Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

किन फुटे एकै दिन एमाले र जसपा ?

खबरडबली संवाददाता

काठमाडौँ । नेपालको लोकतान्त्रिक आन्दोलनमा ठूलो बलिदान दिएका राजनीतिक दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) र जनता समाजवादी पार्टी नेपाल (जसपा) अन्ततः विभाजन भएका छन् ।

एमालेभित्र विवाद झागिँदै गएपछि दुईपटक विघटन गरिएको प्रतिनिधिसभा र त्यसपछि विकसित मुलुकको राजनीतिक  घटनाक्रमले यी दुवै राजनीतिक शक्तिलाई विभाजनसम्म पुर्याएको हो । राजनीतिक द्वन्द्वबाट उत्पन्न परिस्थितिका कारण पटकपटक दल विभाजन हुँदा सरकारलाई स्थिरता प्रदान गर्ने हेतुले दल विभाजनसम्बन्धी व्यवस्थालाई कडाइ गरिएको थियो । मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमले त्यसलाई उल्ट्याइदिए छ । 

त्यसो त प्रमुख राजनीति दलको विभाजनप्रति आम नागरिकले चिन्ता व्यक्त गर्दै सत्ता स्वार्थ र सुझबुझपूर्ण राजनीतिक नेतृत्वको कमी देखिएको प्रतिक्रिया दिएका छन् । नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदनपछि प्रस्तावित नयाँ राजनीतिक दल नेकपा एमाले (समाजवादी)का नेता राजेन्द्रप्रसाद पाण्डेले भने नेपालका अरु वामपार्टीलाई समेटेर क्रान्तिकारी वाम आन्दोलनको नयाँ धु्रवीकरण गर्ने योजनाका साथ नयाँ दल दर्ता गरिएको प्रतिक्रिया दिए ।

उनले भने, “एमालेमा अलमलिएका कयौँ साथीलाई अब चाँडोभन्दा चाँडो एमाले (समाजवादी) भित्र समावेश हुन हामी आह्वान गर्छाैँ । त्यहाँ रहेकासँग कुनै शत्रुता गर्दैनौँ । एमालेले अब कम्युनिष्ट आन्दोलनलाई अघि बढाउन सक्दैन ।” माधव नेपालको अध्यक्षतामा गठन भएको उक्त दलमा ९५ सदस्यीय केन्द्रीय समितिमा झलनाथ खनाल बरिष्ठ नेता हुन ।

साविक एमालेबाट ५८ केन्द्रीय सदस्य र ३१ जना सङ्घीय सांसद नयाँ दलमा आउनुभएको जानकारी दिइएको छ । प्रारम्भमा खुला किताब चुनाव चिह्न प्रस्ताव गरिएको चर्चा चलेको भए पनि निर्वाचन चिह्नबारे निर्णय भइनसकेको र छलफलकै चरणमा रहेको जानकारी दिइएको छ ।

पटक–पटक प्रतिनिधिसभा भङ्ग गरेपछि त्यसको रक्षा तथा संविधानको रक्षाका एमाले(समाजवादी) दर्ता गर्नु परेको नेता पाण्डेले प्रतिक्रिया दिए । एमाले नेतृत्वबाट आफूहरूप्रति गरेको ब्यवहारका कारण सो पार्टीमा बस्ने आवस्था नरहेको उनको भनाइ छ । दल दर्ताको प्रमाणपत्र पाएपछि चाँडै पार्टीको राष्ट्रिय भेला र सम्मेलन गरीे कम्युनिष्ट आन्दोलनलाई पुर्नगठन गर्ने र सर्वहारा श्रमजीवी जनताको हकहित अधिकार र राष्ट्रिय स्वाधीनताका लागि लड्ने दृढताका साथ काम गर्ने उहाँले अठोट व्यक्त गरे ।

निर्वाचन आयोगमा आजै समाजवादी पार्टी नेपाल(लोकतान्त्रिक)का वरिष्ठ नेता राजेन्द्र महतोले साविकको जसपा विभाजन भएर नै नयाँ दल दर्ताका लागि निवेदन दिएको प्रतिक्रिया दिए । उनले भने, “विभाजित राजनीतिक दलका रूपमा जनता समाजवादी पार्टी, नेपाल लोकतान्त्रिक दर्ता भएको छ, सावित जसपाको १५ सांसद र १७ केन्द्रीय सदस्य नयाँ दलमा आउनुभएको छ ।”

अध्यक्षमा महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो रहनुभएको नयाँ दल २४ सदस्यीय कार्यकारिणी समितिको छ । मुलुकमा अरु दल पनि विभाजन भएको हुँदा विभिन्न कालखण्डमा पार्टी टुटफुट त भई हाल्छ नि भन्ने प्रतिक्रिया दिँदै वरिष्ठ नेता महतोले भने, “कुनै अध्यादेशले फाइदा पनि गर्छ नि त, आवश्यकता थियो र त अध्यादेश आएको हो नि !”

सोही दलका नेता शरदसिंह भण्डारीले आफूहरूले गठन गरेको नयाँ पार्टीले समावेशीका मुद्दालाई प्राथमिकता दिने तथा दलको चरित्र र सङ्गठन सशक्त बनाउने बताए । तराई मधेशका माग मुद्दालाई कमजोर हुन नदिने हेतुले विगतमा पार्टी एकीकरण गरिएको सुनाउँदै उनले दलभित्र सत्ताको राजनीति अघि सारिएपछि विभाजन नै उपयुक्त बाटो ठानिएको बताए  । रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनिता डङ्गोलदेखि अब्दुस मियाँसम्म एमाले केन्द्रीय सदस्य बन्दै

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...

मकवानपुरमा सिकार दुर्घटना: एकको मृत्यु, एक पक्राउ

मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...

एमाले महाधिवेशनमा ओलीपक्षभित्रै तँछाडमछाडकाे अवस्था

महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी

एमाले पदाधिकारी भिडन्तको खाका तयार

ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय

इको पहिरो दीर्घकालीन नियन्त्रणको सहमति, दुई महिनापछि खुल्यो तातोपानी नाका सडक

सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...

सुन्तला खेतीले उज्यालिँदै भोजपुरका किसानको आर्थिक अवस्था

भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...

काम रोकेर छोडियो: दुर्घटनाको पर्खाइमा हेटौँडा बजार

भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो

राजनीतिसँगै उद्यमशीलता : दुर्गाजयन्ती राईको कृषिजन्य उत्पादनमा उदाहरणीय यात्रा

खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...

जेनजी आन्दोलनको प्रभाव : अनुभवी नेताहरूको चुनावबाट स्वैच्छिक अवकाश

काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...

चोरीको आरोपमा समातिएका युवकको प्रहरी हिरासतमा मृत्यु

काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending