Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

पाँचथरमा ११ वटा झोलुङ्गे पुलको निर्माण सम्पन्न

रासस

पाँचथर । गत आर्थिक वर्षमा पाँचथरमा ११ वटा झोलुङ्गे पुल निर्माण भएको छ ।  

पूर्वाधार विकास कार्यालय पाँचथरले आर्थिक वर्ष २०७७/७८ मा ११ वटा झोलुङ्गे पुल निर्माण गरेको हो । तीमध्ये दुईवटा पुलले पाँचथर र ताप्लेजुङ जिल्लालाई जोडेका छन् । बाँकी नौमध्ये पाँचथरमा छ तथा ताप्लेजुङमा तीन पुलको निर्माण सम्पन्न भएको पूर्वाधार विकास कार्यालय पाँचथरले जनाएको छ । 

दुई जिल्ला जोड्न ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–१ सिलसिले र पाँचथरको याङवरक गाउँपालिका–२ ओखल्लीवारी जोड्ने ८३ मिटरको इवाखोला र त्यही वडा जोड्ने ११९ मिटरको अर्को इवाखोला झोलुङ्गे पुल निर्माण सम्पन्न भएको हो । कार्यालयका अनुसार ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा १२० मिटरको तमोर नदीमा झोलुङ्गे पुल फूलबारी आमबोटे, मैवाखोला गाउँपालिका–६ थुकिम्बा र मेरिङदेन गाउँपालिका–१ पाङ्लाबुङ जोड्ने ११५ मिटरको मैवाखोला झोलुङ्गे पुल र फक्ताङलुङ गाउँपालिकाको वडा नं ५ र ६ लाई जोड्ने १२० मिटरको पुल निर्माण सम्पन्न भएको छ । 

यसैगरी पाँचथरतर्फ फिदिम नगरपालिका–११ र १३ लाई जोड्ने ७३ मिटरको पञ्चमी झोलुङ्गे पुल, फिदिमकै वडा नं ८ र १३ लाई जोड्ने ९६ मिटरको बोझेगरा–टिम्मुरे झोलुङ्गे पुल, फिदिमकै वडा नं १४ मा १२० मिटरको बाँस्बोटे शीतलपाटी झोलुङ्गे पुल, फालेलुङ गाउँपालिका–३ मा ८१ मिटरको खेवा थानखोला पोक्नवा झोलुङ्गे पुल र मिक्लाजुङ गाउँपालिका–५ कुरुम्बामा ९३ मिटरको सेङ्गेवा खोला झोलुङ्गे पुल निर्माण सम्पन्न भएका छन् ।

यी ११ वटै पुल निर्माणका लागि रु तीन करोड ८९ लाख १७ हजार बजेट विनियोजन भएकामा रु तीन करोड ७३ लाख ४५ हजार रकम खर्च भएको पूर्वाधार विकास कार्यालय पाँचथरले जनाएको छ । कार्यालयका अनुसार झोलुङ्गे पुल निर्माणमा शतप्रतिशत भौतिक प्रगति भएको छ भने ९५.९६ प्रतिशत वित्तीय प्रगति भएको छ । 

मानिसको नियमित आवतजावत हुने क्षेत्रका खोला तथा खोल्सीमा झोलुङ्गे पुल नहुँदा विशेषत: बर्खायाममा सर्वसाधारणले समस्या झेल्ने गरेका थिए । पाँचथरमा एक समय सिरिजङ्घा ग्रामीण विकास केन्द्रले तत्कालीन जिल्ला विकास समितिको कार्यालयसहितका निकायको सहयोगमा झोलुङ्गे पुल निर्माणको अगुवाइ गरी सयौँ स्थानमा झोलुङ्गे पुल निर्माण गरेको थियो ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy