Ntc summer Offer
Khabar Dabali ६ आश्विन २०८१ आईतवार | 22nd September, 2024 Sun
NIMB

हेटौँडा उपमहानगरपालिकामा २२ करोड राजस्व सङ्कलन

रासस

वाग्मती । हेटौँडा उपमहानगरपालिकाले गत आर्थिक वर्ष २०७७/७८ मा आन्तरिक स्रोत तर्फ रु २२ करोड बढी रकम सङ्कलन गरेको छ । कार्यालयका अनुसार गत आवमा आन्तरिक स्रोत तर्फ रु २२ करोड सात लाख २९ हजार २२१ राजस्व सङ्कलन गरेको हो । राजस्व सङ्कलनमध्ये गत एक वर्षको अवधिमा सबै भन्दा धेरै एकीकृत सम्पत्ति कर रु चार करोड ९६ लाख ३१ हजार ५६९ सङ्कलन गरिएको कार्यालयले जनाएको  छ ।

पूर्वाधार सेवाको उपयोगमा लाग्ने कर रु एक करोड ८६ लाख १८ हजार ६०० सङ्कलन गरिएको हो । अन्य सेवा तथा शुल्क र बिक्रीबाट रु  एक करोड ३९ लाख ७० हजार ६०९ सङ्कलन गरिएको छ । विभिन्न प्रकारका सिफारिस दस्तुरबाट रु दुई करोड ९९ लाख ९१ हजार ७७२, नक्सापास दस्तुरबाट रु एक करोड ८९ लाख ९३ हजार ९ सय ३९ प्राप्त भएको उपमहानगरपालिकाले जनाएको छ ।

त्यसैगरी उपमहानगरपालिकाले बहाल करबाट पनि रु  दुई करोड २४ लाख एक हजार ६९ कर सङ्कलन गरेको छ । विभिन्न २२ वटा शीर्षकमा उपमहानगरपालिकाले आन्तरिक राजस्व सङ्कलन गरेको छ । स्थानीय सरकारमा जनप्रतिनिधि आएपछि कुनै पनि क्षेत्रमा करमा वृद्धि नभएको र सङ्घ र प्रदेश सरकारले बनाएका कानूनका आधारमा कर लिँदै आएको उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले बताए ।

यसैबीच हेटौँडा उपमहानगरपालिकाले गत आर्थिक वर्ष २०७७/७८ मा नदीजन्य पदार्थमा मात्र रु चार  करोड ११ लाख १३ हजार सङ्कलन गरेको छ । प्रदेश सरकारलाई समेत यो रकम बाँडफाँड गर्नुपर्ने हुन्छ ।

त्यसैगरी नदीजन्य पदार्थको लिलाम बिक्रीबाट ७८ लाख ५८ हजार सङ्कलन गरिएको उपमहानगरपालिकाले जनाएको छ । अघिल्लो आर्थिक वर्षमा नगर क्षेत्रभित्रका क्रसर उद्योगसँग असूल गर्न बाँकी रु एक करोड ८८ हजार पनि असुल गरेको छ । वन रोयल्टीको ६० लाख  सङ्कलन गरिएको कार्यालयले जनाएको छ । महानगरपालिकाले माटो बिक्रीबाट रु १२ लाख ९५ हजार सङ्कलन गरेको छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy