Khabar Dabali ९ माघ २०८२ बिहीबार | 22nd January, 2026 Thu
Investment bank

‘विपद्लाई आँकलन गर्न नसके आगामी दशक भयावह हुनसक्छ’

खबरडबली संवाददाता

काठमाडौं । प्रतिनिनिसधाका सांसदले विपद्को जोखिमलाई आँकलन गर्न नसके आगामी दशक भयावह हुने चेतावनी दिएका छन् । 

प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का गिरिराजमणि पोखरेले बेलैमा जोखिम रोक्नतर्फ लाग्न सरकारको ध्यानाकर्षण गराए। उनले पानीको भण्डारले चुरे अत्यन्त जोखिममा रहेकाले त्यसका कारण अन्नको आधार तराई क्षेत्र पनि खतरामा परेको बताए । 

‘चुरेको जोखिमलाई आँकलन गर्न नसके आउँदा १० वर्षमा अवस्था भयावह हुनेछ’, उनले भने । क्षति न्यूनिकरण, वातावरण संरक्षण तथा जोखिम रोक्ने सवालमा विभिन्न दश बँुदा प्रस्तुत गर्दै पोखरेलले हरित अभियान चलाउन पनि सरकार तथा अन्य निकायसँग अनुरोध गरे ।

उनले यसपाली मनाङ र मेलम्चीमा ठूलो मनसुनजन्य घटना आएकाले प्रभावितको पुन:स्थापनमा ध्यान दिन आग्रह गरे। विकास निर्माणका कार्य कम मूल्यमा बन्नुपर्ने हुँदा जोखिम क्षेत्रमा नै बन्ने गरेको र अधिकांश विकासका पुर्वाधार पनि नदी किनारमा रहेको दृष्टान्त प्रस्तुत गर्दै उनले नदीको तटीय क्षेत्र सुरक्षित बनाउन नसक्दा घर तथा कृषियोग्य जमिन बगरमा परिणत हुने गरेको यथार्थ प्रस्तुत गरे । 
उनले नदीका लागि आवश्यक बगर र हरित क्षेत्र छाड्न पनि आग्रह गरे । राजमार्ग र जलविद्युत् आयोजनाका पुर्वाधार जोगाउन उहाँले ध्यानाकर्षण गराए ।

सांसद महेश्वरजङ गहतराजले राप्ती नदीको बाढीले अत्यधिक क्षति पुर्‍याएको भन्दै तटबन्ध निर्माणमा ध्यान दिन सरकारसँग माग गरे । किसानलाई मल अभाव भएकाले सरकारले समयमै उपलब्ध गराउन पहल गर्नुपर्नेमा उनले जोड दिए । 

बैठकमा सत्तारुढ दल नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले नागरिकलाई कोभिडविरुद्धको खोप लगाउन ध्यानाकर्षण गराउँदै मनसुनजन्य विपद्लगायत नागरिकले दैनिक भोग्नु परेका समस्या समाधानमा प्राथमिकता दिन सरकारसँग आग्रह गरे। उनले सत्ताधारी पंक्तिबाट आइरहेको निरासातर्फ प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण पनि गराए।  

उनले एमसिसीतर्फ सङ्केत गर्दै भने, ‘भारत, चीन, अमेरिकाप्रति पहिले हाम्री साझा दृष्टिकोण बनाउँ अनि कुन सम्झौता खारेज गर्ने, कुन राख्ने कुन नराख्ने भन्ने हुन्छ ।’ गणतन्त्र आइसक्दा पनि साझा विदेश नीति बनाउन नसक्नु विडम्बना भएको उनको भनाइ थियो । 

उनले विगतको एक दशक कसरी बित्यो भन्ने कुरा नभुल्न र सर्वोच्चको फैसलामा रमाउने काम नगर्न पनि नेताहरुलाई सुझाव दिनुभयो । कोभिड नियन्त्रणमा स्थानीय सरकारको भूमिका महत्वपूर्ण रहेकाले अझै थप शक्तिशाली बनाउन उनले आग्रह गरे । सांसद रङ्गमती शाहीले कोरोना नियन्त्रणका लागि सरकारले यथाशक्य कदम चाल्नुपर्ने बताए ।  

बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का कृष्णभक्त पोखरेलले भूमिहिनका समस्या समाधान गर्न सरकारसँग माग गरे । अघिल्लो सरकारले भूमिहिनका समस्याबारे चालेका कदमलाई वर्तमान सरकारले निरन्तरता दिनुपर्नेमा उनको जोड दिए । 

जनता समाजवादी पार्टी (जसपा) का डा सुरेन्द्रप्रसाद यादवले विगतमा कोरोना प्रभावित भएका र नभएकालाई एउटै अस्पतालमा उपचार गराउँदा जटिलता उत्पन्न भएको उल्लेख गर्दै अबका दिनमा सो गल्ती दोहोर्‍याउन नहुनेमा जोड दिए । 

सांसद रेणुका गुरुङले कोरोना सङ्क्रमित बढ्दै गएकाले त्यसको रोकथामका लागि सरकारले पहल गरोस् भनेर माग राखे । नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले सरकारले स्वास्थ्य र शिक्षा नि:शुल्क गर्नुपर्नेमा जोड दिँदै कोरोनाविरुद्धको खोप सुनिश्चत गर्न माग गरे । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा माघ अन्तिम साता बाघ गणनाको तयारी

कञ्चनपुर ।  शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी गरिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले देशभर राष्ट्रिय बाघ गणना सुरु ...

आज झापा-५ का दक्षिणी क्षेत्रमा जाँदै ओली, हरेक वडा कमिटीसँग अलगअलग भेट्ने

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज झापा निर्वाचन क्षेत्र नं ५ का दक्षिणी भेगका कार्यकर्तासँग भेटघाट गर्ने भएका छन् ।  जिल्ला पार्टी सचिव...

लामाखेतमा धमाधम नदी नियन्त्रणको काम हुँदै

म्याग्दी। लामाखेतमा नदी नियन्त्रणको काम सुरु भएको छ । पोखरास्थित सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले नदी कटान नियन्त्रणको काम थालेको हो । कुश्मा...

तनहुँ, बागलुङ र पाल्पाका यी हुन् महिला उम्मेदवार

तनहुँ । राजनीतिक दलका नेताहरूले समावेशीतालाई आफूहरूले जोड दिएको बताए पनि व्यवहारमा त्यो पूर्ण रूपमा रुपान्तरण भएको छैन । संविधानमा महिलालाई गरिएको ...

सर्लाहीबाट काठमाडौं आउँदै गरेको गाडी मकवानपुरको सिमखोलामा दुर्घटना

बागमती । कुलेखानी–काठमाडौँ सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– २ सिमखोला पुल नजिक भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छभने अन्य ...

शून्य लागतमा ८ सय नेपाली श्रमिक मलेसिया जाँदै

काठमाडौं । मलेसियास्थित विद्युतीय सामान उत्पादन गर्ने वेस्टर्न कम्पनीले ८ सय जना नेपाली श्रमिकलाई शून्य लागतमा लैजाने भएको छ। कम्पनीले नेपालबाट लैजाने...

प्रतिनिधिसभा निर्वाचन- आज उम्मेदवारको नामावली प्रकाशन हुँदै, भोलि चुनाव चिह्न प्रदान गरिने

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको नामावली प्रकाशन हुँदैछ। मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा हिजो उजुरी दिने कार्यतालिका थिय...

महोत्तरीमा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक

महोत्तरी ।  प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक रहेको छ ।  चार निर्वाचन क्षेत्र रहेको महोत्तरीमा आगाम...

प्रतिनिधिसभा निर्वाचनः प्रत्यक्षतर्फ दलित समुदायबाट न्यून उम्मेदवार

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा दलित समुदायबाट अत्यन्त न्यून उम्मेदवार रहेका छन् । नेपाली कांग्रेसले बझाङबाट सहमहामन्त्री...

देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम  छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानमा हुस्सु लाग्ने सम्भाव...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending