Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

पवित्र तीर्थस्थल गोसाइँकुण्ड मेला सम्पन्न

रासस

रसुवा । पवित्र तीर्थस्थल गोसाइँकुण्डको मेला सम्पन्न भएको छ । जनै पूर्णिमा पर्वका अवसरमा स्नान र पूजाआरधना गर्न निलाद्री पर्वत पुगेका सबै भक्तजन अहिले अ–आफ्नो गन्तव्यतर्फ लागिसकेका छन् । तीर्थ गर्न आएका तीन यात्रु बिरामी परेकाले उनीहरूलाई उद्धार गरीे जिल्ला अस्पताल पुर्‍याइएको र बिरामीको अवस्था सामान्य रहेको जिल्ला प्रहरी प्रमुख देवेन्द्र पाण्डेले जानकारी दिए । 

 
बिरामीको उद्धारका लागि नेपाल प्रहरी तथा नेपाली सेना परिचालन गरिएको थियो । औपचारिकरूपमा मेला स्थगन गरिए पनि नागपञ्चमीदेखि जनैपूणिर्माको दिनसम्म अनौपचारिकरूपले तीन हजार ५०० भक्तजन गोसाइँकुण्ड पुगेको प्रहरीको अनुमान छ ।विशेष मेला समापन भएको बताउँदै गोसाइँकुण्ड क्षेत्र विकास समितिका संरक्षक एवं प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालले अनौपचारिक रूपमा आएका सबै यात्रुलाई सुरक्षाका लागि मास्क लगाउन र सामाजिक दूरी कायम गर्न लगाइएको जानकारी दिए  ।

मेला भर्न नुवाकोट, काठमाडौँ, भक्तपुर, ललितपुर, धादिङ, मकावनपुर , कैलाली, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, नवलपरासी, अर्धाखाँची, कास्की, चितवान, महोत्तरीलगायत जिल्लाका  भक्तजन त्यहाँ पुगेका थिए । पर्यटकका रूपमा विदेशीसमेत पुगेकोे स्थानीय व्यवसायीले बताए ।

पूर्णिमाका दिन  हिन्दूका साथै बुद्वमार्गीले पनि  गोसाइँकुण्डमा स्नान र पूजाआरधना  गर्ने गर्दछन् । 

गङ्गा दशहरा तथा जनैपूर्णिमाका अवसरमा मात्रै  बर्सेनि २० हजार भन्दाबढी भक्तजन पुग्ने यस तीर्थमा कोभिड –१९ को सङ्क्रमणका कारण गत वर्षदेखि औपचारिकरूपमा मेला बन्द गरिएकाले भक्तजनको चहलपहल हुन नसकेको स्थानीय होटल व्यवसायी पासाङ्ग्युर्मी तामाङले बताउनुभयो ।मेला स्थगन गरिए पनि आन्तरिकरूपमा भक्तजन तीर्थमा पुगेका थिए । यात्रु आउँदैनन् भन्ने सोचमा रहेका होटल व्यवसायीलाई एक्कासि यात्रुको चाप बढेकाले खानाको   व्यवस्था मिलाउन हम्मेहम्मे परेको चन्दनबारीका होटल व्यवसायी सुब्बा लामाले बताए ।

यात्रुको चापबढेसँगै थोरै मात्र खोलिएका लजले थेक्न नसकेकाले स्थानीयबासिन्दाले ठाउँठाउँमा टेण्ट राखी तत्काल बासस्थानको व्यवस्था मिलाएका तीर्थयात्री  शिवराम न्यौपानेले बताए । 
 
हिमाली क्षेत्रमा तत्काल बासको व्यवस्थाले ठूलो सहयोग मिलेको केही तीर्थयात्रीको भनाइ थियो । अर्धाखाँचीको मालारानी गाउँपालिका–७ को हङ्सपुरबाट आउनुभएका दीपक खनालले भने, “धार्मिक मार्गमा  खानपिन र बसोबासको शुल्क ज्यादै महगो  भएकोले आगामी दिन ध्यान पुर्‍याउन जरूरी छ । ”

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending