Khabar Dabali १० माघ २०८२ शुक्रबार | 23rd January, 2026 Fri
Investment bank

बागलुङले लक्ष्यभन्दा ५७ प्रतिशत बढी एक अर्ब ३५ करोड ५५ लाख राजस्व सङ्कलन गर्यो

रासस

गलकोट । आन्तरिक राजस्व कार्यालय बागलुङले गत आर्थिक वर्षमा लक्ष्यभन्दा ५७ प्रतिशतभन्दा बढी राजस्व सङ्कलन गरेको छ । 

कार्यालयले गत आर्थिक वर्षमा रु ८६ करोड २० लाख छ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा सो अवधिमा रु एक अर्ब ३५ करोड ५५ लाख ६८ हजार राजस्व सङ्कलन गरेको छ । यो लक्ष्यको तुलनामा ५७ दशमलव २६ प्रतिशत बढी हो । 

सङ्कलित कूल राजस्वमध्ये आयकरतर्फ ४८ दशमलव ७७ प्रतिशत अर्थात् रु ७९ करोड सात लाख ९१, बहाल करतर्फ ११ दशमलव४७ प्रतिशत अर्थात् रु दुई करोड ५० लाख ७७ हजार, ब्याजकरतर्फ १७ दशमलव ३४ प्रतिशत अर्थात् रु नौ करोड ६७ लाख ५७ हजार, मूल्यअभिवृद्धि करतर्फ ९८ दशमलव ४ प्रतिशत अर्थात् रु ४१ करोड ७६ लाख ७८ हजार र अन्त:शुल्कतर्फ ९८ दशमलव ३५ प्रतिशतअर्थात् रु दुई करोड ४० लाख ९३ हजार सङ्कलन भएको आन्तरिक राजस्व कार्यालयका प्रमुख जनकराज शर्माले जानकारी दिए । 

उहाँका अनुसार रु २१ करोड ५४ लाख बक्यौता र राजस्व सम्भाव्यता क्षेत्रको अनुगमन तथा कर कानूनको प्रभावकारी कार्यान्वयन हुँदा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन भएको छ । गत आर्थिक वर्षमा स्वास्थ्य सेवा करतर्फ रु एक लाख ८७ हजार र शिक्षा सेवा शुल्कतर्फ रु ८६ हजार सङ्कलन भएको कार्यालयले जनाएको छ । 

यस्तै, गत आवमा आन्तरिक राजस्व कार्यालय बागलुङले तीन हजार ४४० व्यावसायिक करदाता, चार हजार ९१२ व्यक्तिगत करदाता र ४२ जना अग्रिम कर कट्टी गरी जम्मा आठ हजार ३९४ करदाता थपिएका छन् । तीमध्ये २०१ जना मूल्य अभिवृद्धि करमा र १५० जना अन्त:शुल्कमा थपिएको कार्यालय प्रमुख शर्माको भनाइ छ । 

आयकरतर्फ रु १५ करोड ९१ लाख ३८ हजार, मूल्य अभिवृद्धि करतर्फ रु पाँच करोड ६२ लाख ८९ हजार गरी कूल रु २१ करोड ५४ लाख १५ हजार बक्यौता असुली भएको छ । कार्यालयले गत आवमा कूल ६३ करदाताको छानबिन, परीक्षण र अनुसन्धान गरी आयकरतर्फ रु दुई करोड ७६ लाख ५४ हजार तथा मूल्य अभिवृद्धि करतर्फ रु पाँच करोड ३५ लाख पाँच हजार थप कर निर्धारण गरिएको छ । यस्तै, १०२ करदाताको दु्रत छानबिनबाट रु ३५ लाख ७९ हजार कर असुल तथा १८२ करदाताको अनुगमनबाट रु तीन लाख पाँच हजार जरिवाना सङ्कलन गरिएको छ । 

उक्त अवधिमा सात हजार ३८ करतादाको विवरण अद्यावधिक तथा एक हजार १५३ करदाताको बायोमेट्रिक रजिष्ट्रेशन र १० वटा करदाता शिक्षा कार्यक्रम गरिएको कार्यालयले छ । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending