Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

नेता नारायणकाजी श्रेष्ठ भन्छन्– महाकाली प्रकरणमा भारतले तुरुन्त क्षमायाचना गर्नुपर्छ

खबरडबली संवाददाता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का प्रवक्ता नारायणकाजी श्रेष्ठले महाकाली नदीमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काट्दा जयसिंह धामी नदीमा बेपत्ता भएको घटनामा तुरुन्त क्षमायाचना गर्न भारत सरकारसँग आग्रह गरेका छन् ।

राष्ट्रियसभा बैठकको विशेष समयमा प्रवक्ता श्रेष्ठले तथ्यहरुले भारतीय सीमा सुरक्षा बलका व्यक्तिले तुइनको तार काटिदिएका कारण धामी नदीमा बेपत्ता भएको देखाएको दाबी गरे ।उनले उक्त घटना अमानवीय र क्रूर भएको भन्दै भत्र्सना पनि पारे ।

“उक्त घटनाका निम्ति भारतले अविलम्ब सार्वजनिक रुपमा क्षमायाचना गर्र्नुपर्छ”, नेता श्रेष्ठले भने,  “दोषीमाथि तत्काल कडा कारवाही गर्न र अबका दिनमा यस्तो प्रवृत्ति नदोहोर्‍याउन जोडदार माग गर्दछु ।”

उनले उक्त घटनाका सन्दर्भमा नेपाल सरकारले छानबिन समिति बनाएर कूटनीतिक माध्यमबाट समस्या समाधान गर्न आवश्यक कदम चाल्ने दृढता प्रकट गरेकामा सरकारको सराहना गरे । उनले छानबिन समितिको रिपोर्ट छिटो ल्याई दोषीमाथि कारवाहीका लागि भारत सरकारसँग माग गर्न र पीडित परिवारलाई उचित राहत दिन सरकारसँग माग गरे  ।

भारतसँग असल मैत्रीपूर्ण सम्बन्ध राख्न चाहेको र सबै समस्या कूटनीतिक ढङ्गबाट सकारात्मकरूपमा समाधान गर्ने पक्षमा रहेको जानकारी गराउँदै नेता श्रेष्ठले राष्ट्रियता, सार्वभौमसत्ता, भौगोलिक अखण्डताविरुद्ध हेपाहा व्यवहार कदापि नसहने चेतावनी पनि दिए । “त्यसका निम्ति जे गर्नुपर्छ, सबै गर्न नेपाली जनता तयार छन्”, उनले थपे । 

उनले  पटक–पटक सीमामा अतिक्रमण गरिएको र विदेशीको तटबन्ध र बाँधका कारण कतिपय बस्ती डुबानमा परेरिरहेको सन्दर्भ जोड्दै श्रेष्ठले विदेशी हस्तक्षेपविरुद्ध एक हुन पनि राजनीतिक दललाई आग्रह गरे ।

उनले कतिपय असमान सन्धि–सम्झौता लादिरहेको र आन्तरिक मामलामा हस्तक्षेप भइरहेकोतर्फ गम्भीर ध्यानाकर्षण गराउँदै राजनीतिक दललाई आफ्नो स्वार्थका निम्ति विदेशी हस्तक्षेपममा चुप लागेर नबस्न अनुरोध पनि गरे ।

उनले नेपालको प्राकृतिक स्रोत सम्पदा पारस्परिक हितका निम्ति उपयोग गर्नुपर्नेमा विदेशीले आफ्नो हितलाई मात्रै ध्यानमा राखेर स्रोतलाई दमन गरिरहेकोतर्फ ध्यानाकर्षण गराउ । उनले त्यस्ता सबै प्रवृत्तिप्रति सचेत हुँदै त्यसविरुद्धको सङ्घर्षलाई सफलतामा पुर्‍याउनेमा दृढता व्यक्त गरे ।

नेपालमा आन्तरिकरूपमा पार्टीबीच केही विवाद रहेको स्वीकार गर्दै नेता श्रेष्ठले भने, “आवश्यक पर्दा नेपाली जनता र राजनीतिक दल राष्ट्रियताको पक्षमा एक ढिक्का भएका छन् र अब पनि एक ढिक्का हुन्छन्, नेपालप्रति दुव्र्यवहार गर्ने काम कसैले नगरोस् ।”

संविधान र लोकतन्त्रको पक्षमा सचेत हुँदै अघि बढ्न र अलोकतान्त्रिक, निरंकुश, व्यक्तिवादी र भ्रष्ट प्रवृत्ति अन्त्य भइनसकेकाले त्यसप्रति गम्भीरतापूर्वक सोच्न सबै राजनीतिक दल र सरकारसँग आग्रह गरे ।

प्रतिनिधिसभा विघटन गरेको प्रतिगामी कदममा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली मात्रै नभई त्यसमा संलग्न सबै दलसमेत जिम्मेवार रहेको बताउँदै नेता श्रेष्ठले त्यस कुरालाई नभुली आफूलाई बदलेर जिम्मेवारपूर्वक काम गर्न दलहरुसँग अपिल पनि गरे । 

कोभिड–१९ सङ्क्रमणको अवस्था कायमै रहेकाले तत्काल खोपको व्यवस्थापन गर्न र बाढी पहिरो प्रभावितलाई राहत प्याकेज व्यवस्था गर्न तथा उद्योग व्यवसायलाई सही ठाउँमा ल्याउन पनि उनले सरकारसँग माग गरे । 

उनले भ्रषटाचार नियन्त्रण र कानूनको पूर्णपालना गर्नेतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गाराए । नेता श्रेष्ठले सामाजिक भेदभावको अन्त्य गर्न र हिंसा र बलात्कारजस्ता जघन्य अपराधको अत्य गर्ने कुरामा सरकारको ध्यानाकर्षण गराए । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy