Ntc summer Offer
Khabar Dabali ६ आश्विन २०८१ आईतवार | 22nd September, 2024 Sun
NIMB

सम्झौता सकिँदा सडक निर्माण आधा मात्रै

रासस

पाँचथर । दुई वर्षअघिको साउन ३० गते जिल्लाका तीन मुख्य ग्रामीण सडक कालोपत्रको शिलान्यास हुँदा जिल्लावासीमा सडकका कारण भोग्नुपरेको सास्ती चाँडै अन्त्य होला भन्ने लागेको थियो । सङ्घीय संरचनाअनुसार पहिलोपटक प्रदेश सरकारले धमाधम आयोजना अगाडि बढाइरहेका कारण पूर्वाधारका अन्य आयोजना निर्माणसमेत सुरुआत हुने धेरैको अपेक्षा थियो । तामझामका साथ गरिएका शिलान्यास कार्यक्रममा बजेटको सुनिश्चितता भएकाले निर्माण व्यवसायीले छिटो काम सम्पन्न गरेर पुरस्कार लिनु भनिएको थियो । यसका लागि समुदायस्तरबाट पनि दबाव दिन सुझाव दिइयो ।

शिलान्यास भएका आयोजना पूरा गर्ने अवधि समाप्त भइसक्दा निर्माण पूरा हुने कुनै छाँटकाँट छैन । बरु सडकमा विगतमा जस्तो दु:ख थियो, त्यो अहिलेसम्म हटेको छैन । समयमा गन्तव्यमा पुग्न नसक्दा यात्रुले हैरानी ब्यहोरिरहेका छन् भने बिरामी समयमा अस्पताल पुग्न सकिरहेका छैनन् । कृषि उपजले बजार पाउन सकेका छैनन् । खाद्यान्नको ढुवानी गर्न पनि समस्या परिरहेको छ ।

विसं २०७६ साउन ३० गते तामझामसहित कालोपत्रको शिलान्यास गरिएको जिल्लाको कुम्मायक गाउँपालिका जोड्ने सरखण्डे–यासोक सडकमा ना२ख ९२३६ नंको ट्रक फसेको दुई साता बित्यो । विस्तार गरिएको सडकको हिलो माटो र पानीको आहालमा फसेको ट्रक निकाल्न चालकले दुई दिनसम्म प्रयास गरे पनि सम्भव नभएपछि छाडेको स्थानीयवासी बताउँछन् । निर्माण सम्झौताअनुसार यो सडक गत असार ३० गते नै निर्माण सम्पन्न भइसक्नुपथ्र्यो । पूर्वाधार विकास कार्यालयले लामा/च्याङमिला जेभी काठमाडौँलाई निर्माणको ठेक्का लगाइएको छ । यो सडक निर्माणको भौतिक प्रगति जम्मा ४५ प्रतिशतमा सीमित छ । 

स्थानीयवासी राजु खतिवडाका अनुसार निर्माण व्यवसायीले नियमित काम नगर्दा आयोजना निर्माणले गति लिन नसकेको हो । “१०/१५ दिन काम गर्छन्, कहिले कोभिड आयो भन्छन्, कहिले बर्खा”, खतिवडाले भने, “समय घर्किँदा पनि काम नहुँदा हामीलाई दु:ख त लागेको छ नै, त्यो भन्दा बढी सास्ती खेप्नुपरेको छ ।” विकासमा धेरै आयोजना एकैसाथ सुरुआत हुँदा उत्साहित बनेका स्थानीयवासीलाई समयमा निर्माण पूरा नहुने र पहिलेजस्तै दु:ख भोग्नुपर्ने बाध्यताले सधैँ सताइरहेको छ ।

सरखण्डे–यासोक ११।३१० किलोमिटरको सडकले जिल्लाको कुम्मायक र तुम्बेवा गाउँपालिकालाई सदरमुकाम फिदिमसँग जोड्दछ । मुख्य सडक समयमा निर्माण सम्पन्न नहुँदा यासोक–फिदिम चल्ने सवारी साधन कुम्मायक–४ तिङदेन तथा कुम्मायक–१ फिक्कलबाट जोडिएका शाखा सडक हुँदै गुड्ने गरेका छन् । शाखा सडकसमेत निरन्तरको वर्षा र पर्याप्त मर्मतको अभावमा कठिन र जोखिमपूर्ण बनेका छन् । 

सवारी चालक लक्ष्मण घिमिरेका अनुसार ढुवानीका साधन हिलोमा फसेपछि सडक नसकुञ्जेल पर्खिनुको विकल्प हुँदैन । “गाडी फसेपछि १५ दिनसम्म कुरेर बस्नुपर्ने बाध्यता छ”, घिमिरेले भने, “सडक निर्माणको काम समयमा नभएपछि दु:ख पाउने त हामीले हो ।” ग्रामीण सडक बर्खामा हिलाले अवरुद्ध हुने मात्रै होइन, हिउँद वा पानी नपरेको समयमा धुलोले हिँडिनसक्नु हुन्छन् ।

पूर्वाधार विकास कार्यालय पाँचथरका इञ्जीनियर टीकाराम लिम्बूका अनुसार विशेषत कोभिड–१९ सङ्क्रमणको महामारीका कारण निर्माण अवरुद्ध हुँदा आयोजना समयमा पूरा हुन नसेका हुन् । “हाम्रो कार्यालयबाट अगाडि बढाई म्याद सकिएका मुख्य तीन आयोजनाको म्याद छ महिना थप भएको छ”, लिम्बूले भने, “बर्खा भए पनि काम अगाडि बढाउन भनिरहेका छौँ ।” स्रोत सुनिश्चित भएको भनी बहुवर्षीय ठेक्का लागेको भए पनि आयोजनामा समयमा रकम निकासा नहुँदा ठेकेदारले विभिन्न बहाना बनाउन पाएका छन् ।

यता सबै सरकारी निकायले कोभिड–१९ को महामारीविरुद्धका कार्यमा ध्यान केन्द्रित गर्दा ठेकेदारलाई हाइसञ्चो भएको छ । विगतमा जिल्ला समन्वय समितिका प्रमुख विष्णुप्रसाद सापकोटाको अगुवाइमा धेरै आयोजनामा निर्माणको अवस्थादेखि गुणस्तरसमेतका विषयमा अनुगमन, निरीक्षण तथा निर्देशन हुने गरेको थियो । कोभिड–१९ को महामारीपछि सबै निकाय त्यसतर्फ केन्द्रित हुँदा निर्माणका काम करिब ठप्प भएका छन् । सडक निर्माणले अपेक्षित गति नलिँदा सबैले सास्ती व्यहोर्नुपरेको र आफूहरुले निरन्तर दबाब सिर्जना गरिरहेको कुम्मायक गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङको भनाइ छ ।

सरखण्डे–यासोकसँगै शिलान्यास भएका सिवादोभान–लुम्फाबुङ सडकको भौतिक प्रगति ६५ प्रतिशत तथा फिदिम–फालोट सडकको फिदिम–सल्लेरी खण्डको भौतिक प्रगति ७० प्रतिशत रहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । फिदिम–फालोट सडकको सल्लेरी–विहीदिन खण्ड कालोपत्र भई सहजै सवारी साधन सञ्चालन भइरहेका छन् । दुइतर्फ कालोपत्र भए पनि फिदिम–सल्लेरी खण्ड थपिएको म्यादभित्र समेत निर्माण पूरा हुन कठिन छ । यहाँ पहिरो झर्ने समस्याले पटक–पटक सडक अवरुद्ध भइरहेको छ । सवारी तथा मानवीय चाप निकै न्यून हुने सिवादोभान–लुम्फाबुङ सडक निर्माणले समेत अपेक्षित गति नलिएको स्थानीयवासीको भनाइ छ । 

सरखण्डे–यासोक ११.३१० किलोमिटरको सडक रु ५३ करोड ३३ लाख छ हजार ४८१ लागतमा लामा/च्याङमिला जेभी काठमाडौँले निर्माण गरिरहेको छ । सिवादोभान–लुम्फाबुङ १३.९२१ किलोमिटरको सडक कान्छाराम/याक्थुङहाङ जेभीले रु ७६ करोड २२ लाख ४५ हजार ५८३ लागत निर्माणको जिम्मा लिएको छ । यस्तै १०.११२ किलोमिटरको फिदिम–फालोट सडकको फिदिम–नाङ्गीन खण्ड निर्माणको जिम्मा कन्काइ पिएस जेभीले रु ५२ करोड ६७ लाख ३० हजार ८१३ लागतमा लिएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । तीनवटै आयोजना निर्माण लम्बिँदा यी सडक हुँदै यात्रा गर्नुपर्ने सर्वसाधारणले सास्ती भोग्दै आएका छन् ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy