मकवानपुर । मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौँडा अस्पतालमा स्वास्थ्यकर्मीमाथि हातपात भएको छ ।
हेटौँडा अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीमाथि गएराति बिरामीका आफन्तले हातपात गरेका हुन् । केही व्यक्तिले आक्रमण गर्दा एक प्रशिक्षार्थी स्वास्थ्यकर्मी घाइते भएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालले जनाएको छ । प्रतिष्ठानका अनुसार दुर्घटनामा परी घाइते भएका एक व्यक्तिलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएको थियो । उपचारका लागि कारमा आएका ती घाइते व्यक्तिलाई अस्पतालको आकस्मिक कक्षसम्म पुर्याउन स्टेचर नभएको भन्दै उनका आफन्तले फलामको कुर्सीले स्वास्थ्यकर्मीलाई प्रहार गरेको हो ।
कुर्सी प्रहारबाट अस्पतालमा कार्यरत प्रशिक्षार्थी स्वास्थ्यकर्मी समृद्धि श्रेष्ठको खुट्टामा चोट लागेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार २० वर्षीय श्रेष्ठ अध्ययनपश्चात प्रशिक्षणका लागि हेटौँडा अस्पतालमा आएका थिए । उक्त घटनापछि आक्रोशित बिरामीका आफन्तले बिरामीलाई तत्काल हेटौंडा–११ थानाभर्याङस्थित चुरेहिल अस्पतालमा लगेको जनाइएको छ ।
कोरोना सङ्क्रमणको जोखिम कायमै रहेको बेला रातको समयमा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोध गर्दै आवश्यक कारबाही प्रक्रिया अघि बढाउन हेटौँडा अस्पतालले प्रहरीसमक्ष मौखिक जानकारी दिएको अस्पताल विकास तथा व्यवस्थापन समितिका अध्यक्ष राजेश प्रसाईँले जानकारी दिए ।
उनले सिसीटिभी फुटेज र आवश्यक प्रमाणसहित आज प्रहरीसमक्ष लिखित उजुरी दिएर कारबाही प्रक्रिया अघि बढाउने तयारी भइरहेको जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १६ गते, २०७९ - १५:१२
काठमाडौँ । चालु आर्थिक वर्ष सकिन अब १६ दिन बाँकी छ । सरकारले चालु आवमा रु तीन खर्ब ७८ अर्ब नौ करोड ७७ लाख बजेट विकास निर्माणमा खर्च गर्ने लक्ष्य राखे...
आषाढ़ १६ गते, २०७९ - १४:५२
जेरुसेलम । इजरायली सांसद्हरूले बिहीबार संसद भङ्ग गर्ने विधेयकलाई अनुमोदन गरेका छन् । प्रधानमन्त्री नाफ्ताली बेनेटको क्रस–पार्टी गठबन्धनले संसदमा ब...
आषाढ़ १६ गते, २०७९ - १४:४१
किभ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलिन्स्किीले उत्तर एटलान्टिक सन्धी संगठन, नेटोको एक सम्मेलनलाई सम्बोधन गर्दै रुसविरुद्ध लड्न युक्रेनका लागि थप स...
आषाढ़ १६ गते, २०७९ - १४:३०
काठमाडौँ । महाकाली सन्धि भएपछि पश्चिम नेपालको विकास निर्माणले गति लिन्छ भन्ने सोच हालसम्म पनि पूरा हुनसकेको छैन । यद्यपि, सन्धि भएको अढाइ दशकपछि महाक...
आषाढ़ १६ गते, २०७९ - १४:१७
तनहुँ । जिल्लाको बन्दीपुर गाउँपालिका–१ स्थित हरियाली किसान समूहलाई ट्याक्टर हस्तान्तरण गरिएको छ । प्रदेश सरकारको कृषि मन्त्रालयको ७५ र समूहको ...
आषाढ़ १६ गते, २०७९ - १४:१२
उलान बातोर । मङ्गोलियामा यो वर्षमा घोडाबाट लडेर मृत्यु हुने बालबालिकाको सङ्ख्या कम्तीमा आठ पुगेको छ भने पाँच जना गम्भीर घाइते भएको स्थानीय सञ्चारमाध्य...
आषाढ़ १६ गते, २०७९ - १४:०१
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन समयमै सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको जनाएका छन् । आज (बिहीबार)...
आषाढ़ १६ गते, २०७९ - १३:४३
दमौली । मल अभावकाबीच तनहुँका किसानले रोपाइँ सुरु गरेका छन् । जिल्लामा युरिया, डिएपी, पोटास मल अभाव कायमै रहे पनि किसानले रोपाइँ सुरु गरेका हुन् । अ...
आषाढ़ १५ गते, २०७९ - २१:५१
भक्तपुर । सूर्यविनायक नगरपालिका–१० चित्तपोल लाकुरीस्थित कान्छा श्रेष्ठको घरआँगनमा लगाएको १२ फिट अग्लो पर्खाल भत्किएर पुरिँदा एक महिलाको मृत्यु भएको छ ...
आषाढ़ १५ गते, २०७९ - २१:४६
उलान बातोर । मङ्गोलियामा सन् २०२१ मा पाँच हजार ९८१ जनाको क्यान्सर पहिचान गरिएको छ । यहाँको राष्ट्रिय तथ्याङ्क कार्यालयलाई उद्धृत गर्दै स्थानीय सञ्...
प्रतिकृया लेख्नुहोस्: