Ntc summer Offer
Khabar Dabali २ कार्तिक २०८१ शुक्रबार | 18th October, 2024 Fri
Investment bank

गिद्धको सङ्ख्या बढ्न थालेपछि संरक्षणकर्मी उत्साहित

रासस

कञ्चनपुर । प्रकृतिका कुचिकारका रूपमा रहेका गिद्धको सङ्ख्या बढ्न थालेपछि संरक्षणकर्मी निकै उत्साहित भएका छन् । संरक्षण र जनचेतनाको प्रभावका कारण जिल्लामा लोपोन्मुख अवस्थामा पुगेका गिद्धको सङ्ख्या उल्लेखरूपमा वृद्धि भएको छ । सन् २०१० मा यहाँ एकमात्रै गुँड फेला परेकामा हाल गिद्धका ५० गुँड फेला परेका छन् ।

“गुँड बढी देखिनुलाई सकारात्मकरूपमा लिन सकिन्छ”, नेपाल पक्षी संरक्षण सङ्घका संरक्षणकर्मी हिरुलाल चौधरीले भने, “नाटकीयरूपमा ९० प्रतिशत बढीले दुई दशकअघि कमी आएको गिद्धको सङ्ख्यामा वृद्धि हुन थालेपछि निकै उत्साहित भएका छौँ ।” पाँचदेखि १० को सङ्ख्यामा रहेका गिद्धको सङ्ख्या बढेर हाल २०० बढीको हाराहारी पुगेका छन् ।

चौपायाको दुखाई कम गर्न प्रयोग गरिने डाइक्लोफेनेक औषधिको प्रयोगमा लागेको प्रतिबन्धले गिद्धको सङ्ख्यामा बढोत्तरी भएको बताइएको छ । डाइक्लोफेनेक औषधिको प्रयोगपश्चात मरेका चौपायाको मासु गिद्धले खाँदा गिद्ध हृदयघात भई मर्ने गरेका थिए । नेपालसहित बङ्गलादेश, भारत र पाकिस्तानमा गरिएको अध्ययनअनुसार गिद्धको सङ्ख्यामा ह्रास आउनाको मुख्य कारण पशुको उपचारमा प्रयोग गरिने डाइक्लोफेनेक औषधि भएको पुष्टि भएपछि यसको प्रयोगमा प्रतिबन्ध लगाइएको हो ।

“गिद्धलाई डाइक्लोफेनेक औषधि प्रयोग गरिएको आहारबाट रोक्नु निकै चुनौती थियो”, संरक्षणकर्मी उनले भने, “डाइक्लोफेनेक औषधिको प्रयोगमा पूर्णरूपमा प्रतिबन्ध लगाउनका लागि निकै प्रयास भए, त्यसको परिणमस्वरुप औषधिमा प्रतिबन्ध लागेपछि गिद्ध संरक्षणमा टेवा पुगेको छ ।” डाइक्लोफेनेक औषधिको विकल्पका रूपमा हाल गिद्धलाई असर नपुग्ने अरु औषधिको प्रयोग हुन थालेको छ ।

गिद्धको बासस्थानमा सुधारसँगै वातावरणमा पार्ने प्रभावलाई न्यूनीकरण गर्नेबारे जनचेतना फैलाउने कार्य र गिद्धले गुँड बनाउने रुखहरुको संरक्षणमा जोड दिइएपछि गिद्धलाई पुरानै अवस्थामा फर्काउने कार्य सन्तोषजनकरूपमा अगाडि बढदै आएको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको घाँसेमैदान, झिलमिला, तारापुर, भतपुरी फाँटा, बर्निखेडा, लालपानी क्षेत्रमा गिद्धको बासस्थान रहेको छ । निकुञ्जसँगै त्यसको मध्यवर्ती क्षेत्रका रूपमा रहेका दोधारा चाँदनी, बन्साहा र लालझाडी क्षेत्रमा समेत गिद्धले गुँड लगाउने गरेको छ । 

निकुञ्जका सूचना अधिकारी रविन चौधरीका अनुसार नेपालमा पाइने नौ प्रजातिका गिद्धमध्ये यहाँ सात प्रजातिका गिद्ध पाइने गरेका छन् । जसमा डङ्गर, हिमाली, सानो खैरो, सुन, खैरो, राज र गोब्रे गिद्धका प्रजाति पाइने गरेका छन् ।

“सबैभन्दा बढी डङ्गर गिद्धको सङ्ख्या देखापरेको छ”, उहाँले भन्नुभयो, “त्यसपछि सुनगिद्ध र सानो खैरो गिद्धको सङ्ख्या देखिएको छ, अन्यको सङ्ख्या धेरै कम छ, लामो ठुडे र खैरो गिद्ध जाडो मौसममा मात्रै देखापर्ने गरेको छ, ती दुई प्रजातिका गिद्ध बाह्य क्षेत्रबाट ‘माइग्रेट’ भएर यहाँ आइपुग्ने गरेका छन् ।”

निकुञ्जमा पाइने गिद्धका प्रजातिमध्ये चार प्रजातिलाई निकै दुर्लभ मानिएको छ । गिद्धको प्रजननदर बढ्दै गएकाले त्यसलाई सकारात्मकरूपमा लिन सकिने चौधरीले बताउनुभयो । कैलालीको खुटिया, अत्तरिया, बेली, पटेलालगायतका क्षेत्रमा गिद्ध पाइने गरेका छन् । गिद्ध संरक्षणकर्मीका अनुसार कैलालीमा गिद्धको सङ्ख्या १५० को हाराहारीमा छन् । सुदूरपश्चिमका पहाडी क्षेत्रमा पाइने सुनगिद्ध र राजगिद्ध जोगाउनका लागिसमेत निकै चुनौती छ । 

मुख्य समस्याका रूपमा आगलागी रहेको छ । गिद्धले लगाएका गुँड प्रतिवर्ष आगलागीका कारण जल्ने गरेका छन् । त्यसबाट गिद्धको सङ्ख्यामा निकै गिरावट आएको छ । आगलागी नियन्त्रण गर्न सकिएमात्रै गिद्धलाई लोप हुनबाट जोगाउन सकिने संरक्षणकर्मीको भनाइ छ ।

गिद्ध मांसहारी चरा भए पनि त्यसले आफैँ शिकार भने गर्दैन । मरेका पशु गिद्धको मुख्य आहाराका रूपमा रहेको छ । वातावरण सन्तुलन गर्नमा गिद्धको महत्वपूर्ण भूमिका रहेको छ । आहाराका लागि गिद्ध टाढा–टाढासम्म उड्ने गर्दछ । विश्वमा गिद्धका २३ प्रजाति पाइने गरेका छन् । 

गिद्ध दिवस मनाइँदै

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आज अन्तर्राष्ट्रिय सचेतना गिद्ध दिवस मनाइँदै छ । प्रत्येक वर्षको सेप्टेम्बर ३ तारिखका दिन दिवस मनाइने गरिएको छ । निकुञ्ज कार्यालय, नेपाली सेना, एनटिएनसी, मध्यवर्ती समितिलगायतको सहभागितमा गिद्ध जोगाउनका लागि जनचेतना फैलाउनेजस्ता कार्यक्रम आयोजना गरिएको निकुञ्जका सूचना अधिकारी चौधरीले बताए ।

उनका अनुसार गिद्ध पाइने ठाउँ पत्ता लगाई सङ्ख्या यकिन गर्ने र गुँड पत्ता लगाउने कार्यसमेत अगाडि बढाइएको छ । वाइनाकुलरको सहायताले हेड काउन्टका आधारमा सङ्ख्या पत्ता लगाइने उहाँले बताउनुभयो । त्यसका लागि निकुञ्ज र मध्यवर्ती क्षेत्रमा टोली परिचालन गरिएको छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy