वाग्मती । उद्योग सङ्घ मकवानपुरले हेटौँडा अस्पतालमा निर्माण गरेको अक्सिजन जेनेरेटर प्लान्ट आज अस्पताललाई हस्तान्तरण गरिएको छ । दैनिक १२० सिलिन्डर ग्यास उत्पादन गर्नसक्ने क्षमताको प्लान्टको आज वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गरे ।
मुख्यमन्त्री पौडेलले प्रदेश मातहत आएपछि अस्पताललाई व्यापक सुधार गरिएको बताए । पचास शय्याको अस्पताललाई तीनसय श्याको बनाएको र अब चाडै नै ५०० शय्याको विशाल अस्पताल बनाइने उनले जानकारी दिए । तीन मात्रै चिकित्सक रहने अस्पतालमा ५० भन्दा बढी चिकित्सक थप गरिएको सघन उपचार कक्ष, एचडियु तथा भेन्टिलेटर जस्ता सबै सुविधा सञ्चालनमा ल्याइएको जानकारी दिँदै मुख्यमन्त्री पौडेलले चाडै नै मुटु रोग तथा अर्बुद रोग (क्यान्सर) को उपचारको छुट्टै युनिट सञ्चालनका लागि प्रदेश सरकारले काम गरिरहेको बताए ।
उनले प्रदेश सरकारले हेटौँडा अस्पतालमा छ तले नयाँ भवन निर्माणको शुरुआत गरिसकेको जानकारी दिए । स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन ल्याइएको जनाउँदै मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले सञ्चालन गरेका १३ वटै अस्पतालमा अक्सिजनको अभावमा ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना हुन नदिने बताए ।
कार्यक्रममा सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले सबैको सहयोगबाट नै कोरोना नियन्त्रण र उपचारका लागि काम भइरहेको बताए । उनले सरकारलाई सहयोग गर्नेहरुलाई धन्यवाद व्यक्त गर्दै सबैको सहयोगले नै उपलब्धि हासिल हुने बताए ।
जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले अभावमा सहयोग गर्ने उद्योगपतिलाई धन्यवाद व्यक्त गरे । हेटौंडा उपमहानगरका प्रमुख हरिबहादुर महतले आफूहरुले अक्सिजन अभावमा गुज्रेको अस्पतालमा विभिन्न रोकावटका बाबजुद पनि तत्कालीन रुपमा दैनिक २० सिलिन्डर उत्पादन गर्ने प्लाण्ट जडान गरिएको जानकारी दिँदै महामारीको जुटेर सामना गर्नुपर्नेमा जोड दिए
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ६ गते, २०७९ - १७:०५
काठमाडौँ । नेपाल प्रहरीले कौडा खेलिरहेको अवस्थामा छ जनालाई पक्राउ गरेको छ ।महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले बूढानीलकण्ठ नगरपालिका–१...
जेष्ठ ६ गते, २०७९ - १६:५३
बनेपा । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका अध्यक्षमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएका छन् । अध्यक्...
जेष्ठ ६ गते, २०७९ - १६:४५
पेरिस । फ्रान्समा नयाँ सरकार शुक्रबार घोषणा गरिने राष्ट्रपतिले बताएका छन् । नयाँ सरकार गठनपछि नयाँ मन्त्रिपरिषद्को बैठक सोमबार बस्नेछ । नयाँ सरकार...
जेष्ठ ६ गते, २०७९ - १६:३१
काठमाडौँ । सांसदहरुले आगामी बजेटमा जनताका आधारभूत सुविधालाई सबल र सर्वसाधारणको सहज पुहँच पुग्ने गरी कार्यक्रम ल्याउन सुझाव दिएका छन् । प्रतिनिधिसभाको...
जेष्ठ ६ गते, २०७९ - १६:२०
मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभाको दशौँ अधिवेशन बैठक आह्वान गरेका छन् । प्रदेश प्रमुख शर्माले यही जेठ १३ गते शुक्रबार ब...
जेष्ठ ६ गते, २०७९ - १५:५१
लहान । यहाँका चार स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक भएको छ । यससँगै सिरहाका १७ स्थानीय तहमध्ये ११ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको हो ।...
जेष्ठ ६ गते, २०७९ - १५:३३
धनगडी । कैलालीको मोहन्याल गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका देवीदत्त उपाध्यायलाई पद तथा गोपनीयताको शपथ नगराउन निर्वाचन आयोगले निर्देशन दिएको छ । व...
जेष्ठ ६ गते, २०७९ - १५:२०
काठमाडौं । सामाजिक सञ्जालमार्फत भाइरल भएको यौन हिंसाको घटनाको सम्बन्धमा गम्भिर ध्यानाकर्षण गर्दै शीघ्र छानबनि गरी दोषीलाई कानुनी दायरामा ल्याउन सभाम...
जेष्ठ ६ गते, २०७९ - १४:४५
सिमकोट । हुम्लाको चङ्खेली गाउँपालिकामा स्वतन्त्र उम्मेदवार प्यारीलाल शाही निर्वाचित भएकी छन् । उनले एक हजार ६९५ मत प्राप्त गरी पाँच सय २३ मतान्तरले व...
जेष्ठ ६ गते, २०७९ - १४:३१
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तका बारेमा छलफल जारी रह्यो । छलफलमा सहभागी हु...
प्रतिकृया लेख्नुहोस्: