Ntc summer Offer
Khabar Dabali १२ श्रावण २०८१ शनिबार | 27th July, 2024 Sat
NIMB

रोकिएन प्रतिबन्धित लागुऔषध तस्करी

रासस

काभ्रपलाञ्चोक । प्रतिबन्धित लागुऔषध कारोबारी मध्यपहाडी क्षेत्रबाट पुन: सक्रिय भएका छन् । झापाबाट काठमाडौँ आउँदै गरेको यात्रुबाहक सवारी साधन बिपी राजमार्गअन्तर्गत काभ्रेको रोशी गाउँपालिका–९ मङ्गलटारमा जाँचका क्रममा प्रहरीले शनिबार दिउँसो लागुऔषध तस्करीमा संलग्न दुईलाई लागुऔषधसहित पक्राउ गरेको छ । 

बा४ख ६६७६ नम्बरको हायस गाडीबाट सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–३ का १९ वर्षीय रुपेशकुमार यादव, सोही वडाका १९ वर्षका रोहितकुमार यादवलाई पक्राउ गरी लागुऔषध बरामद गरेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानबाट पक्रिएका दुईले सर्लाहीको हरिवन नगरपालिका–१० का २३ वर्षीय विशाल श्रेष्ठलाई बिक्री गर्न ल्याएको खुलेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब निरीक्षक हरि खतिवडाले बताए । उनका अनुसार श्रेष्ठलाई भने आइतबार बनेपा नपा–७ बाट पक्राउ गरिएको हो । 

पक्राउ गरिएकाबाट डाइजल्याब नामक लागुऔषध सय एम्पुल, फेनेर्गान सय एम्पुल, नाम नखुलेको सय एम्पुल, नोफिन लेखिएको लेबल स्टिकर सय थान, मोबाइल एक र नगद रु नौ हजार बरामद गरिएको प्रहरीले जनाएको छ । प्रतिवादीलाई लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालतबाट म्याद थप गरिएको प्रनानि खतिवडाले जानकारी दिए । 

पहिलो चरणको कोरोना भाइरसको सन्त्रासपछि करिब एक वर्ष रोकिएको लागुऔषध तस्करी गत माघ दोस्रोसाता पुन: सक्रिय भएका थिए । दोस्रो लहरको कोरोनाको जोखिम घटिरहेको अवस्थामा हाल लागुऔषध कारोबारी पुन: सक्रिय भएको घटनाले पनि पुष्टि गरेको छ । यस घटनाले लागुऔषध कारोबारी पुन:सक्रिय भएको उनले बताए । उनले कारोबारीको खोजीकार्य तीव्ररुपमा गरिने जानकारी दिए । “घटनाले कारोबारी पुन: सक्रिय भएको देखिन्छ, अब हामी विशेष निगरानी गर्छौं”, उनले भने । 

गत माघमा प्रतिबन्धित औषधि ‘नाइट्राभेट–१०’ तथा लागुऔषध इन्जेक्सनसहित दुईलाई बिपी राजमार्गस्थित इलाका प्रहरी कार्यालय मङ्गलटारले नै पक्राउ गरेको थियो । काभ्रेको चौँरीदेउराली गाउँपालिका–३ का १९ वर्षीय शम्शेर घिसिङ र सुनसरीको धरान उपमहानगरपालिका–२ का २७ वर्षका अजित कामतलाई पूर्वबाट सो राजमार्ग हुँदै काठमाडाँै आइरहेका अवस्थामा मङ्गलटारमा सवारी जाँचका क्रममा लागुऔषधसहित प्रहरीले पक्रेको हो । प्रहरीले उनीहरुको साथबाट ‘नाइट्राभेट–१०’नामक लागुऔषध २८ पत्ता (८४० ट्याब्लेट), डाइजापान इन्जेक्सन १० थान, बुप्रिनोर्फिन १० थान, फोनारागन १० थान बरामद गरेको थियो । 

तत्कालीन समयमा काभ्रे प्रहरी एक वर्षपछि नेपालमा प्रतिबन्धित औषधि बरामद गर्न पुन:सफल भएको थियो । प्रहरीले २०७६ फागुन दोस्रो साता पनौती नगरपालिका–६ स्थित एक घरबाट लुकाइछिपाइ राखेको प्रतिबन्धित औषधि ‘नाइट्राभेट–१०’ २७९ ट्याव्लेट बरामद गरेको थियो । उक्त घरमा डेरागरी बस्ने ३२ वर्षीया सुभद्रा तिमल्सिनाको कोठाबाट बिक्री वितरणका लागि दराजमा कपडाले बेरेर राखेको अवस्थामा उक्त परिमाणमा ट्याब्लेट बरामद गरी तिमल्सिनालाई प्रहरीले पक्राउ गरेको थियो । यसको केही महिनाअघि विराटनगरबाट बिपी राजमार्ग हुँदै बनेपा आउँदै गरेको गाडीमा खान्तलासी गर्दा सुनसरीको गढी गाउँपालिका–३ का एक युवा र भारतको कानपुरस्थित यूपीका एक युवालाई ५० पत्ता (७५० चक्की) नाइट्राभेट–१० औषधिसहित पक्राउ गरी लागुऔषध ऐन–२०३३ अनुसार मुद्दा चलायो । 

सोही हप्ता आसपास इलाका प्रहरी कार्यालय बनेपाले पनि सुराकीकै आधारमा नाइट्राभेट–१० नामक औषधिको ८२ पत्तासहित बनेपा नपाकै विभिन्न स्थानबाट सात जनालाई पक्राउ गर्‍यो । बनेपा नपा–१३ स्थित साँगाबाट ५० पत्ता (एक हजार ११४ चक्की) बोकेका तनहुँको शुक्लागण्डकी नपा–१ का एक र खोटाङको चिउरीडाँडा नपाका २५ वर्षीय एक युवालाई पक्राउ गरी कारबाही प्रत्रmिया अघि बढाएको थियो । 

त्यसअघि प्रहरीले अरनिको राजमार्गको साँगा बनेपा–१३ मै काठमाडौँबाट बनेपातर्फ मोटरसाइकलमा आउँदै गरेको अवस्थामा विराटनगर महानगरपालिका–१५ का एक र मोरङको सुनबर्सी नपा–६ घर भएका एक पुरुषलाई झोलामा लुकाएको २५ पत्ता लागुऔषधसहित पक्राउ गरेको थियो । सोही राति नै बनेपा नपा–८ चाँदनीचोकबाट बनेपा नपा–१० जनागालका एक युवा, महोत्तरीको लक्ष्मिनिया गाउँपालिका–३ का एक युवा र एक पुरुषलाई सातपत्ता नाइट्राभेट–१० सहित पक्राउ गरेको थियो । 

प्रहरीले ती घटनामा सुराकीको भरमा मात्रै जेकजाँच गरी लागुऔषध बरामद तथा ओसापसारकर्ता पक्राउ गरी सार्वजनिक गरेको पाइयो । प्रहरी प्रतिवेदनका अनुसार बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास)बाट लागुऔषध ओसारपसार हुने गरेको छ । उसको तथ्याङ्कअनुसार विशेष गरी ‘टिनएजर्स्’ यसको तस्करी र प्रयोकर्ताका रुपमा देखिएको छ । 

तराई क्षेत्रबाट विपी राजमार्ग हुँदै लागुऔषध तस्करी आउने क्रममा प्रहरीले घटना विवरणअनुसार लागुऔषधको ‘ट्रान्जिट प्वाइन्ट’ काभ्रेपलाञ्चोक बनाएको देखिन्छ । लामो समयपछि मात्रै लागुऔषध बरामद हुनुले प्रहरीले नियमित जाँचमा सक्रिय नभएकाले कारोबार फस्टाउँदै गएको आशङ्कासमेत पैदा भएको छ । पछिल्ला घटनाले तराईसँग छोटो दूरीका रुपमा रहेको बिपी राजमार्गबाट लागुऔषध भित्रिने गरेको देखिएकाले उक्त राजमार्गमा निगरानी बढाइने जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक भूपेन्द्रबहादुर खत्रीले बताए । 

यसअघि पक्राउ परेकाले भारतका विभिन्न स्थानबाट लागुऔषध सङ्कलन गरी बनेपा र आसपासका सहर तथा काठमाडौँमा बिक्री गर्दै आएको तथा लागुऔषध विशेष गरी युवापुस्ताले प्रयोग गरेको पाइएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । पक्राउ परेकामध्ये अधिकांशले ‘ब्रोकर’ बनेर काम गरिरहेको बयान दिएको प्रहरीले जनायो । 

प्रहरीको अनुसन्धानबाट अवैध लागुऔषध नाइट्राभेट भने प्रतिचक्की रु एक हजारदेखि रु एक हजार ५०० सम्ममा बिक्री हुने गरेको खुलेको छ । नाइट्राभेट–१० एक पत्तामा १५ चक्की हुन्छ । छिमेकी देश भारतमा निद्रा नलाग्दा प्रयोग गरिने नाइट्राभेट–१० नेपालमा प्रतिबन्धित औषधि हो । प्रहरीको तथ्याङ्कअनुसार बितेको पाँच वर्षमा लागुऔषध ओसारपसारसम्बन्धी ३५ वटा मुद्दा दर्ता भएका छन् । ती मुद्दामा ६६ पक्राउ परेका छन् । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy