Ntc summer Offer
Khabar Dabali ३० कार्तिक २०८१ शुक्रबार | 15th November, 2024 Fri
Investment bank

सडक निर्माणलाई छिटो सम्पन्न गर्न माग गर्दै जनप्रतिनिधिले नै रोपे सडकमा कोदो

रासस

गोरखा । सडक निर्माणलाई छिटो सम्पन्न गर्न माग गर्दै गोरखा आरुघाट–सडकखण्डमा जनप्रतिनिधिसहितका स्थानीयवासीले  कोदो रोपेका छन् । ठेकेदारको चरम लापरवाहीका कारण लामो समयदेखि सो सडकखण्डको काम अवरुद्ध छ  ।

गोरखा नगरपालिका–४ का वडाध्यक्ष रामशरण अधिकारीले आज हिलाम्मे सडकमा कोदो रोपेको जानकारी दिए । ढुङ्गागाडे मोडमा वर्षौँदेखि सडक निर्माण अलपत्र हुँदा बर्खाका बेला यात्रुहरु हिलाम्मे र हिउँदमा धुलाम्मे हुनुपर्ने बाध्यता छ । गोरखा–४ र ८ को बीचमा पर्ने ढुङ्गागाडे मोडमा नगरपालिकाभित्रका वडा नं १, २, ४ र ८ का वडाध्यक्ष सहितका जनप्रतिनिधि भेला भएर कोदो रोपाइँ गरेको उनले बताए ।

“नगरपालिकाभित्रै मूल सडकमा अहिले एम्बुलेन्ससम्म पनि गुड्न सक्ने अवस्था छैन”, उनले भने, “ठूला सवारी साधानसमेत घण्टाँै फस्ने गरेका छन्, अझै कति समय नागरिकले हैरानी खेप्नुपर्ने हो थाहा छैन ।” ठेकेदार कम्पनीलाई पटक–पटक सडक छिटो निर्माण गर्न दबाब दिएको भए पनि चासो नदिएको उनले बताए  ।

बाँनिया कन्स्ट्रक्शन निर्माण सेवा हटौँडाले उक्त सडकखण्ड कालोपत्रको ठेक्का लिएको छ । यहाँको दोस्रो ठूलो व्यापरिक केन्द्र आरुपघाट बजारसम्म जोडिने मूल सडक भएकाले पूर्वाधार विकास कार्यालयले बर्खाका बेला कम्तीमा एकलेन चल्ने सक्ने अवस्थामा बाह्रै महिना सवारी आवागमनमा कुनै समस्या नहुने गरी काम सक्न ठेकेदार कम्पनीलाई निर्देशन दिए पनि अटेरी गरेको कार्यालयका इञ्जीनियर गणेश सुवेदीले जानकारी दिए ।

“सडक निर्माणका जिम्मा लिएपछि निर्माण कम्पनीले नियमित सवारी चल्ने अवस्थामा सडकलाई राख्नुपर्छ”, उनले भने, “यसका लागि कार्यालयले बारम्बार लिखित तथा मौखिकरूपमा ठेकेदार कम्पनीलाई त्यहीअनुसारको निर्देशन दिएका छौँ, तर उनीहरुले हेलचक्र्याइँ गरिरहेका छन् ।” जनप्रतिनिधि र स्थानीयवासीले कोदो रोपाइँ गरेको स्थानमा बर्खामा एक लेन मात्र पनि ढलान गरेर सक्न कार्यालयले निर्देशन दिएको भए पनि ठेकेदारले अटेरी गरेको उनले बताए ।

ठेकेदारले निर्माण सामग्रीको अभाव देखाउने गरेको इञ्जीनियर सुवेदीको भनाइ छ । करिब रु आठ करोड ५० लाखको लगानीमा गोरखा सदरमुकामस्थित हस्पिटलचोकबाट आहाले फिनाम लाकुरीबोटसम्म ४.६ किलोमिटर सडक निर्माणको बाँनिया कन्स्ट्रक्शनले पाएको छ ।  ठेकेदारको लापरवाहीका कारण अहिले थोरै वर्षा हुनेबित्तिकै साना तथा ठूला सवारीलाई चल्न सक्दैनन् ।

दैनिक दर्जनाँै सवारी साधन र यात्रुले हैरानी खेप्नुपरेको भए पनि स्थानीय जनप्रतिनिधिले चासो नलिएको जनाउँदै सर्वसाधारण र यात्रुहरुले चर्को विरोध गरेपछि जनप्रतिनिधिले विरोधस्वरुप ठेकेदार कम्पनी र आयोजना कार्यालयको ध्यानकर्षंण गराउन कोदो रोपाइँ गरेको वडाध्यक्ष अधिकारीको भनाइ छ । उनले सडकमा तत्काल सवारी चल्ने अवस्था नरहे आफूहरु धर्नामा बस्न बाध्य हुने बताए ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy