Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

दिक्तेल रुपाकोट मझुवागढीमा १० दिनका लागि निषेधाज्ञा

रासस

खोटाङ । कोरोना सङ्क्रमणदर दिनानुदिन बढ्दै गएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा १० दिनका लागि निषेधाज्ञा लागू गरिएको छ । दैनिकजसो गरिएको परीक्षणका क्रममा सङ्क्रमण पुष्टि हुने दर नरोकिएपछि मङ्गलबारदेखि यही भदौ १० गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो । 

नगरपालिकाभित्र सञ्चालन हुँदै आएको हाटबजार, सरकारी तथा वित्तीय कार्यालयको सेवा, यातायातका सवारी साधन पूर्णरूपमा ठप्प बनाइने नगरप्रमुख दीपनारायण रिजालले जानकारी दिए । “पछिल्लो समय दिक्तेल बजारमा सङ्क्रमण उच्च अधिक देखिएको छ”, उनले भने, “कोभिड–१९ को सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि नगरपालिकाभित्रका औषधि पसल, इन्धन, तरकारी पसललगायत अत्यावश्यक कामका लागि सञ्चालन गर्नुपर्नेबाहेकका सम्पूर्ण होटल, व्यापार व्यवसाय तथा यातायातका साधन बन्द गरिएको छ ।”

पन्ध्र वडा रहेको सो नगरपालिकाभित्र सङ्क्रमित दर उच्च देखिएपछि उच्च सतर्कता अपनाउनुपर्ने अवस्था देखिएको जनाउँदै गत साउन २७ गते जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले १० दिन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो । नगरपालिकाभित्रका सरकारी तथा गैरसरकारी, संस्थान, बैंक तथा वित्तीय संस्थालगायतका कार्यालयको सेवा स्थगन , नगरभित्रका हाटबजार, सभा सम्मेलन, जुलुस, धार्मिक क्षेत्रमा हुने पूजालगायतका भीडभाड हुने सबै क्षेत्र बन्द, नगरभन्दा बाहिरका शहर र अन्य क्षेत्रबाट पूर्वस्वीकृति लिएर आउने नगरवासीले अनिवार्य १५ दिन होम क्वारेन्टिनमा बस्नुपर्ने निर्णय गरिएको छ ।  

कोभिड अस्पतालले सिफारिस गरेका बिरामीलाई मात्र नगरपालिकाले सिफारिस गरेको अस्पतालमा गाडीमार्फत पुर्‍याउने, नगरभित्रका सम्पूर्ण सरकारी, अत्यावश्यक सेवाका लागि बाहिर निस्कनुपरेमा जनस्वास्थ्यका मापदण्ड अपनाएर उच्च स्वास्थ्य सतर्कता अपनाएर मात्र निस्कने, अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कने, मास्क र स्यानिटाइजर प्रयोग गरी भौतिक दूरीजस्ता जनस्वास्थ्यको मापदण्ड अनिवार्य परिपालना गर्ने/गराउने निर्णय भएको छ । दिक्तेल बजारकै एकजना सङ्क्रमितको मृत्यु भएपछि नगरपालिकालाई गत जेठ ७ गतेदेखि केही समय बजार क्षेत्रमा निषेधाज्ञा जारी गरिएको थियो । 

जिल्लाको प्रमुख व्यापारिक केन्द्रसमेत रहेको दिक्तेलमा यसअघि जारी गरिएको निषेधाज्ञाका अवधिमा बैंक तथा वित्तीय संस्था र कतिपय सरकारी कार्यालयको सेवा प्रवाहलाई छुट दिएर व्यापार व्यवसाय मात्र बन्द गर्न खोजेको व्यवसायीको गुनासो थियो । नगरपालिकामा पछिल्लो समय सक्रिय सङ्क्रमितको सङ्ख्या १३४ रहेको नगर स्वास्थ्य शाखा प्रमुख तीर्थ आचार्यले जानकारी दिए ।

एक हजार २३७ मा सङ्क्रमण देखिएको यस नगरपालिकामा हालसम्म आठ जनाले कोरोना सङ्क्रमणकै कारण ज्यान गुमाइसकेका छन् । नगरपालिकामा सङ्क्रमण पुष्टि भएका सक्रिय सङ्क्रमितमध्ये गम्भीर छ दिक्तेलस्थित कोभिड अस्पतालमा र १२८ होमआइशोलेसनमा छन् ।

नगरपालिकाले निषेधाज्ञा कार्यान्वयन भए/नभएको अनुमान गर्न नगरप्रमुख रिजालसहित प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा, प्रहरी नायब उपरीक्षक उमेश लम्साल, नेपाल रेडक्रस सोसाइटीका पदाधिकारीलगायतका टोली बजार निस्किएको थियो । पछिल्लो समय जिल्लाभर नै कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि पुन: समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जिल्लाका १० वटै स्थानीय तहमा ‘तपाईँको मास्क खोइ ?’ अभियानसमेत सुरुआत गरिएको छ । 

दश स्थानीय तह रहेको जिल्लामा गत वैशाखयता दुई हजार २०६ मा कोरोना सङ्क्रमण देखिएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको यस जिल्लामा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ३२९ जना रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिए । अहिलेसम्म निषेधाज्ञा लागू नगरिएको यस जिल्लामा हालसम्म १२ जनाले ज्यान गुमाइसकेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ठूला शहर तथा तराईका जिल्लामा ५०० र पहाडी जिल्लामा २०० भन्दा बढी सक्रिय सङ्क्रमित भएमा तत्काल निषेधाज्ञा लागू गर्न भनेको छ । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies