Khabar Dabali २१ चैत्र २०८२ शनिबार | 4th April, 2026 Sat

कास्कीको लुम्ले र चापाकोट गाविसमा भिषण पहिरोमा १० को मृत्यु करिब दुई दर्जन घर पहिरोमा

\"Kaski१४ साउन, कास्की । पोखरा–बाग्लुङ राजमार्ग अन्तर्गत कास्कीको लुम्ले गाविसको वडा न ४ र ६ तथा चापाकोट गाविसको ठुलाखेतमा बुधबार राति भिषण पहिरो गएको छ । पहिरोमा परी १० जनाले ज्यान गुमाएका छन् भने करिब दुई दर्जन घरहरु पहिरोले बगाएको छ । ज्यान गुमाउनेमा लुम्ले गाविसमा ६ जना रहेका छन् भने चापाकोट गाविसमा ४ रहेका छन् ।   स्थानिय तथा जिल्ला प्रहरी कार्यालय कास्कीले दिएको जानकारी अनुसार बस्ती भएको ठाँउमा अहिले पहिरो र खोला बगी रहेको छ । पोखरा सदरमुकामदेखि ३२ किमी पश्चिम रहेको लुम्ले तथा पोखराको फेवातालदेखि पारी पट्टी भएको ठुलाखेतमा गए राती पहिरो आएको हो ।   लुम्लेमा नौडाँडा प्रहरी चौकीबाट असई ज्ञानप्रसाद लामिछानेको नेतृत्वमा ४ जनाको टोली घटना स्थल पुगेपछि स्थानियको सहयोगमा उद्धार कार्य जारी राखिएको छ । लुम्लेमा ज्यान गुमाएका ६ जना तीन महिला, दुई बालिका तथा एक पुरुषको सनाखत भैसकेको छ ।   मृत्यु हुनेमा लुम्लेकै पद्मी देवकोटा, रत्ना पौडेल, बसन्त बिककी दुई नातिनी तथा छिरिङ शेर्पा र उनकी श्रीमति रहेको स्थानिय श्रीप्रसाद देवकोटाले खबरडबलीलाई जानकारी दिएका छन् ।   त्यस्तै चापाकोट गाविसको ठुलाखेतमा आएको पहिरोमा परि ज्यान गुएमाएका मध्ये दुई बालक र दुई महिलाको शव पहिरोबाट निकालिएको जिल्ला प्रहरी कार्यालय कास्कीले खबरडबलीलाई जनाएको छ । ठुलाखेतमा कति घरधुरीको बस्ती रहेको थियो र कति पहिरोले बगायो भन्ने स्पष्ट जानकारी आउन नसकेको प्रहरीले जनाएको छ ।   पहिरो राती सुतेको अवस्थामा आएको हुनाले मृतकको संख्या बढ्न सक्ने असई लामिछानेले जानकारी दिए । पोखरा–बाग्लुङ सडक खण्ड अन्तर्गत विभिन्न ठाउँमा पहिरो गएकाले जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरीको टोली घटना स्थल पुग्न नसकेको कास्की प्रहरी प्रमुख एसपी हरीबहादुर पालले जनाए ।   पहिरो गएको ठाँउमा निक्कै अप्ठेरोका साथ फोन सम्पर्क हुन सकेकाले पनि घटनाको पूर्ण जानकारी आई नसकेको कास्की प्रहरी कार्यालयले जनाएको छ ।   पोखरा–बाग्लुङ हाइवे अवरुद्ध   बिहिबार राति गएको पहिरोले पोखरा–बाग्लुङ सडक खण्ड पूर्णरुपमा अवरुद्ध भएको छ । प्रहरीले सो क्षेत्रमा पहिरो हटाउन टोली परिचालन गरे पनि पहिरो धेरै भएको हुनाले दिनभर लाग्ने प्रहरीले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending