सर्लाही । कोरोना महामारीका कारण बन्द रहेका सर्लाहीका नेपाल–भारत सीमानाका खुला गरिएको छ । कोरोना महामारी नियन्त्रण गर्न भन्दै जारी गरिएको निषेधाज्ञाका कारण विगत करिब डेढ वर्षदेखि सीमानाका बन्द भएका थिए ।
नेपालीको चाडपर्व नजिकिएसँगै कोरोना महामारी सङ्क्रमणदर केही घटेको मौका छोपी नेपाल सरकारले सीमानाका खोल्ने निर्णय गरेको हो । नेपाल सरकारले निर्णय गरेपछि बसेको जिल्ला कोरोना सङ्कट व्यवस्थापन केन्द्र (डिसीसिएमसी) सर्लाहीको बैठकले भारतसँग सीमा जोडिएका सर्लाहीका आठवटै नाका खुला गर्ने निर्णय गरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले जानकारी दिए । उनका अनुसार बैठकले नेपाल सरकारले गरेको निर्णयानुसार जिल्लाका आठवटै नाका खुला गर्ने निर्णय गरिएको भए पनि आवागमनमा विभिन्न चारवटा बुँदा अनिवार्य पालना गर्नुपर्ने छ ।
जिल्ला सदरमुकामस्थित गोरखकाली नाका, पर्सा गाउँपालिकास्थित सङ्ग्रामपुर र पर्सा नाका, ब्रम्हपुरी गाउँपालिकास्थित त्रिभुवननगर नाका, मलङ्गवा नगरपालिकास्थित भाँडसर नाका, विष्णु गाउँपालिकास्थित बारा उद्योरण र फेन्हरा नाका खुला गर्ने निर्णय गरेको जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरीले जानकारी दिए ।
सरकारले स्थलमार्गबाट आवागमन गर्न आवागमन गर्नु ७२ घण्टा पहिला कोभिड–१९ परीक्षण गरी रिपोर्ट नेगेटिभ आएको हुनुपर्ने, खोपको मात्रा पूरा गरेको, एन्टिजेनसमेत नेगेटिभ आएको हुनुपर्नेलगायत अड्चन राखेर सीमानाका खोल्ने निर्णय गर्दा नागरिकमा निराशा कायमै रहेको मलङ्गवा नगरपालिकाका प्रमुख निरसल साहले बताए ।
यता स्थानीयवासीले आफूहरूलाई घरायसी प्रयोजनका लागि दैनिक उपभोग्य सामग्री ल्याउन, आफन्त भेट्न जान आउनसमेत समस्या भएको मलङ्गवाका स्थानीयवासी रामकलेवर रायले बताए । नेपाल–भारत सामाजिक सम्बन्ध रहेका कारण पनि सीमाबाट सहजरूपमा आउनजान पाउनुपर्ने उनको माग छ ।
बिरामी भएर उपचार गर्न जानआउनसमेत समस्या हुनुका साथै दैनिक उपभोग्य सामग्री ल्याउन आफूहरूलाई समस्या भएको त्रिभुवननगरका विन्देश्वर महतोले बताए । खुला गरिएका सबै नाकामा हेल्थ डेस्क स्थापना गर्ने निर्णय स्थानीय प्रशासनले गरेको जनाएको छ । स्वास्थ्य कार्यालयमार्फत ती नाकामा एन्टिजेन परीक्षण गर्ने व्यवस्थासमेत मिलाइएको प्रमुख जिल्ला अधिकारी महतोले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १४ गते, २०८० - २०:१३
काठमाडौँ। युरोपियन युनियन (ईयू)ले हवाई सुरक्षा सूची (कालोसूची)बाट नेपाललाई नहटाउने भएको छ । ईयूले नेपाललाई सन् २०१३ देखि कालोसूचीमा राखेको थियो । ...
मंसिर १४ गते, २०८० - १९:५४
काठमाडौँ। नेपाल सुपर लिग (एनएसएल) फुटबलको बिहीबार भएको खेलमा धनगढी एफसीले जित हासिल गरेको छ। साविक उपविजेता धनगढी एफसीले त्रिपुरेश्वरस्थित दशरथ रंग...
मंसिर १४ गते, २०८० - १९:३६
यूएई। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनको असर कम गर्न नेपालले गरेका प्रयासबारे विश्व समुदायलाई जानकारी गराउने बताएका छन् । ...
मंसिर १४ गते, २०८० - १८:४५
काठमाडौं। मिटरब्याजविरुद्धको संघर्ष समिति सिराहाले बिहीबार प्रदर्शन गरेको छ। मिटरब्याजसम्बन्धी बनेका ऐन–कानुन कार्यान्वयनको माग गर्दै संघर्ष समितिले प...
मंसिर १४ गते, २०८० - १८:३१
काठमाडौं। अफ्रिकाबाट आईसीसी टी-२० छनोटमा युगान्डाले टेस्ट राष्ट्र जिम्बावेलाई पछि पार्दै विश्वकपमा पुगेको छ। नामिबियामा भइरहेको आईसीसी टी-२० विश्वक...
मंसिर १४ गते, २०८० - १८:१७
काठमाडौं। मकवानपुरमा बिहीबार भएको मोटरसाइकल दुर्घटनामा श्रीमती र छोरी गुमाएका श्रीमानको पनि मृत्यु भएको छ। मकवानपुरको गढी गाउँपालिका- २ कुर्लेपाखा ...
मंसिर १४ गते, २०८० - १८:०७
काठमाडौं । मधेश प्रदेश पोखरामा चलिरहेको केपी ओली टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । मधेशले सशस्त्र प्रहरीलाई ११ रनले हराउँदै ...
मंसिर १३ गते, २०८० - २०:३६
काठमाडौँ। बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ। आज साँझ ६:४४ बजे बझाङ सदरमुकाम र आसपासमा भूकम्प धक्का महसुस गरिएको हो। सदरमुकाम चैनपुर आसपास केन्द...
मंसिर १३ गते, २०८० - २०:२८
काठमाडौँ। काठमाडौं महानगरपालिका–३१ शङ्खमूलबाट एक हजार दरको नोट पाँच थान र ५०० दरको नोट एक थान गरी जम्मा ६ थान नक्कलीजस्तो देखिने नोटसहित एकजना पक्राउ ...
मंसिर १३ गते, २०८० - २०:०१
काठमाडौँ। प्रथम राष्ट्रपति डा रामवरण यादवले राष्ट्रिय एकता र धार्मिक सद्भावसहित देश विकासमा लाग्नुको विकल्प नरहेको बताएका छन् । धनुषाको जनकपुरधाम ...
प्रतिकृया लेख्नुहोस्: