Ntc summer Offer
Khabar Dabali ७ आश्विन २०८१ सोमबार | 23rd September, 2024 Mon
NIMB

भूकम्प प्रभावितको गुनासो : ६ महिनाका लागि भनियो अहिलेसम्म व्यवस्थापन हुन सकेन

रासस
चितवन । कालिका नगरपालिका–७ का टीकाबहादुर विश्वकर्मा अहिले आफ्नो बस्ने घर मर्मत गर्न नपाएर समस्यामा छन् । उनी २०७२ सालमा आएको भूकम्पमा परी विस्थापित भएर इच्छाकामना गाउँपालिका–२ गुछिवाङबाट यहाँ आएका हुन् । उनी कालिका–७ जुटपानीमा आएर बसेको सात वर्ष लागेको छ । उनले अहिले बसेको ठाउँमा अस्थायीरूपमा समेत घर मर्मत गर्न पाएका छैनन् । 
 
उनी तत्कालीन समयमा आरआरएन नामक संस्थाबाट निर्माण गरिएको टहरामा दिन बिताउँदै आएका छन् । अहिले त्यो घरमा पानी पर्दा पानी नै भित्र छिर्ने गर्छ । हावाहुरी आउँदा घर नै भत्काउँछ कि जस्तो हुन्छ तर उनले सोही स्थानमा घर मर्मत गर्न र नयाँघर बनाउनका लागि स्थानीय तहसँग कुरा गर्दा नमिल्ने भनेपछि अहिले बर्सातको समयमा उनी पानी परेपछि त्यो पानी फालेर मात्रै घरभित्र पस्ने गर्दछन्  । 
 
सो स्थानमा घर निर्माणका लागि आग्रह गर्दा स्थानीय तह र प्रशासनले रोक लगाएपछि घर निर्माणसमेत गर्न सकेका छैनन् । उनले भने, “पुरानो थलो जाउँ भने घर बनाउनु पर्छ । भूकम्पले हजुरआमा लग्यो । अब त्यहाँ जान मन छैन । यहाँ घर बनाउन पाइँदैन ।” तत्कालीन समयमा प्रमुख जिल्ला अधिकारी र जनप्रतिनिधिहरुले अब यहाँ आउनु पर्दैन भन्दै आफूहरुलाई यहाँ ल्याएको भन्दै उनले थपे, “हामीलाई घर बनाउन नदिए अब हामी आन्दोलन गर्छौं ।” 
 
सोही स्थानमा भूकम्पपछि विस्थापित भएर आएका केशरलाल विश्वकर्माले आफूहरुलाई राज्यले भूटानी शरणार्थीलाई भन्दा पनि तल्लो व्यवहार गरेको बताए  । उनले भने,  “सरकारले भूटानी शरणार्थीलाई त व्यवस्थित तरिकाले राखेको छ । हामी भूकम्प पीडितलाई घर बनाएर बस्छौँ भन्दा पनि दिएन ।” तत्कालीन समयमा आफूहरुलाई दिइएको आश्वासन पूरा नभएकाले आफूहरु अब घर यहीँ बनाएर बस्ने पक्षमा रहेको उनले बताए । तत्कालीन समयमा गुछिवाङ्बाट २४ घरलाई यहाँ ल्याएर स्थानान्तरण गरिएको भए पनि अहिलेसम्म व्यवस्थित बसोबास वा आफ्नै थलो फर्काउन नसक्दा त्यहाँ अहिले २८ घरधुरी भइसकेका छन् । त्यहाँ दुई सय ५० जनाभन्दा बढी बसोबास गर्दै आएका छन् । 
 
भूकम्पका कारण विस्थापित भएर यहाँ आएपछि बासको मात्रै व्यवस्था भएको भन्दै त्यहाँ बस्दै आएकाहरुले राज्यबाट पाउने सुविधाबाट वञ्चित बन्नुपरेको गुनासो गरेका छन् । सोही स्थानमा बसोबास गर्दै आएका वीरबहादुर विश्वकर्मा राज्यले कालिका–७ जुटपानीमा नै बस्न दिनुपर्ने बताए । घर बनाउनका लागि मात्रै भए पनि जग्गा उपलब्ध गराएर यहीँ राख्नुपर्ने उनको भनाइ छ । उनले भने, “हाम्रो पहाडमा जग्गा छ तर त्यहाँ बस्न योग्य छैन भनेर ल्याइयो, अब हामी त्यहाँ कसरी गएर बस्ने”, ज्यानभन्दा धन ठूलो नहुने भन्दै उनले भने, “अब हामी जाने पक्षमा छैनौँ । यहीँ  व्यवस्थापन हुनुपर्छ ।” 
 
स्थानीय तहदेखि सबै सरोकारवाला निकायको ध्यान केन्द्रित गराउँदा पनि माग सुनुवाइ नभएको मदन विश्वकर्मा बताउनुहुन्छ । उहाँले भन्नुभयो, “हामीले व्यवस्थित बसोबासका लागि इच्छाकामना गाउँपालिका, कालिका नगरपालिका, जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयलाई आग्रह धेरै पटक गर्यौँ । समस्या समाधान हुन सकेन ।” माग सुनुवाइ नभएपछि त्यहाँ रहेको समुदाय आफँै आवास बनाउने तयारीमा लागेका छन् । त्यहाँ रहेका २८ परिवार नै दलित समुदाय हो । उनीहरुले अहिले दैनिक ज्यालादारी र वैदेशिक रोजगारीको कमाइले घरखर्च चलाइरहेका छन् । 
 
भूकम्पबाट प्रभावित भएर स्थानान्तरणमा पर्नुभएकी मनमायाँ विश्वकर्मा बाँसको झुपडीमा बसेर दिन बिताउन कठिन भएको बताए । उनले भने, “यहाँ आएपछि परिवारका सदस्य बढे । घर बनाउन पाइएन । अहिले जस्ताले बारेर बस्नुपरेको छ ।” 
 
जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी भूकम्प प्रभावित उनीहरुले अन्यत्र स्थानान्तरण गर्न खोज्दा नमानेपछि समस्या आएको बताए । उनले भने, “हामीले इच्छाकामना–७ पीपलटारमा स्थानान्तरणका लागि जग्गा हेरेको हो तर उहाँहरु जान मान्नुभएन ।” 
 
भूकम्प प्रभावित भएर आएपछि उनीहरुले वडा कार्यालयमा समेत सम्पर्क नगरेपछि लाभग्राहीको सूचीबाट समेत हट्न मञ्जुरीनामा दिएको उनले जानकारी दिए । अहिले बसेको स्थानमा कालिका नगरपालिका र त्यहाँका स्थानीयवासीले सहमति नदिएको भन्दै उनले  अब उनीहरुको व्यवस्थापन इच्छाकामना गाउँपालिका र कालिका नगरपालिका मिलेर गर्नुपर्ने बताए ।
Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy