Ntc summer Offer
Khabar Dabali ८ आश्विन २०८१ मंगलवार | 24th September, 2024 Tue
NIMB

विगतका वर्षमा भन्दा कञ्चनजङ्घा संरक्षण क्षेत्रमा नाउरको सङ्ख्या बढ्दो

रासस

ताप्लेजुङ । ताप्लेजुङको कञ्चनजङ्घा संरक्षण क्षेत्रमा नाउरको सङ्ख्या विगतका वर्षमा भन्दा बढ्दै गएको छ । गत महिना नाउर गणनाको तथ्याङ्कले यसको सङ्ख्या बढ्दो देखाएको हो । गत महिमा विश्व वन्यजन्तु कोष र कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को सहकार्यमा नाउरको गणना भएको थियो । गणनामा कञ्चनजङ्घा संरक्षण क्षेत्रभित्र एक हजार ४२१ सङ्ख्यामा नाउर रहेको कञ्चनजङ्घा संरक्षण क्षेत्रका कार्यालय प्रमुख गणेशप्रसाद तिवारीले बताए । यो विगतका वर्षको तुलनामा बढ्दो सङ्ख्या हो ।

कञ्चनजङ्घा संरक्षण क्षेत्रको समुद्र सतहदेखि तीन हजार ५०० मिटरदेखि माथिका स्थानमा नाउर पाइने गरेको छ । नाउरको बासस्थान र चरन क्षेत्रलाई आधार मानिएर चार वटा ब्लक क्षेत्र विभाजन गरी नाउरको गणना गरिएको थियो । तीन ब्लक क्षेत्रमा नाउर गणना गर्दा एक हजार ४२१ रहेको संरक्षण क्षेत्र कार्यालयका सूचना अधिकारी तथा रेन्जर धर्मेन्द्र थापाले बताउनुभयो । कोभिड–१९को कारणले ओलाङचुङगोला ब्लक क्षेत्रमा गणना हुन बाँकी छ । अझ ओलाङचुङगोला ब्लक क्षेत्रमा गणना गर्दा यो सङ्ख्या बढ्न जाने थापाले बताए ।

घुन्सा खम्बाछेन ब्लक क्षेत्रमा ६४२ नाउर रहेको गणना तथ्याङ्कमा आएको छ । याङमा ब्लक क्षेत्रमा ५३२ र रामजेल ब्लक क्षेत्रमा २४७ वटा नाउर रहेको संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयले जनाएको छ ।  पोथी नाउरभन्दा भाले नाउरको सङ्ख्या दोब्बर बढी रहेको कार्यालयले जनाएको छ । चार सय ९५ पोथी, ८१६ वटा भाले र ८० बच्चा नाउर रहेको गणनाको तथ्याङ्कले जनाएको छ । सत्ताइस वटा भालेपोथी नछुट्टिएका नाउर रहेका छन् । दुई सय आठ नाउर बयस्क भाले, २०७ नाउर तरुण भाले रहेको र २०६ नाउर किशोरावस्थाको रहेको तथ्याङकमा उल्लेख छ । एक सय ९८ वटा अर्धवयस्क उमेरका नाउर रहेको संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयले जनाएको छ । 

संरक्षण क्षेत्रमा चारवटा हिउँ चितुवा उपसमिति गठन गरिएको छ । उपसमितिलाई हिउँ चितुवाको अवलोकन गर्ने मुख्य जिम्मेवारी दिइएको छ । त्यही उपसमितिले हिउँ चितुवाको आहाराका रूपमा मानिने नाउरको पनि आवलोकन गर्दै आएको याङ्मा हिउँ चितुवा उपसमितिका अध्यक्ष फिन्सो शेर्पाले बताए । हिउँ चितुवाका उपसमितिका पदाधिकारी र संरक्षण क्षेत्रले तोकिएको प्राविधिकहरुमार्फत नाउरको गणना हुने गरेको कञ्चनजङ्घा क्षेत्र व्यवस्थापन परिषद्का अध्यक्ष खगेन्द्र फेम्बुले बताए ।

कञ्चनजङ्घा क्षेत्रमा घुन्साबाट पाङ्पेमा बेसक्याम्पसम्मको क्षेत्रलाई घुन्सा–खम्बाछेन, याम्फुदिनको रामजेल, चेइरामबाट कञ्चनजङ्घा हिमालको पूर्वी बेसक्याम्पको क्षेत्रलाई राम्जेर, ओलाङचुङगोलाको याङ्मा क्षेत्रलाई याङ्मा र ओलाङचुङगोलाबाट मौवाटार हुँदै चीनको तिब्बतसँगको सिमानालाई गोला मौवाटार ब्लक क्षेत्रमा विभाजन गरेर संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले विगतदेखि नै नाउरको गणना गर्दै आएको फेम्बुले बताए । 

समुद्र सतहदेखि  तीन हजार ८०० मिटरको उच्च हिमाली क्षेत्रमा  नाउरको चरन क्षेत्रमा टेलिस्कोपबाट हेरेर नाउरको गणना गर्ने गरिएको छ । अझ पानी पिउन खोलामा झरेको र चरनको मौका छोपेर गणना गरिन्छ । सामान्यतया मौसम सफा भए १५ देखि २० दिनको अवधिमा गणना सकिने कञ्चनजङ्घा संरक्षण क्षेत्र कार्यालयले जनाएको छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy