Ntc summer Offer
Khabar Dabali १ मंसिर २०८१ शनिबार | 16th November, 2024 Sat
Investment bank

एक वर्षमै लटरम्म फल्न थाले स्याउ : ढुवानी गर्न बारीभित्रै हेलिप्याड

रासस

गोरखा । उत्तरी गोरखाका नामरुङमा बेर्ना सारेको एक वर्षमै स्याउ फल्न शुरु गरेको छ । गण्डकी प्रदेश सरकारले किसानको आयआर्जन वृद्धिका लागि  गत वर्ष अनुदानमा वितरण गरेको इटालियन जातको उन्नत बेर्ना वितरण गरेको थियो ।  

चुमनुब्रीगाउँपालिका–४ स्थित नामरुङको पोरमा लगाइएको करिब चार हजार भन्दा बढी बोटमा स्याउ फल्न थालेको वडाध्यक्ष पेमाडुन्डुप लामाले जानकारी दिए । चुमनुब्रीकिसान समूहलाई गत वर्षका असारमा प्रदेश सरकारले उपलब्ध गराएको इटालियन जातको गोल्डन, फुजी, गाला, रेड डेलिसेस र किङग डेलिसेस जातका बिरुवाले एकै वर्षमा राम्रो उत्पादन दिन थालेको छ, उनले भने, “गत वर्षको असारमा बेर्ना सारिएको थियो, अहिले बोटमा राताम्मै फलेको छ ।” त्यहाँ स्थानीय किसान मिलेर समूहमा व्यावसायिक स्याउ खेती गर्न शुरुआत गरेका थिए । 

प्रदेश सरकारको ७० प्रतिशत अनुदानमा कूल चार हजार ३७० बोट स्याउ रोपिएको वडाध्यक्ष लामाले जानकारी दिए । “रोपिएकामध्ये ११४  बोट हुर्किएनन् । अरु सबै बोट राम्रोसँग हुर्किएका छन”्, उनले भने, “पहिलो वर्षमानै सोचे भन्दा धेरै राम्रो फलदिन थालेको छ ।” एउटै बोटमा २० केजीसम्म स्याउ फलेको उनको भनाइ छ । 

नयाँ र कलिला बोटले धान्न नसक्ने भएपछि छाँटकाँट शुरु गरिएको छ ।   “अहिले एउटा बोटमा पाँच केजीसम्म बढी  फलेका छन्, वडाध्यक्ष लामाले भने, “साना बोटले त्यो भन्दा बढी धान्न नसक्ने भएपछि दाना टिपेर फाल्नु पर्‍यो ।” 

स्याउलाई वन्यजन्तुबाट जोगाउन तारबार गरिएको र स्याउ फार्मभित्र अहिले दैनिक आठले नियमित रुपमा काम गर्दै आएका छन् । इटालीबाट ल्याइएका ती विरुवा खच्चडबाट उत्तरी गोरखामा ढुवानी गरेर पुर्‍याएको थियो । सो क्षेत्रमा स्थानीय जातको स्याउ उत्पादनहुँदै आएको भए तापनि विदेशी जातको स्याउ उत्पादन भने पहिलो पटक भएको बताइएको छ ।

‘परीक्षणका लागि पनि भने फरक प्रजातीको स्याउ खेती गरिएको शुरु गरिएको थियो, उनले भने, “स्याउले पहिलो वर्ष नै राम्रोसँग फलदिएकाले राम्रो आम्दानी हुन्छ भन्ने किसानको विश्वास छ ।”

स्थानीय किसान मिलेर पोरमा गत वर्षदेखि करिब १००  रोपनीमा अहिले स्याउखेती गरेका थिए । “करिब ३००  रोपनीजग्गा स्याउ खेतीका लागि भाडामा लिइएको छ”, उनले भने, “बेर्नाको अभावका कारण तत्काललाई सय रोपनी क्षेत्रफलमा बेर्ना लगाइएको थियो, बाँकी जमिनमा पनि बेर्ना थप्दै जाने योजनामा किसान छन् ।” सडक सञ्जालले नछोएको उत्तरी गोरखामा उत्पादन हुने स्याउलाई बजारसम्म पुर्‍याउनका लागि भने ढुवानी समस्या रहदै आएको छ । 

उत्पादित स्याउलाई समयमा बजारसम्म लैजान खच्चड र हेलिकप्टर बाहेकको विकल्प छैन ।  खच्चडमार्फत बजारसम्म लैजान काठको बाकस बनाउन थालिएको किसानको भनाइ छ । हेलिकप्टरमार्फत ढुवानी गर्न मिल्ने गरी स्याउबारीभित्रै हेलिप्याड निर्माण गरिएको छ, उनले भने, “बजारमा पुर्‍याउन नसक्ने अवस्था भएमा स्याउलाई लामो समयसम्म ताजा राख्नका लागि शीतभण्डारको समेत निर्माण भइरहेको छ । 

त्यहाँ उत्पादन भइरहेको गोल्डन, फूजी, गाला, रेड डेलिसेस र किङ्ग डेलिसेस नेपाली बजारमा प्रति केजी रु ३०० देखि ५०० सम्ममा बिक्री हुँदैआएको छ । चुमनुब्रीकिसान समूहले भने पहिलो पटकको उत्पादन गरिएको इटालियन जातको स्याउ गोरखा र छिमेकी जिल्लामा प्रति केजी रु २५० मा बिक्रीगर्ने लक्ष्य राखेको उनले बताए । समूहले करिब रु एक करोड २० लाख का लागतमा गत वर्षदेखि स्याउखेती शुरु गरेको थियो । स्थानीयवासी लाक्पा डुन्डुप लामासहित सातजनाको टोलीले नामरुङका पोरमा जमिन भाडामा लिएर व्यवसायिक खेती सुरु गरेको थियो ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy