Ntc summer Offer
Khabar Dabali १६ कार्तिक २०८१ शुक्रबार | 1st November, 2024 Fri
Investment bank

नेपाली सेनाद्वारा राउटे बस्तीमै पुगेर स्वास्थ्य शिविर तथा राहत कार्यक्रम सञ्चालन

खबरडबली संवाददाता

दाङ । “देशको शान्तिसुरक्षामा खटिने हाम्रो उपचारका लागि बस्तीमा आउनुभयो, औषधि दिनुभयो, खानका लागि दाल, चामल दिनुभयो हाम्रा जनता खुशी भएका छन्”, राउटेका मुखिया ४५ वर्षीय सूर्यनाराण शाहीले भने । नेपाली सेनाका १९ नम्बर बाहिनी अड्डा तुलसीपुरका बाहिनीपति सहायक रथी मदनकुमार केसी र सल्यानका प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवि हुमागाई खतिवडासँग आफ्नै बस्तीमा गरिएको स्वास्थ्य शिविर तथा राहत वितरणपश्चात् कुराकानीका क्रममा राउटेका मुखिया शाहीले सो भावना व्यक्त  गरेका हुन् । 

“हामीलाई उपचारका लागि बस्तीमै चिकित्सकसहित औषधि लिएर आउनुभयो, मैले पनि कानको उपचार गराए, तर केहीले उपचार गराउन मानेनन्, मैले सबैलाई भनेको हुँ,  तपाईहरुले दिनुभएको औषधि जनता बिरामी भएका बेला दिन्छु, चामल दाल सबैले बाडेर खान्छौँ”, मुखिया शाहीले शिविरमा पुगेको टोली फर्कंन लाग्दा भने ।

नेपाली सेना १९ नम्बर बाहिनी अड्डाीपुर, जिल्ला प्रशासन कार्यालयान, सवुजगणलगायत विभिन्न सरकारी कार्यालयको संयुक्त आयोजनामा राउटे बस्तीमा   स्वास्थ्य शिविर राखिएकोे हो । पछिल्लो दुई महिनामा राउटे समुदायका चार जना बिरामी भएर निधन भएपछि प्रशासनले शिविरको आयोजना गरेको हो । शिविरमा आफ्नो स्वास्थ्य परीक्षण गराउँदै सुवीन शाहीले आफूलाई केहीसमयदेखि छाती दुख्ने गरेको समस्या चिकित्सकलाई सुनाए । जाँच गराइसकेपछि चिकित्सकले औषधि दिए, खाने तरिका सिकाए र पठाए ।

सुरुमा शिविरमा किन जाँच गराउन मानेनन्त  भन्ने प्रश्नमा उनले अहिले नयाँ रोग आएको छ त्यसैको सुई लगाउन आएकी भन्ने डरले जचाउन गइन भने । “पछि सुई लगाउँदैन औषधि चामल, दाल दिन्छन् भनी थाहा पाएँ अनि जचाएँ”, उनले भने । केही समयअघि राउटेलाई कोरोना महामारीबाट जोगाउन उनीहरुको समुदायका दुई दर्जन बढीको स्वाबको नमूना सङ्कलन गरी परीक्षण गरिएको थियो । सोही कारणले उनीहरु अहिले शिविरमार्फत आफूहरुलाई कोरोनाको खोप लगाउन आएँ भन्ने ठानेर सशङ्कित भएका थिए ।  राउटेका मुखिया उपस्थित भएकाले कोरोना खोप लगाउन नआएको विश्वस्त पारेपछि जाँचमा सहभागी भएका थिए । तर सबैले भने जाँच गर्न मानेन् ।

स्वास्थ्य परीक्षण  गराएका  राउटेमा छातीमा समस्या, हातखुट्टा चिलाउने, घाउँ, खटिरा, कानमा समस्या रहेको पाएको उपचारमा संलग्न चिकित्सकले जानकारी दिए । चिकित्सकले केही राउटे बालबालिकामा कुपोषण, निमोनियालगायतका समस्या हुनसक्ने भनी राउटे बस्तीमा कर्णाली प्रदेश सरकारले खटाएका दुई जना स्वास्थ्यकर्मीलाई त्यसो भएमा उनीहरुको उपचार गर्न तथा आफूहरुले लगेको औषधि उनीहरुलाई वितरण गर्नका लागि उपलब्धसमेत गराएका छन् । नेपाली सेना, जिल्ला अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली स्वास्थ्य परीक्षणमा संलग्न थिए । प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवि हुमागाई खतिवडाले पछिल्लो समयमा राउटेको मृत्युदर बढेको, वर्षात्का समय उनीहरु बसोबास गर्ने ठाउँमा पिउने पानीको राम्रो व्यवस्था नभएको र बस्ने स्थानसमेत  हिलाम्य भएकाले स्वास्थ्यमा समस्या भएको हुनसक्ने भनी आफू यहाँ आएको बताए । 

उनले  राउटेले परम्परागतरुपमा गरी आएका चाडपर्व खानपिन छोड्न नसक्दा उनीहरुमा परिर्वतन हुन नसकेको पनि बताए । राउटेको बस्तीमा पुग्नुभएका सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालसँग राउटे मुखिया शाहीले आफूहरुलाई सरकारले दिँदै आएको भत्ता दशैँअगावै उपलब्ध गराइदिन माग गरेका छन्  । राउटे मुखिया शाहीले सो पैसाबाट दशैँको पूजाका लागि बाख्रा, चामल र लत्ताकपडा किन्नमा खर्च गरिने बताए । उनले अहिले आफूहरु बसेको ठाउँ राम्रो तथा सुरक्षित नभएको र भत्ता बुझेलगत्तै दैलेखको गुराँसे, जाजरकोट, सुर्खेत या दाङको राम्रो ठाउँमा बस्न जानेसमेत बताए । 

कुराकानीका क्रममा सुर्खेत जिल्लाका प्रमुख जिल्ला अधिकारी रिजालले भत्ता उपलब्ध गराउ पहल गर्ने र त्यसका लागि छिटै सुर्खेत बोलाउने राउटेका मुखिया शाहीलाई भने । बाहिनीपति सहायक रथी केसीले राउटेको स्वास्थ्य उपचार र केही राहत प्रदान गर्न आफूहरु चिकित्सक, औषधि र खाद्यान्न सामग्री लिएर यहाँ आएको बताए । राउटेको सीप, परिश्रम तथा मेहनतको सधैँ सम्मान  हुनुपर्ने र यो जातिको संरक्षण तथा परिवर्तनका लागि नयाँ पुस्तालाई शिक्षामा जोड दिने, स्वास्थ्य तथा सरफाइमा ध्यान दिनुपर्ने   उनको धारणा छ ।  

उनीहरुले आफ्ना संस्कार तथा संस्कृतिलाई केही परिर्वतन गरी आफ्ना नयाँ पुस्तालाई शिक्षामा जोड दिनसके राम्रो हुने बताए । सवुज गण सल्यानका गणपति कञ्चन कृष्ण बस्नेतले राउटेको मृत्युदर बढ्न थालेपछि त्यसलाई रोक्न तथा राउटेलाई स्वास्थ्य राख्न संयुक्त शिविरको आयोजना गरेको बताए । 

दाङ र सल्यानको सिमानामा पर्ने कालीमाटीको काल्चेमा बस्दै आएका राउटेलाई लक्षित गरी सोही ठाउँमा शिविर आयोजना गरिएको हो । शुक्रबार राति सात वर्षीया राउटे बालिकाको मृत्यु भएपछि उनीहरु सो ठाउँ छाडेर सल्यान र सुर्खेत जिल्लाको सिमानमा पर्ने सुर्खेतको गुर्वाकोट नगरपालिका– १ मा बस्दै आएका छन् । वर्षाद्को समय त्यसमा पनि भदौरे झरीले गर्दा गत शनिबार गरिएको शिविरको सन्दर्भमा उनीहरुको बस्तीमा पुग्दा निकै कष्टकर जीवनयापन देखिन्थ्यो । भर्खरै बसाइँ सरेर   आएको ठाउँ भएका कारण केही राउटे आफ्ना पालले छाएका घरभित्र जमिन मिलाउन व्यस्त दखिन्थे । राउटे महिला भने भाँडाकँुडा मिलाउन, सरसफाइ गर्न, चुलो मिलाउने काममा जुटेका थिए । कूल ४६ घरपरिवार रहेका राउटेको कूल सङ्ख्या १४२ छ । कुनै पनि परिवारको एक जना सदस्यको मृत्यु भएपछि उनीहरु सो ठाउँमा छाडेर अन्यन्त्र बसाइँसराइ गरी जाने गर्दछन् । लोपोन्मुख जातिका रुपमा चिनिने राउटेलाई जीवनयापनका लागि प्रदेश सरकारले रु दुई हजार र सङ्घीय सरकारले रु तीन हजार गरी मासिक रु पाँच भत्ता प्रदान गरिदै आएको छ । 

नेपाली सेना १९ नम्बर बाहिनी अड्डा तुलसीपुर र नेपाली सेनाको सवुज गण सल्यानले राउटे बस्तीमा गरिएको स्वास्थ्य शिविरमा उनीहरुलाई खाद्यान्न वितरण गरिएको छ । सहायक रथी केसी र सवुजगणका गणपति प्रमुख सेनानी कञ्चनकृष्ण बस्नेतले राउटेका मुखिया सूर्यनारायण शाहीलाई समुदायमा खाद्यान्न वितरणका लागि सामग्री  हस्तान्तरण गर्नुभएको हो । सेनाले एक हजार केजी चामल, ३०० केजी दाल, २०० केजी चिउरा, ५० केजी नुन, गेडागुडी, बिस्कुट, साबुनलगायतका खाद्य सामग्री प्रदान गरेको हो । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy