Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

खुकुलो निषेधाज्ञाबीच कोरोना सङ्क्रमण बढेपछि पुन: कडाइ गर्ने निर्णय

खबरडबली संवाददाता

बाग्लुङ । खुकुलो निषेधाज्ञाबीच कोरोना सङ्क्रमण बढेपछि यहाँका स्थानीय तहले पुन: कडाइ गर्न थालेका छन् । 

जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरा बजार र बागलुङ नगरपालिका–१० भकुण्डेलाई आजदेखि एक साताका लागि बन्द गरिएको छ ।

कोरोना सङ्क्रमणको बढ्दो असर र जोखिमलाई दृष्टिगत गरी अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएको जनाइएको छ । जैमिनीका नगरप्रमुख एवं प्रतिकार्य समूहका अध्यक्ष इन्द्रराज पौडेलको अध्यक्षतामा सोमबार बसेको बैठकले सो निर्णय गरेको हो ।

नगरपालिकाले दिने अति जरुरी बाहेकका सेवा पनि आउँदो १८ गते सम्मलाई बन्द गरिएको नगरप्रमुख पौडेलले जानकारी दिए  । नगरपालिकाको केन्द्रमा रहेका बैंक तथा वित्तीय संस्था, पसल, होटल, रेष्टुरा, विद्यालय, यातायातलगायत सेवा पनि बन्द रहनेछन् । नगरपालिकाले काम नपरी घर बाहिर ननिस्कन र जानै परे मास्क अनिवार्य लगाउन सर्वसाधारणमा सूचित गरेको छ । 

कोरोना सङ्क्रमणका कारण जैमिनीका ५१ वर्षीय पुरुषको सोमबार नै धवलागिरि अस्पतालमा ज्यान गएको थियो । त्यसअघि गत शनिबार जैमिनी–१० का ५२ वर्षीय पुरुषको कोरोनाकै कारण मृत्यु भएको थियो । सङ्क्रमित बढेसँगै लगातारजसो मृत्युका घटना हुन थालेपछि महामारी रोकथाम र नियन्त्रणका लागि कडाइ गर्नुपरेको नगरपालिकाले जनाएको छ ।

बागलुङ–१० मा पनि टोलटोलमा सङ्क्रमण फैलिएका कारण बन्द गर्नुपरेको वडा कार्यालयले जनाएको छ । विद्यालय, सङ्घ संस्था, कार्यालय, होटल, रेष्टुराँसहित अत्यावश्यक बाहेकका सबै सेवा आउँदो १८ गतेसम्मलाई बन्द हुने वडाध्यक्ष प्रेमबहादुर थापाले बताए ।

खुकुला प्रावधानसहित जिल्लाभर निषेधाज्ञा जारी गरिए पनि महामारी थामिएको छैन । बजार, सार्वजनिक सेवा र यातायात खुला छ । मानिसको आउजाउ बढेसँगै कोरोनाको जोखिम पनि बढ्दो छ । बीचमा सङ्क्रमण घटेजस्तो देखिए पनि पुन: बढेको छ ।

स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ३२० छ । सबैभन्दा बढी बागलुङ नगरपालिकामा १७४ र जैमिनीमा ३३ जना सक्रिय सङ्क्रमित छन् । तमानखोला गाउँपालिकामा भने अहिले सङ्क्रमित छैनन् । पहिलो र दोस्रो लहरमा गरी हालसम्म जिल्लामा पाँच हजार ८१३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोरोनाका कारण जिल्लामा हालसम्म ६१ जनाले ज्यान गुमाएका छन् । रासस 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies