Ntc summer Offer
Khabar Dabali ८ आश्विन २०८१ मंगलवार | 24th September, 2024 Tue
NIMB

पाटनको प्राचीन अग्निशालामा ५० लाख खर्च गरेर तामाको छानो हालियो

खबरडबली संवाददाता

ललितपुर । ललितपुर महानगरपालिका–१९ ठगुटोलमा अवस्थित प्राचीन अग्निशालामा तामाको छानो हालिएको छ । पाँच हजार वर्ष पुरानो सो अग्निशालामा विसं १९९० को भूकम्पले छानो भत्काएपछि बेलायत सरकारबाट सहयोग प्राप्त जस्ताको छानो फेरिएको थियो ।

विश्व सम्पदा क्षेत्रमा सूचीकृत गर्न जस्ताको छानोले मान्यता नपाउने भएसँगै अग्निशालामा २४ गेज मोटाइ तामाको छानो हाल्ने काम सम्पन्न गरिएको अग्निशाला व्यवस्थापन समितिका अध्यक्ष निगेन्द्रराज शर्माले जानकारी दिए । उनले भने, “महानगरपालिकाले २६ गेज मोटाइ तामा प्रयोग गर्ने अनुमान गरे पनि जति सानो गेज मोटाइको तामा प्रयोग गरिन्छ त्यति नै बढी वर्षसम्म टिक्ने र बाक्लो पनि हुने भएकाले चाँडै नबिग्रियोस् भनी २४ गेज मोटाइको तामा हाल्यौँ  ।” उनका अनुसार अग्निशालामा छानो छाउन महानगरपालिकाले रु ४० लाख सहयोग गरेको थियो ।

विसं १९९० को भूकम्पअघि सो अग्निशालामा झिङ्गटीको छाना छाइएको थियो । तामाको छानोले अब १०० वर्षसम्म पनि काम दिने विश्वासका साथ महानगरपालिकाले दिएको अनुमतिमा केही फेरबदल गरी काम गर्दा लगभग रु ५० लाख खर्च भएको शर्माको भनाइ छ ।

अग्निशाला मर्मत तथा सुधार गर्न अपुग भएको रु १० लाख भने आन्तरिकरूपमा व्यवस्थापन गरिएको समितिले जानकारी गराएको छ । विसं २०७२ को गोरखा महाभूकम्पले अग्निशाला भवनमा त्यति क्षति पुर्‍याएको थिएन । अग्निशालाभित्र विष्णु, रुद्र, ब्रह्म, सभ्य, सूर्य र नाग गरी छ कुण्ड रहे पनि भने पाँच कुण्डको नामले मात्रै परिचित रहेको छ । सलाइ बन्नु पहिलेदेखि नै विष्णु, रुद्र, ब्रह्म र सूर्य कुण्डमा आगो बल्ने गरेको पुजारी रविश्याम शर्माले बताए । उनले भने, “हरेक दिन यहाँ राष्ट्र शान्तिका लागि अग्निहोम र सम्पूर्ण पितृ उद्धारका लागि ‘पितृयज्ञ’ का रूपमा श्राद्ध गरिन्छ । प्राचीन समयमा १८ थरीका दाउरा बालिने यस अग्निशालामा हाल भने कीरा लागेका, ढुसी परेका, किला ठोकिएका, काँडा भएकाबाहेक अन्य दाउरा बालिने गरिन्छ । यहाँ कृष्ण वा शुक्लपक्ष प्रतिपदाका दिन लगभग वर्षको २४ वटा विशेष होम गरिन्छ ।” प्रतिपदाका दिन अग्निशालामा ‘पुरोदासा’ अर्थात् चामलको रोटी पकाइन्छ । सो रोटीको सेवन गरेपछि लामो समय सन्तान प्राप्त गर्न नसकेका परिवारले सन्तान सुख पाउने विश्वास रहेको शर्माले बताए ।

अग्निशालामा काठ रगडेर निकालिएको काष्ठाग्नि, ढुङ्गा रगडेर निकालिएको पासाग्नि, सूर्यको प्रकाशबाट निकालिएको सूर्याग्नि, जलकुण्ड त्रिवेणीबाट निकालिएको जलाग्नि र अग्निहोत्री बज्यैको नाइटोबाट निकालिएको जठराग्नि नामका पाँच धुनि बल्छन् । पाँच अग्नि एकै ठाउँमा बल्ने सो अग्निशाला विश्वको एक मात्र स्थान पाटनमा रहेको अनुमान गर्न सकिने स्थानीयवासीको बुझाइ छ । सम्पदा संरक्षणलाई प्राथमिकतामा राखी गौरवशाली योजनाअन्तर्गत अग्निशालामा तामाको छानो फेर्न स्थानीय सरकार सफल भएको भन्दै महानगर प्रमुख चिरीबाबु महर्जनले खुशी व्यक्त गरे । रासस 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy