Life insurence
Khabar Dabali १० आश्विन २०७८ आईतवार | 26th September, 2021 Sun
Himalayan Golden detail page

सत्तारुढ गठबन्धन कार्यदलको बस्ने दोस्रो बैठकले साझा कार्यक्रम टुङ्गो लगाउने, बैठक आजै अपराह्न ४.३० बजे बस्ने

खबरडबली संवाददाता

काठमाडौँ । सत्तारुढ गठबन्धन कार्यदलको आज बस्ने दोस्रो बैठकले न्यूनतम साझा कार्यक्रम र सरकार सञ्चालन कार्यविधि तय गर्ने भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको कार्यदलको बैठकमा यस विषयमा गम्भीर छलफल भई आजै टुङ्गो लगाएर शीर्षनेतालाई बुझाउने तयारी भएको बताइएको छ ।

कार्यदलको अर्को बैठक आजै अपराह्न ४.३० बजे बस्ने कार्यदलका सदस्यसचिव केशवराज जोशीले जानकारी दिए । उनका अनुसार आज बिहान ८ बजे शुरु भएको बैठक झण्डै १२.३० बजेसम्म चलेको थियो । बैठकमा नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका  कार्यदलका संयोजक पूर्णबहादुर खड्कासहित कांग्रेसका डा मिनेन्द्र रिजाल र रमेश लेखक, नेकपा (माओवादी केन्द्र)का देव गुरुङ र वर्षमान पुन तथा जनता समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठ र महेन्द्र राय यादव सहभागी थिए  ।

कार्यदलले गठबन्धन सरकारको प्राथमिकता, सरकारको नीति तथा कार्यक्रम, सङ्घीयताको कार्यान्वयनलगायत विषय समेटेर साझा कार्यक्रम तयार गर्नेछ । कार्यदलले आज न्यूनतम साझा कार्यक्रमको टुङ्गो लगाएपछि एक/दुई दिनभित्रै सरकारले पूर्णता पाउने बताइएको छ । रासस 

Khabardabali Desk–PS

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बजार अनुगमन गर्दै विभिन्न पदाधिकारी

खलङ्गा । दशैँको अवसरमा हुने कालोबजारलाई रोगथाम तथा मिति गएका खाद्यान्न सामग्री बिक्रीवितरण हुनेभएकाले जुम्ला सदरमुकाम खलङ्गा बजारभित्र सञ्चालनमा आएका ...

कुँडुलेका कृषकका गुरु टीकाराम

गलकोट । बागलुङ नगरपालिका–४ कुँडुलेका टीकाराम सापकोटाले आफ्नो जीवनको ३६ वर्ष कृषि कर्ममा बितएका छन् । उनले गरेको कृषि कर्म हेरेरै धेरैले कृषि पेसामा हा...

आज ६४ जिल्लामा कांग्रेसको पालिकास्तरीय अधिवेशन हुँदै

काठमाडौँ  । संस्थापनइतर समूहले सबै पालिकाको अधिवेशन एकै दिन गर्न माग गरे पनि ६४ जिल्लाका पालिकास्तरीय अधिवेशन शनिबार हुँदै छ । २१ वटा हिमाली जिल्लाको ...

कागेश्वरी मनोहरा स्थित सार्वजनिक जग्गामा यातायात कार्यालय स्थापनाको पहल

काठमाडौँ  । कागेश्वरी मनोहरा नगरपालिका–४ मा सार्वजनिक जग्गामा यातायात कार्यालय स्थापनाको पहल सुरु भएको छ । कार्यालय स्थापनाका लागि नगरपालिका, वडा कार्...

दसैँका विभिन्न साइत सार्वजनिक, टीका लगाउनेका लागि १०:०२ बजेको साइत शुभ

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक समिति द्वारा यस वर्षको बडादसैँका विभिन्न साइत सार्वजनिक गरेको छ ।    असोज २१ गते बिहीबार बिहान ११:४६ बजे घटस्था...

कुश्मा बजारसँगै जोडिएको बलेवामा नगर अस्पताल सञ्चालन

बलेवा । पर्वतको सदरमुकाम कुश्मा बजारसँगै जोडिएको बलेवामा नगर अस्पताल सञ्चालनमा आएको छ । बागलुङ नगरपालिकाका तीन वडाका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेव...

ह्वाइट हाउसमा मोदी र बाइडेन बीच भेटवार्ता हुने

वासिङ्टन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग आज भेटवार्ता गर्ने भएका छन्  । संयुक्त राष्ट्रसङ्घको महासभामा सहभा...

हामीलाई आर्थिक स्रोतभन्दा समयको अधिक महत्व छ : ऊर्जा मन्त्री भुसाल

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग विश्व बैंकको दक्षिण एशिया हेर्ने उपाध्यक्ष हार्टविग सेफरसहितको प्रतिनिधिमण्डलबीच  शिष्टाचार...

व्यावसायिक तरकारी खेतीबाट मनग्ये आम्दानी

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका– ३ का यज्ञराज गौतम आधुनिक तरिकाले तरकारीखेतीमा संलग्न छन्  । तीन वर्षदेखि उनले व्यावसायिक रुपमा तरकारीखेती गरी गतिलो ...

सामाजिक सञ्जाल प्रयोगकर्तालाई पार्सल पठाइ दिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ

फेसबुक, मेसेन्जर प्रयोगकर्तालाई पार्सल पठाइ दिन्छु भन्दै नगद ५ लाख १० हजार रुपैयाँ ठगी

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Jobkhoji Nibl detail page aayal nigam detail page Salt Trending Detail Page Nb Bank Detail Page Kantipur Detail Page Alphabet Education Consultancy