Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

म्याग्दीका पुल निर्माणमा ढिलासुस्ती

रासस

म्याग्दी ।  कार्यतालिकाअनुसार काम भएको भए यहाँको अन्नपूर्ण गाउँपालिका–५ र ६ नं वडाको सिमाना घारखोलामा एक महिनाअघि नै मोटर चल्ने पुल निर्माण सकिएर गाडी गुडेका हुन्थे ।

राष्ट्रिय पुन:निर्माण प्राधिकरणमार्फत २०७८ साउन २४ गते सम्पन्न गर्ने लक्ष्यसहित विसं २०७६ माघ १७ गते रु दुई करोड ८१ लाख ७८ हजार ६४६ मा फेवा–बिएम जेभीले ठेक्का लिएको २५ मिटर लामो पुलको हालसम्म २२ प्रतिशत भौतिक प्रगति भएको छ ।

परामर्शदाताले गरेको गलत डिजाइनका कारण सम्झौता गरेको करिब एक वर्षपछि सुरु भएको एक पिलर ठडिएको पुल निर्माण बाढी आएपछि गत असार महिनादेखि रोकिएको छ । निर्माण व्यवसायी विमलेश आचार्यले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) र पुल निर्माण गर्ने ठाउँको भूगोल तथा दूरी नमिलेपछि पुल निर्माणमा ढिलाइ भएको बताए ।

“परामर्शदाता कम्पनी ग्रिड कन्सल्टेन्सीले २० मिटर लामो पुलको डिपिआर बनाएको रहेछ”, उनले भने, “सोही डिपिआरका आधारमा भएको ठेक्काअनुसार काम गर्न नसकेपछि संशोधन गर्दा एक वर्ष ढिलाइ भएको हो ।” घारखोलामा पुल नहुँदा २०० घरधुरीको बसोबास भएको चार वर्षअघि सडक पुगेको पाउद्धार गाउँ बर्खामा यातायात सम्पर्कविच्छेद हुन्छ ।

बेनी–दरबाङ सडकअन्तर्गत दुखुखोलामा २२ मिटर लामो मोटरेबल पुल निर्माण गर्न नौ वर्ष लाग्यो । तत्कालीन जिविसअन्तर्गत सञ्चालित विकेन्द्रित ग्रामीण पूर्वाधार निर्माण तथा जीविकोपार्जन सुधार कार्यक्रम (ड्रिलीप)मार्फत २०६७ मा सुरु भएको सो पुलको ढाँचा असफल बनेको थियो ।

पुरानो ठेक्का रद्द गरेर पुन:सर्वेक्षण गराई २०७३ मा अर्को ठेक्का सम्झौता भएको सो योजना सङ्घीयतासँगै प्रदेश सरकारको पूर्धाधार विकास कार्यालयलाई हस्तान्तरण भएको थियो । विसं २०७४ कात्तिकमा सम्पन्न गर्ने लक्ष्यसहित रु दुई करोड २५ लाख ६० हजार ८२३ मा ठेक्का लिएको स्वच्छन्द–गौचन जेभीले २०७६ माघमा निर्माण सकेको थियो ।

अन्नपूर्ण गाउँपालिका–५ को स्वाँताखोलामा रु दुई करोडभन्दा बढी खर्चेर दुई वर्षअघि निर्माण भएको ३० मिटर लामो आर्क प्रविधिको मोटरेबल पुल पुग्ने पहुँचमार्ग नै नभएपछि प्रयोगविहीन बनेको छ । शिखबाट स्वाँत, किन्दु जोड्ने सडकअन्तर्गतको मोटरेबल पुलमा शिखतर्फबाट जोडिने करिब २०० मिटर पहुँचमार्ग जगदेखि नै पहिराले बगाएको लोकबहादुर पुर्जाले बताए ।

बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत निर्माणाधीन जिल्ला अन्नपूर्ण–३ स्थित रुप्से र मुस्ताङको खहरेखोलाको मोटरेबल पुल अलपत्र बनेका छन् । आयोजनाका इञ्जीनियर आश्विनीकुमार यादवले निर्माणका क्रममा रहेका पुलका संरचनामा बाढीले तहसनहस बनाएपछि डिजाइन परिवर्तन गरेर दूरी बढाएर नयाँ प्रक्रियाबाट बनाउन पुरानो ठेक्का तोड्ने प्रक्रियामा रहेको बताए ।

“४० मिटर लम्बाइ भएको रुप्सेखोलाको पुलको दुईतर्फ पिलर उठाएर ६६ प्रतिशत र ढलान गर्ने अवस्थामा रहेको ८५ प्रतिशत प्रगति भएको खहरेखोलाको पुलको जग नै खलबल्याउने गरी बाढीले बगाएपछि स्पाम (लम्बाइ) बढाउन लागिएको छ”, उनले भने, “भूगोल र प्राकृतिक विपद्का कारण डिजाइन संशोधन, पुरानो ठेक्का तोडेर नयाँ ठेक्का प्रक्रिया सुरु गर्नुपर्ने भएको हो ।”

मालिका गाउँपालिका–५ र धवलागिरि गाउँपालिका–७ को सिमाना फेदीस्थित दाङखोलामा १८ मिटर लामो मोटरेबल पुल बनाउन पूर्वाधार विकास कार्यालय म्याग्दीले विसं २०७६ साउनमा रु एक करोड ९३ लाखमा इन्द्रेणी–फेवा जेभीसँग ठेक्का सम्झौता गरेको थियो । अठार महिनामा सकिनुपर्ने पुल निर्माणस्थल दरबाङ म्याग्दीखोला जलविद्युत आयोजनाको बाँधको डुबान क्षेत्रमा पर्ने भएपछि रोकियो ।

सम्झौता हुँदाको वर्ष दरबाङ म्याग्दीखोला जलविद्युत् आयोजनाको बाँधको डुबान क्षेत्र पर्ने भएकाले रोकिएको दाङखोलाको मोटरेबल पुल निर्माणस्थलमा २०७७ बर्खाको बाढीले क्षति पुर्‍याएपछि रिडिजाइन गरी भेरिएशन अर्डर तयार गरी २५ मिटरको पुल निर्माण सुरु गर्ने तयारी भएको पूर्वाधार विकास कार्यालयका प्रमुख नवराज पौडेलले जानकारी दिए  ।

सडक डिभिजन कार्यालय बागलुङले रघुगङ्गा गाउँपालिका–२ र अन्नपूर्ण –७ को सिमानास्थित बैसरीमा विसं २०७१ मा ठेक्कामार्फत कालीगण्डकी नदीमा मोटरेबल पुल निर्माण सुरु गरेको थियो । विसं २०७२ जेठमा राम्चेको पहिराले बैसरीमा कालीगण्डकी थुनिएर पुलको निर्माणाधीन पिलर डुबानमा परेपछि रोकिएको निर्माणको काम अझै सञ्चालन भएको छैन । बैसरीमा मोटरेबल पुल नहुँदा अन्नपूर्ण गाउँपालिकाको हिस्तान र राम्चेका दुईवटा वडाका बासिन्दा सदरमुकाम बेनी आवतजावत गर्न जोखिमयुक्त सडकमा घुमाउरो यात्रा गर्न बाध्य भएका अन्नपूर्ण–७ का वडाध्यक्ष गमप्रसाद फगामीले बताए ।

सो कार्यालयसँग अहिले सो पुल निर्माणसम्बन्धी  अभिलेख छैन । कार्यालयका सूचना अधिकारी मुकुन्द लामिछानेले पहिराले पुरिएपछि ठेक्का रद्द वा निर्माण गराउन कुनै पनि प्रक्रिया अघि नबढेको बताए । “त्यतिबेलाको अभिलेख अहिले हामीसँग पनि छैन”, उनले भने, “त्यो पुल बनाउने हो भने ठेक्का सम्झौता र डिजाइन संशोधन गर्नुपर्छ ।”

भूगोलअनुसारको डिजाइन नहुँदा म्याग्दीका विकास आयोजना अलपत्र पर्ने र ढिलासुस्ती हुने समस्या देखिएको छ । घारखोला, दुखुखोला, स्वाँताखोला, रुप्से, खहरेखोला, दाङखोला र बैसरीको कालीगण्डकीको मोटरेबल पुल निर्माण ढिलाइ हुनु र अलपत्र पर्नुमा सम्बद्ध कार्यालय र निर्माण व्यवसायी मात्र नभएर हचुवामा डिजाइन बनाउने परामर्शदाताको लापरवाही पनि कारण हो ।

“प्राविधिक र भौगोलिक अवस्थतिको तालमेल नमिल्दा केही मोटरेबल पुल आयोजना अलपत्र परेका छन्”, जिसस म्याग्दीका प्रमुख देवेन्द्रबहादुर कटुवालले भने, “सम्बन्धित आयोजना र कार्यलयमार्फत रोकिएका र अलपत्र परेका पुलहरुको समस्या पहिचान तथा समाधान गरी निर्माण प्रक्रिया अघि बढाउन ताकेता गरिरहेका छौँ ।”

पूर्वाधार विकास कार्यालयका प्रमुख पौडेलले पछिल्लोपटक सार्वजनिक खरिद ऐन संशोधन भएपछि डिजाइनमा लापरवाही गर्ने परामर्शदातालाई कानुनी दायरामा ल्याएर कारबाही गर्ने बाटो खुलेको बताए । यसअघि कानुन अभावमा लापरवाही गर्ने परामर्शदाता उम्कने गरेका थिए । पछिल्लो समय अनुमानभन्दा बढी पानी पर्ने र बाढी आउन थालेकाले पुलको उचाइ बढाउनुपर्ने देखिएको उनको अनुभव छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy