काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको संसदीय दलको बैठक बस्ने भएको छ । आइतबार मध्यान्ह १२ बजे बस्ने बैठकले आफ्नो आगामी भूमिकाबारे रणनीति बनाउने एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।
आइतबार दिउँसो १ बजे प्रतिनिधिसभाको तेस्रो बैठक बस्दैछ । बैठक बस्नुअघि एमाले संसद दलको बैठक बस्न लागेको हो ।
एमालेले भदौ २३ गतेबाट सुरु भएको संसद अधिवेशनमा निरन्तर अवरोध गर्दै आएको छ । एमालेले संसद अवरुद्धको रणनीतिलाई केही परिमार्जन गरि यथावत राख्ने स्थायी कमिटीले निर्णय गरेको छ ।
एमालेमाथि सरकारलाई बलमिच्याइँ गरेकोले संसदीय दलको बैठकबाट आगामी रणनीति बनाउन लागिएको उनको भनाइ छ ।
प्रतिकृया लेख्नुहोस्: