बागलुङको मतपरिणाम आइसक्दा ८५ वडाध्यक्षमा सबै पुरुष विजयी भएका छन् भने एक पालिका अध्यक्ष र एक पालिका...
जेष्ठ ५ गते, २०७९ - १६:५७
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सांसद जीवनराम श्रेष्ठले काम नै नसकिएको धरहराको उद्घाटन गरिए पनि हालसम्म सञ्चालनमा आउन नसकोमा टिप्पणी गरेका छन् । ...
जेष्ठ ५ गते, २०७९ - १६:४२
धनुषा । धनुषाको कमला नगरपालिकामा जसपाका जिल्ला अध्यक्षलाई पराजित गर्दै कांग्रेसका उम्मेदबार निर्वाचित भएका छन् । प्रमुखमा विशेश्वर यादवले जसपाका पशुप...
जेष्ठ ५ गते, २०७९ - १६:२४
दमौली । तनहुँको व्यास नगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले अग्रता लिएका छन् । हालसम्म गणना भएकामध्ये स्वतन्त्र उम्मेदवार जोशीले एक ...
जेष्ठ ५ गते, २०७९ - १५:२४
कैलाली । कैलालीको कैलारी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका राजसमझ चौधरी निर्वाचित भएका छन् । चौधरीले १० हजार ४९२ मत प्राप्त गरेका छन् भने उनक...
जेष्ठ ५ गते, २०७९ - १५:०५
काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा मिनेन्द्र रिजालले पूँजीगत खर्च नहुनुमा अर्थतन्त्रमा रहेको संरचनागत संरचनाले काम गरेको टिप्पणी गरेका छन् । प्...
जेष्ठ ५ गते, २०७९ - १४:४७
काठमाडौँ । अदालतबाट एक दिन कैद र रु नौ लाख जरिवाना तोकिएका फरार एक व्यक्तिलाई प्रहरीले आज काठमाडौँको बूढानीलकण्ठबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा...
जेष्ठ ५ गते, २०७९ - १४:३३
बझाङ । यहाँका १२ वटै स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । जिल्लाका दुई नगरपालिका र १० गाउँपालिकामध्ये नेपाली कांग्रेस छ, नेकपा (एमाले) तीन,...
जेष्ठ ५ गते, २०७९ - १४:१३
काठमाडौँ । सरकारले गणतन्त्र दिवस त्रि–द्विवसीय कार्यक्रमका साथ मनाउने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको गणतन्त्र दिवस–२०७...
जेष्ठ ५ गते, २०७९ - १४:००
चितवन । सरकारले आइतबार सार्वजनिक बिदा थप गरेपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा ...
प्रतिकृया लेख्नुहोस्: