दमौली । नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य देव गुरुङले विकासको बाधक भ्रष्टाचार रहेकाले भ्रष्टाचारमुक्त नेपाल बनाउनुपर्नेमा जोड दिएका छन् । माओवादी केन्द्र शुक्ला गण्डकी नगरपालिका–१२ ले लामागाउँमा आज आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भ्रष्टाचार नियन्त्रण गर्न सकिएमात्रै नेपालको विकास र समृद्धि सम्भव रहेको उल्लेख गरे ।
भ्रष्टाचार र कमिशनले देश ध्वस्त भएको उल्लेख गर्दै गुरुङले भने, “भ्रष्टाचारले अन्तर्राष्ट्रियस्तरमा नेपाल बदनाम भइरहेको छ, यसलाई न्यूनीकरण गर्नुपर्छ ।” हरेक कुरामा नेपाललाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिँदै उहाँले शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेण्टी हुनुपर्ने टिप्पणी गरे ।
कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य हरिबहादुर चुमान, केन्द्रीय सदस्य आशा कोइराला, शुक्लागण्डकी नगर कमिटीका सचिव मनराज गुरुङलगायतले माओवादी सङ्गठन सुदृढीकरण गर्दै आगामी निर्वाचनमा माओवादी केन्द्र पहिलो पार्टी बन्ने जिकिर गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ४ गते, २०८२ - २२:०२
पुराना प्रभावशाली नेता मैदान बाहीर
माघ ४ गते, २०८२ - २१:५२
काठमाडौं । नेपालमा कृषि उत्पादनको मूल्य क्रमशः बढ्दो क्रममा देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको त्रैमासिक कृषि उत्पादक मूल्य सूच...
माघ ४ गते, २०८२ - २१:५१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार टुंग्याउने अन्तिम चरणमा पुगेको छ । पार्टीभित्र...
माघ ४ गते, २०८२ - २१:३६
सरकार–उद्योगीको तानातानमा गहुँ, उपभोक्ता सिधै मारमा
माघ ४ गते, २०८२ - २१:३४
विराटनगर । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीले कोशी प्रदेशका विभिन्न निर्वाचन क्षेत्रको उम्मेदवार टुङ्गो लगाए...
माघ ४ गते, २०८२ - २१:२४
सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कर्णाली प्रदेशका १२ निर्वाचन क्षेत्रमध्ये ७ क्षेत्र...
माघ ४ गते, २०८२ - २१:१५
काठमाडाैं । नेपाल प्रहरीका ११ जना वरिष्ठ उपरीक्षक (एसएसपी) हरूको सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभागले विज्ञप्ति जारी ग...
माघ ४ गते, २०८२ - १९:५६
माघे संक्रान्ति आउँदा धेरैलाई तातो घाम, चाकु–तिलको मिठास र रमाइलो सम्झना आउँछ।तर मेरो स्मृतिमा माघे संक्रान्ति आउँदा पिस्कर आउँछ । डरले थरथराएको गाउँ,...
माघ ४ गते, २०८२ - १९:३७
विराटनगर । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङविरुद्ध सुनसरी–१ मा चुनावी प्रतिस्पर्धा चर्किने संकेत देखिएको छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ल...
माघ ४ गते, २०८२ - १९:१९
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठ आगामी निर्वाचनमा सर्लाही-३ बाट उम्मेदवार बन्ने भएका छन्। राष्ट्रियसभामा कार्...




प्रतिकृया लेख्नुहोस्: