Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

दोबिल्ला–फलेवास सडकमा सवारी सञ्चालनमा रोक, दक्षिण पर्वतवासीलाई सास्ती

रासस

पर्वत । वैकल्पिक सडकको व्यवस्था नभइकन सडकमा सवारी साधन सञ्चालनमा रोक लगाएपछि पर्वतको दक्षिणी क्षेत्रका बासिन्दालाई समस्या भएको छ । दोबिल्ला–फलेवास सडकखण्डअन्तर्गत घोइनाउलामा ढलान गर्न आइतबारदेखि सवारी साधान चल्न रोक लगाइएको हो । घोइनाउलामा सडक रोकिँदा देशका विभिन्न स्थानबाट फलेवास हुँदै दक्षिणी क्षेत्रतर्फ जाने सवारी साधानलाई समस्या भएको छ । 

वैकल्पिक सडकका रूपमा रहेको मुडिकुवा मोदीबेनी कुश्मा सडक पहिराले अवरुद्ध छ । अन्य कुनै वैकल्पिक सडक नहुँदा फलेवास हुँदै कुश्मा, पोखरा, काठमाडौँ, चितवनलगायत ठाउँमा जाने आउने सवारी साधान चल्न सकेका छैनन् । त्यस्तै दूध तथा तरकारी ढुवानीमा समेत समस्या भएको कृषकको गुनासो छ ।

कुश्मासम्म आउने जीपले यात्रुलाई सिर्सुवाको पुलमा ल्याएर छाड्ने र गाउँतर्फ जाने यात्रु त्यहीँबाट जीप चढाएर गाउँसम्म जाने गरेका छन् । मुडिकुवाबाट पुलसम्म आउने सडक साँघुरो हुँदा जीप, भ्यानबाहेक ठूला सवारी साधन गुड्न सक्दैनन् ।

वैकल्पिक सडक नहुँदा बिरामीलाई अस्पतालसम्म लैजान समस्या भएको कुर्घाका सुनिल शर्माले गुनासो गरे । फलेवास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण सापकोटाले वैकल्पिक सडकका रूपमा साइकलचोक–तातोपानी–रुग्दी–चुरी–चितिपानी हुँदै फलेवास जाने सडकलाई प्रयोग गर्न भनिएको बताए । उक्त सडक निकै घुमाउँरो भएकाले प्रभावकारी नदेखिएको सवारी चालकले बताएका छन् । घोइनाउलाको सडकको ढलान गर्न असोज १६ गतेसम्म सवारी आवागमनमा रोक लगाइएको हो । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: