Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

प्रतिनिधिसभामा काेराेना खोपदेखि नागरिकतासम्मका विषयमा ध्यानाकर्षण

खबरडबली संवाददाता

काठमाडौँ । प्रतिनिधिसभामा कोभिड–१९ सङ्क्रमण प्रतिकार्यका लागि आइसोलेशन र अस्पतालको क्षमता बढाउन, जनताका अत्यावश्यक समस्या सम्बोधन गर्न र नागरिकता विधेयक पारित गर्ने वातावरण बनाउन माग गरिएको छ ।

प्रतिनिधिसभाको आजको शून्य समयमा भाग लिँदै सांसद अन्जना विशङ्खेले कोभिड–१९ सङ्क्रमणको तेस्रो लहरलाई अझ बढी सङ्क्रमणको जोखिम आङ्कलन गरिएकाले स्वास्थ्य पूर्वाधार र उपचारका क्षेत्रमा सोही अनुसारको व्यवस्थापन तयारी गर्न माग गरे । उनले कोरोना विरुद्धको खोप, अक्सिजन, आइसोलेशन केन्द्रलाई समयमै व्यवस्थित तुल्याउन सुझाव दिए ।

नेपाली कांग्रेसका अतहर कमाल मुसलमानले संविधान निर्माणका समयमा राजनीतिक स्थिरताका लागि सदनलाई पूर्णअवधि पुन: सञ्चालन हुन दिने सहमति विपरीत प्रतिनिधिसभा भङ्ग किन गरियो भनी प्रश्न गर्दै समाजमा देखिएका बेथितिलाई अन्य गर्दै जनताले उठाएका जल्दाबल्दा मुद्दालाई सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए  ।

सांसद आशा विकले कोरोनाका कारण शिक्षाको विकासका साथै बालमस्तिष्कमा परेको प्रभावबारे समयमै सचेत रही आगामी कार्ययोजना बनाउन आवश्यक रहेको धारणा व्यक्त गरे ।

सांसद इन्दुकुमारी शर्माले नागरिकता विधेयक समयमा पारित नहुँदा धेरै नेपाली नागरिकले झमेला झेल्नु परेको घटना सुनाउँदै छिटो निष्कर्षमा पुर्‍याउन सुझाव दिए  ।

नेपाली कांग्रेसका उमा रेग्मीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमातहत स–सना योजनामा लथालिङ्ग अवस्थामा रहेकाले त्यसलाई जिम्मेवारीका साथ पूर्णता दिने सम्बन्धमा सरकारले चासो लियोस् भने ।

नेकपा एमालेका कृष्णप्रसाद दाहालले वर्तमान सरकारले सुकुम्बासी समस्या सम्बोधन गर्नुको साटो आयोग नै किन खारेज गर्नुपर्यो भनी प्रश्न गरे ।

सोही दलका कृष्णबहादुर राईले गुह्ेश्वरी–वाग्मती कोरिडोर खाल्डाखुल्डीका कारण अस्तव्यवस्त रहेकाले सुधारका लागि पहल होस् भने ।

एमालेकै कृष्णभक्त पोखरेलले लगातरको वर्षाका कारण आएको बाढीबाट चितवनमा ठूलो भौतिक क्षति भएकोबारे जानकारी गराउँदै पहिरो जोखिम बस्तीलाई स्थानान्तरणका लागि एकीकरण बस्तीको कार्यक्रम अघि बढाइयोस् भने ।

सोही दलका खेमप्रसाद लोहनी कोभिड–१९ खोपको व्यवस्थापन र वितरणमा सरकार कमजोर देखिएकाले तत्काल कमजोर सुधार्न सरकारलाई सुझाव दिए ।

नेपाली कांग्रेसका गगनकुमार थापाले संसद्लाई हेप्ने र अदालतलाई अपमान गर्ने छुट विगतको जस्तो अब नयाँ सरकारलाई नरहेको जनाउँदै सदनले गुमेको अधिकारलाई फिर्ता ल्याउन सफल भएको भनी प्रशंसा गरे ।
 
नेकपा एमालेका गजेन्द्र महतले प्राप्त अवसर र समयको सदुपयोग गरी जनता र देशहितका पक्षमा काम गर्र्न सरकारलाई सुझाव दिए । सांसद गोपालबहादुर वमले विकास र समृद्धिका आधारका रुपमा रहेको सडक र विद्युत्का कार्यक्रमलाई तीव्रगतिमा गाउँगाउँसम्म विस्तार गर्ने कार्यक्रम बनाउन माग गरे ।

एमालेकी गङ्गा चौधरी सत्गौवाले लोकतन्त्रमा फरक विचार राख्ने कसैलाई पनि निस्केर जा भन्न नसुहाउने भएकाले अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा भएको घटनाले समुदाय विशेषको अपमान भएको विचार प्रकट गरे ।

सोही पार्टीका घनश्याम खतिवडाले पछिल्ला दिनमा पुन: कोरोना सङ्क्रमण बढिरहेकाले त्यस विरुद्धको खोपको सुनिश्चित गर्न सरकारलाई सुझाव दिए ।
 
नेकपा माओवादी केन्द्रका चुडामणि खड्काले गोर्खा जिल्लाका बाढीपहिरो पीडितका लागि राहत प्याकेज उपलब्ध गराउन माग गरे ।

सांसद् जयकुमार राईले बिपी कोइराला स्थास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको भनिएको आर्थिक हिनामिनाका घटनाको सत्यतथ्य बाहिर ल्याउन सबैको सहयोग आवश्यक रहेको बताए  ।

एमालेका झपटबहादुर रावलले अदालतको फैसलाका कारण एक कार्यकालमा तीनपटक प्रतिनिधिसभा सदस्य हुन पाएकामा गौरव गर्दै कोरोना विरुद्धको खोपको प्रभावकारी व्यवस्थापनका साथै भ्रष्टाचार नियन्त्रण र पारदर्शिताका आधारमा काम गर्न सरकारलाई सुझाव दिए  ।

माओवादी केन्द्रकी अमृता थापा कोरोनाविरुद्धको खोपका लागि मात्र नभई खोपलगायतको प्रमाणित गरेको काजग लिन पनि घण्टौँ लाइनमा बसेर सास्ती भोग्नुपर्ने अवस्था कहिले अन्त्य हुन्छ भनी प्रश्न गरे । रासस 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies