Ntc summer Offer
Khabar Dabali ८ आश्विन २०८१ मंगलवार | 24th September, 2024 Tue
NIMB

सिन्धुलीगढीमा प्रहरी युनिटको व्यवस्था गर्छु: मुख्यमन्त्री पौडेल

रासस

सिन्धुली । जिल्लाको ऐतिहासिकस्थल सिन्धुलीगढीको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अवलोकन गरेका छन् । आज सिन्धुलीगढी पुगेको पौडेलले युद्ध सङ्ग्राहलय र निर्माणाधीन रानी दरबारको अवलोकन गरेका हुन् ।

सरकारले इतिहासलाई जिउँदो राख्न लगानी गरेको जनाउँदै उनले  युद्ध सङ्ग्राहलयको निर्माणले जिल्लाको विकासमा टेवा पुर्‍याउने बताए । ऐतिहासिक महत्व बोकेका स्थलको संरक्षण र प्रचारप्रसार गर्न सके यस्ता स्थलमा पर्यटनको माध्यमबाट जिल्लाको आयस्तर वृद्धि हुने उनको भनाइ थियो ।

राज्यले विगतको इतिहासलाई जीवन्त दिन लगानी गरेर बनाएको युद्ध सङ्ग्राहलयको सुरक्षाका दृष्टिले सिन्धुलीगढीको सुरक्षाका लागि प्रहरीको युनिट आवश्यकता रहेको जनाउँदै मुख्यमन्त्री पौडेलले आफू हेटौँडा गएलगत्तै प्रहरी युनिटको व्यवस्थापन सवालमा काम गर्ने बताए ।

युद्ध सङ्ग्राहलय र रानी दरबारको निर्माणले सिन्धुली पर्यटनका लागि गन्तव्यका रूपमा विकास भएको उल्लेख गर्दै उहाँले यस्तो इतिहासलाई प्रचारप्रसार गर्नसमेत निर्देशन दिए । सिन्धुलीगढी परिसरमा पुन:निर्माण भइरहेको रानी दरबारको निरीक्षण गर्दै मुख्यमन्त्री पौडेलले प्राप्त बजेटको अधिकतम प्रयोग गरी गुणस्तरीय संरचना निर्माण गर्न आग्रह गरे ।

सिन्धुलीगढीमा युद्ध सङ्ग्राहलय निर्माण र रानी दरबारको निर्माणपछि जिल्लाको ठूलो आम्दानीको स्रोत बन्ने जनाउँदै उनले प्रचारप्रसारमा जोड दिन आग्रह गरे । मुख्यमन्त्री पौडेललाई कमलामाई नगरपालिकाका उपप्रमुख मञ्जु देवकोटाले युद्ध सङ्ग्राहलय, रानी दरबार र सिन्धुलीगढीको विकासमा नगरको आगामी योजनाका बारेमा जानकारी गराएका थिए ।

सिन्धुलीगढीको संरक्षण र प्रचारप्रसारमा नगरपालिका लागिरहेको जनाउँदै उनले  व्यवस्थापकीय काम नगरले गर्ने बताए । सोही अवसरमा उपप्रमुख देवकोटाले नगरका विभिन्न स्थानमा रहेका खोलाले कटान गरेको र नदी नियन्त्रण, पहिरो व्यवस्थापनलगायत विपद्जन्य घटनाको रोकथाम तथा क्षति न्यूनीकरणका लागि आवश्यक बजेटको व्यवस्थापन गरिदिन मुख्यमन्त्रीलाई आग्रह गरे ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy