Ntc summer Offer
Khabar Dabali ७ आश्विन २०८१ सोमबार | 23rd September, 2024 Mon
NIMB

नेपाल पत्रकार महासङ्घ प्रदेश नं १ ले एक करोडको पत्रकार कल्याण कोष बनाउने

रासस
विराटनगर । नेपाल पत्रकार महासङ्घ १ नं प्रदेश समितिको दोस्रो पूर्ण बैठकले कुनै पनि महामारी, अन्य विपद् र पत्रकारका समस्यामा परिचालन गर्ने गरी रु एक करोडको ‘पत्रकार कल्याण कोष’ बनाउने निर्णय गरेको छ ।
 
प्रदेश समितिका अध्यक्ष लीलाबल्लभ घिमिरेको अध्यक्षता र महासङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रमेश विष्टको प्रमुख आतिथ्यतामा आइतबार बसेको बैठकले सो निर्णय गरेको हो । कोरोनाका कारण प्रदेशमा चार पत्रकारको मृत्यु भएको र १२५ जना सङ्क्रमित भएको विवरण महासङ्घमा रहेको जानकारी गराइएको छ ।
 
बैठकले कोरोना महामारीका बेला जोखिम मोलेर पत्रकारिता गर्ने पत्रकारको पारिश्रमिक कटौती गर्ने, बिदामा बस्न दबाब दिने र लामो समयदेखि पारिश्रमिक नदिने कार्य आपत्तिजनक रहेको ठहर गर्दै तत्काल समस्या समाधान गर्न सबै सञ्चारगृहलाई आग्रह गरेको छ । श्रमको मूल्यका लागि आवश्यक परे सङ्घर्षमा उत्रने र सङ्घर्षका अभियानमा सामेल हुने निर्णय गरिएको छ ।
 
कोरोना सङ्क्रमणका कारण पत्रकार तथा स्वरोजगारमूलक मिडिया बढी प्रभावित हुन पुगेको सन्दर्भलाई गम्भीररूपमा लिइ पत्रकार र स्वरोजगारमूलक मिडियाको उत्थानका लागि विशेष प्याकेज ल्याउन बैठकले सरकारको ध्यानाकर्षण गराएको छ । यसअघि प्रदेश सरकारले गरेको सहयोगप्रति आभार पनि व्यक्त गरिएको छ ।
 
कोभिड सङ्क्रमणको तेस्रो लहरको सम्भावित खतरा आइरहेकाले त्यसमा सचेत रहन सबै पत्रकारलाई आग्रह गर्दै आवश्यक तयारी गर्ने निर्णय गरिएको छ । महासङ्घको विधानअनुसार प्रदेश समितिमार्फत सदस्यता नवीकरण गराउन सबै शाखालाई सूचित गर्दै यसअघि केन्द्रीय समितिले प्रदान गर्दै आएको परिचयपत्र अब प्रदेश समितिमार्फत वितरण गर्ने निर्णय गरिएको छ ।
 
कोरोना महामारीबाट सुरक्षित हुन गरिएको बीमाबापतको रकम सङ्क्रमित भएर बीमा दाबी गर्ने पत्रकारले नपाएका सन्दर्भमा तत्काल बीमा रकम भुक्तानी गर्न बीमा कम्पनीलाई खबरदारी गर्दै त्यसमा सरकारको ध्यानाकर्षण गराउने निर्णय गरिएको छ ।
 
महासङ्घको कामलाई व्यवस्थित गर्न महासचिव विवेक गौतमको संयोजकत्वमा सङ्गठन विभाग, उपाध्यक्ष हिमाकुमारी चेम्जोङको संयोजकत्वमा महिला विभाग, सचिव सन्तोष यादवको नेतृत्वमा समावेशी विभाग र सदस्य पिवी दियालीको संयोजकत्वमा दलित विभाग गठन गरिएको छ । महासङ्घ प्रदेश समितिको आफ्नो वेभपोर्टल निर्माण गरी शाखाका सदस्यसहित विवरण र गतिविधि नियमित अद्यावधिक गर्ने निर्णय बैठकले गरेको छ ।
 
 
 
Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy