काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउने बताएका छन् । समाजवादी केन्द्र नेपालले आयोजना गरेको ‘एक्काइशौँ शताब्दीको माक्र्सवाद र समाजवाद’ विषयक अन्तक्र्रियामा अध्यक्ष ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तारका विषयमा हिजोबाट नयाँ परिस्थिति बनेको बताएका हुन् । उनले भने,“आज बिहान मात्रै प्रधानमन्त्री शेरबहादुर देउवा, माधव नेपाल र म बसेका थियौँ, अब ढिलो गर्नुहुँदैन, छिटो टुङग्याउनुपर्छ भनेका छौँ । हिजो दर्ता भएको पार्टीको सनाखत टुङ्गिने वित्तिकै मन्त्रिपरिषद् विस्तार टुङ्ग्याउनुपर्छ भन्ने सहमति भएको छ ।”
उनले अहिले सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशको उद्देश्य लोकतन्त्र र संविधानको रक्षाका लागि भएको जिकिर गर्नुभयो । उनले भने,“ पहिले ल्याएका अध्यादेश लोकतन्त्र र संविधान सिध्याउने उद्देश्यले ल्याइएका थिए, अहिलेको अध्यादेश लोकतन्त्र, संविधान र गणतन्त्रको रक्षाका लागि ल्याइएको हो ।”
अर्को प्रसङ्गमा अध्यक्ष प्रचण्डले माक्र्सवादबारे तीन थरी दृष्टिकोण देखिएको भन्दै पहिलोले माक्र्सवादको यान्त्रिकिकरण गरेर सोच्ने जडसुत्रवादी प्रवृत्ति, दोस्रोले माक्र्सवादलाई त्याग्न खोज्ने वर्ग सङ्घर्ष होइन वर्गसमन्वयकोे प्रवृत्ति र तेस्रो चलायमान देखिएको मध्यपन्थी प्रवृित्त रहेको टिप्पणी गरे ।
अबको माक्र्सवादबारे रचनात्मक, सिर्जनात्मक ढङ्गले विचार, विमर्श गरेर नयाँ विश्लेषण निकाल्न आवश्यक रहेकोमा अध्यक्ष प्रचण्डले जोड दिए ।
कार्यक्रममा सङ्घीय समाजजादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले पुँजीवाद दिगो हुनसक्दैन भन्नेमा विश्वमै आम सहमति बनिसकेको बताउँदै तर विकल्प कस्तो समाजवाद भन्ने बहस जारी रहेको बताए ।
उनले पुँजीवादसँगै अहिले प्रयोगमा रहेको पुरानो समाजवादको प्रयोग पनि असफल भएको टिप्पणी गर्दै समाजवादको नयाँ स्परुपबारे पर्याप्त बहस र छलफल आवश्यक रहेकोमा जोड दिए । कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य बामदेव क्षेत्री घिमिरेले लेख्नुभएको ‘कृषि र समाजवाद’ पुस्तकको विमोचन अतिथिद्वय प्रचण्ड र डा भट्टराईले गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - १०:१८
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...
मंसिर ३० गते, २०८२ - १०:१०
मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...
मंसिर ३० गते, २०८२ - १०:०६
महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी
मंसिर ३० गते, २०८२ - १०:००
ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय
मंसिर ३० गते, २०८२ - ०९:४५
सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...
मंसिर ३० गते, २०८२ - ०९:३०
भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...
मंसिर ३० गते, २०८२ - ०९:१०
भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो
मंसिर ३० गते, २०८२ - ०९:०५
खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...
मंसिर ३० गते, २०८२ - ०८:४०
काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...
मंसिर ३० गते, २०८२ - ०८:२५
काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...




प्रतिकृया लेख्नुहोस्: