Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

हेटौँडा अस्पतालमा स्वास्थ्यकर्मीमाथि हातपात: कारबाहीको माग

खबरडबली संवाददाता

मकवानपुर । मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौँडा अस्पतालमा स्वास्थ्यकर्मीमाथि हातपात भएको छ । 

हेटौँडा अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीमाथि गएराति बिरामीका आफन्तले हातपात गरेका हुन् । केही व्यक्तिले आक्रमण गर्दा एक प्रशिक्षार्थी स्वास्थ्यकर्मी घाइते भएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालले जनाएको छ । प्रतिष्ठानका अनुसार दुर्घटनामा परी घाइते भएका एक व्यक्तिलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएको थियो । उपचारका लागि कारमा आएका ती घाइते व्यक्तिलाई अस्पतालको आकस्मिक कक्षसम्म पुर्‍याउन स्टेचर नभएको भन्दै उनका आफन्तले फलामको कुर्सीले स्वास्थ्यकर्मीलाई प्रहार गरेको हो ।

कुर्सी प्रहारबाट अस्पतालमा कार्यरत प्रशिक्षार्थी स्वास्थ्यकर्मी समृद्धि श्रेष्ठको खुट्टामा चोट लागेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार २० वर्षीय श्रेष्ठ अध्ययनपश्चात प्रशिक्षणका लागि हेटौँडा अस्पतालमा आएका थिए । उक्त घटनापछि आक्रोशित बिरामीका आफन्तले बिरामीलाई तत्काल हेटौंडा–११ थानाभर्याङस्थित चुरेहिल अस्पतालमा लगेको जनाइएको छ ।

कोरोना सङ्क्रमणको जोखिम कायमै रहेको बेला रातको समयमा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोध गर्दै आवश्यक कारबाही प्रक्रिया अघि बढाउन हेटौँडा अस्पतालले प्रहरीसमक्ष मौखिक जानकारी दिएको अस्पताल विकास तथा व्यवस्थापन समितिका अध्यक्ष राजेश प्रसाईँले जानकारी दिए ।

उनले सिसीटिभी फुटेज र आवश्यक प्रमाणसहित आज प्रहरीसमक्ष लिखित उजुरी दिएर कारबाही प्रक्रिया अघि बढाउने तयारी भइरहेको जानकारी दिए । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending