काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले गरेको संसद विघटनको बचाउ गरेका छन्।
ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा आइतबार बसेको केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष ओलीले निर्वाचनमा जाने कुरा कुनै पनि कोणबाट गलत नहुने दावी गरे ।
बैठकमा प्रतिनिधि सभा विघटनबारे निर्मम समीक्षा हुनु पर्ने प्रसंग उठेको थियो। बैठकमा उठेको प्रश्नको जवाफ फर्काउँदै ओलीले जनादेशमा जाने कुरा कहिल्यै गलत नहुने तर्क गर्दै आफ्नो निर्णयको बचाउ गरेका हुन्।
यसैगरी उनले आफ्नो नेतृत्वको सरकारले गरेको कामको धेरैले पाठ सिक्नु पर्ने जिकिर गरेका छन् । ‘मेरो नेतृत्वको सरकारले धेरै राम्रा काम गरेको छ,’ उनले भने, ‘एमालेले कुन मुख लिएर चुनावमा जाने होला भन्ने चिन्ता छैन । हामीले शिर ठाडो पारेर जनताकोबीच जाने काम गरेका छौं ।’
अध्यक्ष ओलीले कुनै कारणले धक्का खायौं वा प्रतिपक्षमा पुग्यौ भन्दैमा आत्तिनु नपर्ने भन्दै फेरि पनि सम्हालिएर अगाडि बढ्न सक्ने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ११ गते, २०७९ - १५:५६
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले सामुदायिक रेडियोहरूले नागरिकलाई श्रमप्रति सम्मानको भावना जगाउने गरी सामग्री प्रसारणमा जोड दिएका छन् । सामुदा...
चैत्र ११ गते, २०७९ - १५:४८
काठमाडौँ। काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले सूर्यविनायक नगरपालिका क्षेत्रलाई पनि मेलम्चीको खानेपानी वितरण गर्ने भएको छ । सूर्यविनायक न...
चैत्र ११ गते, २०७९ - १५:४४
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक रहेको बताएका छन्। लैङ्गिक समानताको विषयलाई नेपालले अभ्यास गर्...
चैत्र ११ गते, २०७९ - १५:३९
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रमा बनेका अनधिकृत संरचना सात दिनभित्र हटाउन निर्देशन दिएको छ । महानगरले श...
चैत्र ११ गते, २०७९ - १५:३६
धनुषा । धनुषामा दुई ट्रक आपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत मिथिला नगरपालिका ३ लालभित्तिमा पुर्वतर्फ जाँदै गरेक...
चैत्र ११ गते, २०७९ - १५:३२
काठमाडौं । उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले दुई दिनभित्रै मन्त्रिपरिषदले पूर्णता पाउने दाबी गरेका छन् । मन्त्रालय बाँडफाँडको विषयमा सत्तारुढ दल...
चैत्र १० गते, २०७९ - २०:५३
काठमाडौँ। कोटेश्वर बहुमुखी क्याम्पसको अध्यक्षमा नेविसंघका संजय बुढाथोकी सर्वसम्मत रुपमा चयन भएका छन्। शुक्रबार कोटेश्वर क्याम्पसमा बसेको सर्वपक्ष...
चैत्र १० गते, २०७९ - २०:४८
काठमाडौँ। बालबालिकालाई परीक्षाका नाममा तनाव दिन हुँदैन स् महामन्त्री थापा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बालबालिकालाई परीक्षाको नाममा...
चैत्र १० गते, २०७९ - २०:२७
काठमाडौं। नेपाली महिला फुटबल टोलीको फिफा वरियतामा तीन स्थान सुधार भएको छ। विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल...
चैत्र १० गते, २०७९ - २०:२३
काठमाडौं। झुटो विवरण पेस गरी जन्मदर्ता बनाउने तीन जना पक्राउ परेका छन्। धादिङको ज्वालामुखी गाउँपालिका–६ का श्यामबहादुर नगरकोटी, उनकी श्रीमती हिममा...
प्रतिकृया लेख्नुहोस्: