Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

बिपीको विचार र सिद्धान्त जगेर्ना हामी सबैको दायित्व : मुख्यमन्त्री पोखरेल

खबरडबली संवाददाता

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बिपीको विचार र सिद्धान्त जगेर्ना हामी सबैको दायित्व भएको बताएका छन् ।

बिपी कोइरालाको ३९औँ स्मृति दिवसका अवसरमा आज श्रद्धाञ्जलि वक्तव्य जारी गर्दै उनले कोइरालाको गतिशील र कालजयी विचारले गर्दा अहिले पनि नेपाली कांग्रेस मुलुकको प्रजातान्त्रिक आन्दोलन, राष्ट्रियता, विकास र स्थायित्वको पर्यायवाची शक्तिका रुपमा रहेको बताए । “नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री, बहुआयामिक व्यक्तित्व नेपाली राजनीतिका केन्द्रविन्दुु प्रजातान्त्रिक विचार र आन्दोलनका नायक, नेपाली कांग्रेसका सस्थापक जननायक बिपी कोइरालाको ३९औँ स्मृति दिवसका अवसरमा हार्दिक श्रद्धासुमन अर्पण गर्दछु”, मुख्यमन्त्री पोेखरेलले वक्तव्यमा भनेका छन्  ।

नेपालमा प्रजातन्त्रको स्थापनार्थ कठोर सङ्घर्ष गरेका कोइरालाको योगदान नेपाली साहित्यका क्षेत्रमा समेत उत्तिकै उज्ज्वल रहेको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले जहानियाँ राणा शासनबाट नेपाल र नेपालीलाई मुक्त गर्न, प्रजातान्त्रिक विचारधारको विकास र विस्तारमा योगदान गर्न, मुलुकमा संसदीय प्रजातन्त्रलाई संस्थागत गर्न, नेपालको अन्तर्राष्ट्रिय गरिमा वृद्धि तथा सम्बन्ध विस्तार गर्न उनले गरेको योगदानको जति नै प्रशंसा गरे पनि नपुग्ने बताएका छन् ।

“राष्ट्रियताको सवालमा उहाँले लिनुभएको राष्ट्रिय मेलमिलाप नीतिको सान्दर्भिकता मुलुकमा झन् बढ्दै गएको छ । लोकतन्त्र र संसदीय अभ्यासमा विश्वास गर्ने राजनीतिक दलहरूका लागि बिपीका सिद्धान्त र आदर्श जहिल्यै पनि मूल मन्त्रका रुपमा स्थापित भएका छन् भने प्रजातान्त्रिक समाजवादको विश्वव्यापी आन्दोलनमा युगनायक बिपी कोइरालाको योगदान आफैमा महत्वपूर्ण छ”, वक्तव्यमा उल्लेख गरिएको छ ।

मुलुक र नागरिकको हितका लागि बिपीले थालेको दूरगामी सोचबाटै अहिले मुलुक अगाडि बढेको बताउँदै उनले सत्तामा रहँदा र नरहँदा बिपीले जहिल्यै पनि मुलुक र जनतालाई नै केन्द्रविन्दुमा राखेको बताए  । राजनीति परिवर्तनको महसुस नागरिकले आर्थिक समृद्धिमार्फत गर्न पाउनुपर्छ भन्ने बिपीको धारणा रहेको बताउँदै मुख्यमन्त्री पोखरेलले नागरिक समृद्ध र सुखी नहुँदासम्म राष्ट्रियता र प्रजातन्त्र मजबुत नहुने हँुदा राजनीतिको मूल ध्येय जनताको सेवा हो भन्नेमा बिपीको स्पष्ट दृष्टिकोण रहेको बताए ।

उनले मुलुकको समुन्नतिका लागि बिपी कोइरालाकै सिद्धान्तलाई अङ्गीकार गर्न तथा उहाँले देखाएको प्रजातान्त्रिक समाजवादको मार्ग अवलम्बन गर्दै समृद्ध मुलुक निर्माणको अभियानमा एकजुट हुन प्रजातन्त्रप्रति विश्वास गर्ने सम्पूर्ण नेपाली नागरिकमा आग्रह गरेका छन्  । –रासस

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies