गण्डकी । समाचार लेखेको आधारमा गण्डक न्यूज डटकमका सम्पादक रञ्जन अधिकारीलाई धम्की दिएकोप्रति पत्रकारिता क्षेत्रसँग सम्बद्ध विभिन्न सङ्घसंस्थाले आपत्ति जनाएका छन् । पोखराका क्रियाशील पत्रकार अधिकारीले गण्डक न्यूज डटकमका लागि यही साउन ६ गते पोखरा–११ काहुँको कालिका माविमा व्यापार, सरकारी अनुदान लिने, नि:शुल्क किताब फर्जी बिल भिडाउँदै बेच्ने (भिडियो) शीर्षकमा समाचार लेखेका थिए ।
उक्त विषयलाई लिएर सो विद्यायलका प्रधानाध्यापक निर्मला मानन्धरका श्रीमान् बताउने कृष्ण श्रेष्ठले लगातार फोन, म्यासेन्जर, एसएमएसमार्पmत धाकधम्की दिएको विज्ञप्तिमा उल्लेख छ । प्रकाशित समाचारमा चित्त नबुझे खण्डन गर्ने, प्रेस काउन्सिलमार्फत कानूनी उपचार खोज्ने विकल्प हुँदाहुँदै धाकधम्कीमा उत्रिनु असह्य हर्कत भएको उल्लेख गर्दै सङ्घसंस्थाबाट प्रकाशित विज्ञप्तिमा प्रेस स्वतन्त्रतामाथि आघात पुर्याउने यस घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई तत्काल कानूनी कारवाही गर्न जोडदार माग गरिएको छ ।
उक्त घटनाका दोषीलाई कानूनी दायरामा ल्याएर कारवाही गर्न माग गर्दै नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश, नेपाल पत्रकार महासङ्घ कास्की शाखा, अनलाइन पत्रकार सङ्घ गण्डकी, प्रेस चौतारी नेपाल, प्रेस युनियन, प्रेस सङ्गठन, फोनिज कास्कीलगायतका सञ्चारसँग आबद्ध सङ्घसंस्थाले विज्ञप्तिमार्पmत माग गरेका हुन् ।
पत्रकार महासङ्घ कास्की शाखाले घटनाका दोषीलाई कानूनी कारवाहीमा ल्याउन पहल नगरेको भन्दै प्रेस चौतारी नेपाल कास्की शाखाले महासङ्घको कार्यालयमा तालाबन्दी गरेको छ । पत्रकारको पेशागत छाता सङ्गठनले दोषीमाथि तत्काल कारवाही गरी पीडितलाई न्याय दिन माग राखी महासङ्घको कार्यालयमा ताला लगाएको प्रेस चौतारी कास्कीका अध्यक्ष अर्जुन गिरीले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: