Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

‘समुन्नत पर्यटकीय पोखरा’ का लागि योजना

रासस
पोखरा । पोखरा महानगरपालिकाले समुन्नत पर्यटकीय पोखरा नारासहित  त्रिवर्षीय आवधिक योजनामा पर्यटनलाई प्राथमिकतामा राखेको छ । पर्यटकीय हिसाबले निकै महत्व राख्ने पोखरालाई दिगो र द्रुत विकासका लागि दूरदृष्टिका साथ तयार गरिएको योजनामा समाजवादको आधारशीला निर्माणको प्रयास गरिएको छ । 
  
महानगरपालिकालाई पर्यटन केन्द्रका रुपमा विकास गर्न पर्यटन नीति तथा आचारसंहिता तर्जुमा गरी कार्यान्वयन गरिने कुरामा जोड दिँदै विकासका प्राथमिकताका क्षेत्र तथा नीतिमा साहित्य, कला संस्कृति, पर्यटन प्रवद्र्धन तथा उद्यम विकासलाई राखिएको छ । महानगरभित्रका सबै भाषाभाषी तथा कला, संस्कृति, साहित्य, धर्म तथा सांस्कृतिक धरोहरको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्न नेतृत्वदायी भूमिका खेल्ने उल्लेख छ । 
 
सांस्कृतिक तथा पर्यटनको लक्ष्यमा बदलिँदो परिवेशमा पर्यटन व्यवसायलाई नयाँ तरिकाले विकसित गरी पोखरालाई ज्ञानविज्ञान, ध्यान, संस्कृति, मनोरञ्जनसहितको आधुनिक पर्यटनको गन्तव्यस्थलका रुपमा विकास गरी विश्व मानचित्रमा पर्यटन केन्द्रका रुपमा विकास गर्ने जनाइएको छ ।
 
त्रिवर्षीय आवधिक योजनाले जनताको सहभागितामा समग्र महानगरपालिकाको आमूल रुपान्तरण गरेर नेपालको संविधानले परिकल्पना गरेअनुसारको  समाजवाद उन्मुख समाजको निर्माण गर्ने लक्ष्य लिएको पोखरा महानगर सहरी योजना आयोगका उपाध्यक्ष डा रामचन्द्र लामिछानेले जानकारी दिए । 
 
उनका अनुसार आवधिक योजनाको लक्ष्यमा नीला ताल, समृद्ध संस्कृति, सुरक्षित सहर, वैज्ञानिक दृष्टिकोण, उत्थानशील तथा समावेशी भौतिक पूर्वाधारमा जोड दिइएको छ । आयोगले तयार गरेको आवधिक योजनामा ३५ योजनाका विषय र त्यसका विषयग क्षेत्रलाई समेटिएको छ । 
 
यसको उद्देश्यमा पर्यटनको लागि आवश्यक विधि, विधान र पूर्वाधार संरचनाको विकास एवं विस्तार गर्ने पोखरालाई विश्व पर्यटन गन्तव्यको केन्द्रका रुपमा विकास गरी आर्कषक रोजगारी तथा आयआर्जनका अवसर विस्तार गर्ने रहेको छ ।  त्यसैगरी महानगरपालिकामा पर्यटन महाशाखा र पर्यटन परिषदको स्थापना गर्ने, महानगरपालिकाको सम्भावनालाई प्रष्फुटन गर्न पर्यटन गुरुयोजना तयार गर्ने, पर्यटन व्यवसायीलाई सङ्गठित गरी पर्यटन व्यवसायी, महानगरपालिका, सहकारी र नागरिकको सहभागितामा वित्तीय संस्थाको स्थापना गरी पर्यटन व्यवसायको प्रवद्र्धन गर्ने, नयाँनयाँ पर्यटन गन्तव्य र पर्यटन उत्पादनको विकास गर्न सम्भावित सूची तयार गरी विस्तृत परियोजना तयार गर्ने, सङ्घ, प्रदेश, गैसस, निजी क्षेत्र, अन्तर्राष्ट्रिय सङ्घ संस्थासँग साझेदारी गरी सम्भावित पर्यटन गन्तव्य र उत्पादनका लागि आवश्यक पर्ने पूर्वाधार तथा संरचना तयार गर्ने उक्त त्रिवर्षीय योजनामा उल्लेख छ । 
 
त्यसैगरी पर्यटन शक्तिको विकास गर्न र पर्यटन व्यवसायका लागि आवश्यक पर्ने जनशक्तिको नियमित रुपमा सीप, क्षमता तथा दक्षता विकास गर्ने संयन्त्र तयार गर्ने,  महानगरपालिका र विदेशी तथा स्वदेशी महानगरपालिका एवं नगरपालिकासँग भागिनी सम्बन्ध स्थापना गर्ने, पोखरामा अन्तर्राष्ट्रियसभा सम्मेलन गर्न विभिन्न सरोकारवालासँग सहकार्य गर्ने रणनीति रहेको योजनामा उल्लेख छ  ।
 
योजनाको कार्यक्रम कार्यविधि तथा क्रियाकलापलाई पनि विषयगत रुपमा समेत खुलाइएको छ  । 
 
महानगरपालिकाको विस्तृत पर्यटन परियोजना तयार गरी दक्षिण एशियाको विशेष पर्यटकीयस्थलका रुपमा विकास गर्ने, घरबस्तीको सौन्दर्यकरण गर्ने, बाटाको दाँयाबाँया बिरुवा रोप्न, खोलाको किनारामा बाँस एवं वृक्षरोपण, सार्वजनिक शौचालय आदिको व्यवस्थापन गर्ने, उद्यम तथा उद्यमशीलता विकासका लागि आवश्यक नीति तथा स्रोतको व्यवस्था गर्ने वातावरण निर्माण गरिने,  महानगरपालिकाभित्रका कला, साहित्य तथा संस्कृतिको प्रवद्र्धन गरेर व्यावसायिक विकासका लागि समूह गठन गरी परिचालन गर्ने योजनामा छ । 
 
नागरिक र महानगरपालिकाको संयुक्त सहभागितामा सहकारी, लघुवित्त, पोखरा पूर्वाधार विकास निगम तथा पब्लिक लिमिटेड कम्पनीमार्फत पूँजी निर्माण गरी नागरिकको सीप, दक्षता तथा साङ्गठनिक सवलीकरण एवं आधारभूत भौतिक पूर्वाधारको निर्माण गरी श्रममा आधारित अर्थतन्त्रलाई ज्ञानमा आधारित अर्थतन्त्रमा रुपान्तरण गरी उद्यम व्यवसाय तथा कृषि, पशु, वनलगायतका सबै खाले उत्पादनलाई आधुनिकरण गरेर उद्यमशीलता विकास तथा बजार सुनिश्चितामार्फत वातावरणमैत्री आर्थिक, सामाजिक तथा सांस्कृति रुपमा समृद्ध महानगरपालिका बनाउने लक्ष्य राखिएको छ । 
 
महानगरपालिकावासीमा समर्पित सो गुरुयोजना तयार गर्न विविध पक्षमा सहयोगको अपेक्षा गरिएको महानगरका उपप्रम्ख एवं योजना सहजीकरण समितिका संयोजक मञ्जुदेवी गुरुङले जानकारी दिए । उनले नेपालको संविधान २०७२ तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को अधिनमा रही महानगरपालिकाको दिगो र द्रुत विकासका लागि यो नै विकासको पहिलो मार्गचित्र भएको बताए । 
 
सङ्घीय सरकारको १५औँ पञ्चवर्षीय योजना, गण्डकी प्रदेश सरकारको प्रथम पञ्चवर्षीय योजना (२०७७/७७ देखि २०८०/८१) सम्मका उद्देश्यलाई दृष्ट्रिगत गरी  पर्यटन, कृषि, ऊर्जा, उद्योग, पूर्वाधार र मावन संशेधन विकासका माध्यमबाट समतामूलक तथा फराकिलो उच्च आर्थिक वृद्धि हासिल गरी समृद्ध प्रदेशको आधारशिला निर्माण गर्नु रहेको महानगरका प्रमुख प्रशासकीय अधिकृत महेश बरालले बताए । 
Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy