बैतडी । अधिकांश खसी, बाख्रापालक किसानले परम्परागत प्रजातीको बाख्रा खसीको नश्ल सुधार गरेर विकास गर्दै खसीबाख्रापालनबाट बढी आर्थिक आम्दानी लिन अहिले घरघरमा उच्च प्रजातिको बोयर बोकापालन कार्यलाई बढाउँदै लगेका छन् । परम्परागत रुपमा हाम्रा गाउँघरमा पालिने गरेका खसी, बोका बाख्राबाट धेरै आम्दानी नहुने र आधुनिक बोयर बोकाको प्रयोगले नश्ल सुधार आउने तथा परम्परागत बाख्राले जन्माउने पाठापाठीबाट खसी, बोका वृद्धि भई धेरै मासु उत्पादन गर्न र आर्थिक आम्दानी लिन सकिने हुनाले पनि अहिले जिल्लामा बोयर बोकापालन तीव्र रुपमा वृद्धि हुँदै गएको छ ।
विसं २०६८ मा जिल्लामा पहिलो पटक बेलका नगरपालिकामा अष्टे«लियाबाट एक जोडी बोयर बोका भित्र्याइएको र त्यसपछिका दिनमा प्राय: किसानका लागि नेपालको चितवन, बाँके, बर्दिया र भारतको हरियाणा, पञ्जाबबाट समेत धेरै बोयर बोका खरिद गरेर ल्याइएको नगर प्रमुख दुर्गाकुमार थापाले बताए ।
अहिले सो नगरपालिकाका अधिकांश किसानले घरघरमा नै बोयर बोका उत्पादन गर्न थालेपछि अधिकांश किसानका घरमा एक भन्दा बढी बोयर बोकापालन हुनथालेको जनाइएको छ । चौदण्डी गढी नगरपालिकामा पनि तीन वर्षदेखि व्यवसायीक रुपमा बाख्रा खसीपालक किसानले बोकापालन गर्ने र प्रयोग गर्ने कार्य बढाउँदै लगेको चौदण्डी गढी–९ हँडियाका एक किसान बिर्खबहादुर खड्काले बताए ।
नगर प्रमुख खगेन्द्रकुमार राईका अनुसार नगरपालिकाले मात्र किसानलाई चार दर्जन भन्दा बढी बोयर बोका नि:शुल्क वितरण गरेको र धेरै किसानले आफैले पनि उत्पादन गरेको हुनाले नगरभित्र सयौंको सङ्ख्या बोयर बोका उत्पादन भइसकेका छन् ।
जिल्लाको पहाडी क्षेत्रका पालिकामा पनि गत वर्षदेखि रौतामाई गाउँपालिका, उदयपुर गढी गाउँपालिकामा सुरु भएको रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्र खड्काले बताए । बोयर बोका पाल्नुपर्ने कारण, प्रयोगको फाइदाबारे बेलका– २ तपेश्वरीका किसान प्रकाश कार्कीले भने, “अन्य हाम्रा गाउँघरमा पालिने परम्परागत लोकल बोका र बाख्राबाट उत्पादन हुने पाठापाठी बढेपछि कम्तीमा बीसदेखि बढीमा ४० किलोसम्म मात्र मासु उत्पादन हुन्छ, तर बोयर बोका प्रयोगबाट उत्पादन भएका पाठापाठी बढेपछि कम्तीमा ६० देखि ९० किलोभन्दा बढी मासु उत्पादन हुन्छ, यसर्थ परम्परागत बाख्रा खसीपालनबाट भन्दा बोयर बोकापालन र प्रयोगबाट दोब्बर बढी आम्दानी हुने हुनाले बोयर बोका पालनबाट बढी फाइदा छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: