श्रावण १४ गते, २०७२ बिहिवार 30th July, 2015 Thu१७:२८:३९ मा प्रकाशित
१४ साउन, जाजरकोट । जिल्लाका डेढ दर्जनभन्दा बढी सरकारी कार्यालयका प्रमुख एकै पटक जिल्ला छाडेर घरतिर लागेका छन् ।
कार्यालय प्रमुखहरुले जिल्ला छाडेपछि यी कार्यालय प्रमुखविहीन बनेका छन् । आर्थिक वर्ष तथा गत अवको समीक्षा गोष्ठी सकिने बित्तिकै विभिन्न बहानामा प्रमुख घरतिर लागेपछि ती कार्यालयमा सहायकस्तरका कर्मचारीले निमित्तको जिम्मेवारी सम्हालेका छन् ।
वार्षिक समीक्षा गोष्ठी कुरेर बसेका कार्यालय प्रमुख समीक्षा सकिने बित्तिकै जिल्ला छाडेर गएका हुन् । कोही प्रमुखले त आफ्नो प्रस्तुतीकरण गरेर अरूको सुन्दै नसुनी जिल्ला छोडेको एक कर्मचारीले बताए ।
जनताको प्रत्यक्ष सरोकार र बढी सम्पर्क हुने कार्यालयका प्रमुख तथा दोस्रो तेस्रो तहका कर्मचारीसमेत जिल्ला बाहिर गएपछि सरकारी सेवा प्रवाह प्रभावित भएको छ । जिल्ला विकास समिति, जिल्ला प्रहरी कार्यालय, जिल्ला शिक्षा कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, महिला तथा बालबालिका कार्यालय, जिल्ला प्राविधिक कार्यालय, खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालय, जिल्ला पशुसेवा कार्यालय, जिल्ला हुलाक कार्यालय, जिल्ला कृषि विकास कार्यालय, घरेलु तथा साना उद्योग कार्यालयलगायतका सरकारी कार्यालय अहिले प्रमुखविहीन भएका छन् ।
जिल्ला विकास समितिमा स्थानीय विकास अधिकारी दीर्घबहादुर पोखरेल, योजना अनुगमन तथा प्रशासकीय अधिकृत टेकबहादुर खत्री र जिल्ला प्राविधिक कार्यालयका प्रमुख इन्जिनियर जयराम श्रेष्ठ तिनैजना जिल्ला बाहिर छन् भने वरिष्ठ कृषि विकास अधिकृत चित्रबहादुर रोकाय, स्वास्थ्य प्रमुख धीरजंग शाह, जिल्ला पशु कार्यालयका प्रमुख डा गुरुप्रसाद खकुराल, जिल्ला शिक्षा कार्यालयमा जिल्ला शिक्षा अधिकारी विष्णुनारायण श्रेष्ठ, शाखा अधिकृत यज्ञश्वर खत्री दुवैजना कार्यालयको काम र घरबिदा भन्दै जिल्ला बाहिर गएका छन् ।
यस्तै, शिक्षा कार्यालयका तीन विद्यालय निरीक्षक धनबहादुर विष्ट, नारायण पौडेल र गीता भारती गत एक वर्षदेखि काजमा बाहिर रहेका छन् । जिल्लामा दरबन्दी भएका विद्यालय निरीक्षक जिल्ला बाहिर काजमा बस्दा जिल्लामा विद्यालयको अनुगमन तथा अन्य कार्य सम्पादनमा निकै समस्या रहेको कार्यालय स्रोतले जनाएको छ ।
असार मसान्तभित्र उच्च माध्यमिक विद्यालयको दरबन्दी र अनुदान वितरण गरिसक्न शिक्षा विभागले परिपत्र गरे पनि जिल्ला शिक्षा अधिकारी जिल्ला बाहिर गएका कारण ढिलाइ भएको हिस्टान जाजरकोटका अध्यक्ष मानबहादुर रानाले बताए ।
यस्तै, जिल्लाभरि छ प्रहरी निरीक्षकको दरबन्दी भए पनि करिब एक वर्षदेखि एक मात्र निरीक्षक जिल्लामा कार्यरत छन् । प्रहरीमा पनि काज तथा तालिमको नाउँमा बाहिरै बस्ने गर्नाले गाउँका प्रहरी एकाइ सधैँ तल्लो तहका प्रहरी अधिकृतको नेतृत्वमा चल्ने गरेका छन् ।
इलाका प्रहरी कार्यालयह रामीडाँडा, गर्खाकोट, दल्ली र रिम्नामा प्रहरी निरीक्षकको दरबन्दी भए पनि त्यहाँ प्रहरी नायब निरीक्षकको नेतृत्वमा एकाइ सञ्चालनमा छन् ।
एकै पटक ठूलो सङ्ख्यामा कार्यालय प्रमुख जिल्ला बाहिर जान नपाइने भए पनि कोही सरकारी काम र कोही छोटो अवधिको बिदा लिएर गएको र लामो समय जिल्लाका कार्यालय प्रमुखविहीन नहुने प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: