Ntc summer Offer
Khabar Dabali ३० कार्तिक २०८१ शुक्रबार | 15th November, 2024 Fri
Investment bank

सहमहामन्त्री डा. महत भन्छन्– सरकारले संयमित भएर काम गर्नुपर्छ

खबरडबली संवाददाता
गुल्मी । नेपाली काँग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले ओली सरकारको ज्यादतिका कारण नेपाली काँग्रेसलाई अहिले अनपेक्षितरुपमा सरकार सञ्चालनको अवसर प्राप्त भएको बताएका छन् । 
 
उनले नेपाली काँग्रेसको नेतृत्वको सही समयमा सही निर्णय गर्ने सुझबुझ र परिपक्वताले मुलुकमा विधिको शासनलाई स्थापित गर्न मद्दत पुगेको धारणा राखे ।  
 
नेपाली काँग्रेस गुल्मीले आज बिपी स्मृति भवन तम्घासमा आयोजना गरेको पाटी कार्यकर्ता भेटघाट कार्यक्रममा नेता महतले लोकतान्त्रिक मूल्यमान्यता, विधिको शासन एवं भ्रष्टाचारमुक्त र जनता केन्द्रित शासन स्थापित गर्न नसकेका कारण ओली सरकार बर्हिगमन हुनुपरेको बताए । 
 
सहमहामन्त्री डा महतले भने “धैर्यता, संयमता र सुझबुझपूर्ण तरिकाबाट जसरी सत्ता सञ्चालनको जिम्मेवारीमा हामी पुगेका छौँ, त्यहीअनुरुप संयमित रुपमा शासन सत्ता सञ्चालन गर्नुपर्छ, कहीँकतै पनि प्रश्न गर्ने ठाउँ दिनुहुँदैन”, नेता महतले भने । 
 
उनले  मुलुक सञ्चालन गर्नका लागि इमान, सीप र समपर्ण चाहिने भन्दै त्यो कुरा नेपालका कम्युनिष्टहरुमा नदेखिएको आरोप पनि लगाए । उनले जनताका चाहना र अपेक्षा बुझेर नै वर्तमान सरकारले काम गर्ने पनि बताए । 
 
नेपाली काँग्रेस विधि र संविधानमा विश्वास गर्ने पार्टी भएका कारण जनताले यो सरकारप्रति ठूलो अपेक्षा गरेको भन्दै नेता महतले उक्त अपेक्षालाई पूरा गर्न पनि वर्तमान सरकारलाई कहीँकतै त्रुटि नगरी सजग भएर पाइला चाल्नसमेत आग्रह गरे  ।   
 
कार्यक्रममा नेपाली काँग्रेसका नेता एवं केन्द्रीय सदस्य डा चन्द्र भण्डारीले यो अवस्थामा नेपाली काँग्रेसको काँधमा सरकार सञ्चालनको जिम्मेवारी आउनु भनेको अवसर र चुनौती दुवै उत्तिकै रहेको भन्दै यो अग्नि परीक्षामा खरो उत्रिनुपर्ने बताए । 
 
कार्यक्रममा नेपाली काँग्रेस गुल्मीका पार्टी सभापति भुवनप्रसाद श्रेष्ठले व्यक्तिभन्दा माथि उठेर मुलुक र पार्टीका लागि लाग्न नेतृत्व पङ्क्तिलाई सुझाव दिएका थिए । 
 
कार्यक्रममा पाटी नेता तथा कार्यकर्ताले पार्टीको आसन्न निर्वाचन, पेशागत समस्या, सरकार गठन प्रक्रिया र आउँदो निर्वाचनलगायतका विषयमा आफ्ना धारणा राखेका थिए । नेता डा महत आजै नेपाली काँग्रेस गुल्मी क्षेत्र नं १ का पार्टी सभापति एवं गुल्मी दरबार गाउँपालिका अध्यक्ष अशोककुमार थापाको निधन भएको १२औँ दिनको पुण्यतिथीमा आयोजित शोकसभामा पनि सहभागी भएका थिए । 
Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy