काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले दार्चुलाको महाकाली नदीमा बेपत्ता भएका ३३ वर्षीय जयसिंह धामीको खोजी जारी रहेको जानकारी दिएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्वको विषयमा जानकारी दिँदै गृहमन्त्री खाँणले उक्त घटनाको अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय, दार्चुला मातहतका प्रहरीचौकी लालीदेखि दुम्लिङसम्म नौ वटा प्रहरी इकाइ तथा सशस्त्र प्रहरी बल, सीमा सुरक्षाका पाँच वटा बेसबाट खोजी भइरहेको बताए ।
सो क्रममा सीमावर्ती जिल्ला बैतडी र कञ्चनपुर जिल्लासँग पनि स्थानीय तहबाट समन्वय गरिएको उनले बताए । दार्चुलाको व्यास गाउँपालिका–२ खाङदाङ माल बस्ने धामी सोही गाउँपालिकाको वडा नं २ मूलघाटबाट भारतको गस्तु पुग्न महाकाली नदीको तुइन तर्ने क्रममा यही साउन १५ गते नदीमा खसरेर बेपत्ता भएका थिए ।
धामी बेपत्ता भएपछि नरेन्द्रसिंह धामीसमेत तीन जनाले जिल्ला प्रशासन कार्यालय दार्चुलामा निवेदन दिएका थिए । सोही दिन गृह मन्त्रालयको निर्देशनमा जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट उक्त घटनाको सम्बन्धमा वास्तविक छानबिन गर्न सशस्त्र प्रहरी बल नेपाल गण नं ४४ बाट सशस्त्र प्रहरी नायब उपरीक्षक नरेन्द्रबहादुर चन्द र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका विक्रम सिंह ढाटसहित तीन जनाको टोली स्थलगत छानबिनको लागि घटनास्थल खटिएको थियो ।
गृहमन्त्री खाँणले जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतको पिथौरागढस्थित जिल्लाधिकारीलाई उक्त घटनाबारे ध्यानाकर्षण गराउँदै पत्राचार गरेको जानकारी गराए । उनले बेपत्ता जयसिंह धामीभन्दा अगाडि उक्त स्थानको तुइनबाट भारतर्फ पुगेका बहादुरसिंह धामी, अमरसिंह धामी, गौरसिंह धामी र मणिरामसिंह धामीसँग सोधपुछ भइरहेको बताए ।
नदी तर्न बाँकी अनिता धामी, विक्रम रङकोली र कल्याण धामीसँग यसबारे जानकारी लिन जिल्ला सदरमुकाममा बोलाइएको, जिल्ला प्रशासन कार्यालय दार्चुलामा सर्वदलीय बैठक भएको, तथा भारततर्फका नेसनल डिजास्टर रेस्पोन्स फोर्स र एसएसबीबाट पनि खोजी भइरहेको गृहमन्त्री खाँणले बताए ।
उक्त घटनाको छानबिन गरी सत्यतथ्य पत्ता लगाउने सम्बन्धमा साउन १७ गते गृहमन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठित छानबिन समिति घटनास्थल गइसकेको सदनलाई जानकारी दिए ।
समितिमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, सशस्त्र प्रहरी बल नेपालका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा र जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट(जोशीं) गरी पाँच जना रहेका छन् ।
नेपालबाट भारतीय सीमा प्रवेश गर्न अहिले पनि तुइनको प्रयोग भइरहेको तथा महाकाली नदीमा चार वटा झोलुङ्गे पुल निर्माणाधीन रहेका मन्त्री खाँणले जानकारी दिए । गृहमन्त्रीको वक्तव्यप्रति सांसदहरु खगराज अधिकारी, योगेश भट्टराई, गगनकुमार थापा, शेरबहादुर तामाङ, शान्ता चौधरी, विमला विक, गणेशसिंह ठगुन्ना, महेश बस्नेत, देवेन्द्रराज कँडेल, दीलेन्द्रप्रसाद बडू, पुष्पा भुषाल गौतम, डिला सङ्ग्रौला पन्त, पदम गिरी, राजेन्द्रकुमार केसी, यशोदा सुवेदी गुरुङ, प्रेम सुवाल र विशाल भट्टराईले प्रतिप्रश्न गरेका थिए । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...



प्रतिकृया लेख्नुहोस्: