बैतडी । सुर्नया गाउँपालिका–४ सन्सेरीमाडौँका व्यापारी कमलसिंह महराको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका चार जनाको दोस्रोपटक अदाललतबाट म्याद थप गरिएको छ । कमलसिंहको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सुर्नया–५ का रामबहादुर मडै, सुर्नया–४ का शंकरसिंह महरा, हरिशसिंह महरा र रामबहादुर महरालाई प्रहरीले पक्राउ गरी यही असोज ८ गते सार्वजनिक गरेको थियोे ।
उनीहरुमाथि मङ्गलबार जिल्ला अदालतबाट थप आठ दिनको म्याद थप गरिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । हत्यामा संलग्न रहेको आशंकामा उनीहरुविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरेर असोज ८ गते पहिलोपटक अदालतबाट पाँच दिनको म्याद थप गरिएको थियो । अनुसन्धानको काम नसकिएकाले दोस्रोपटक अदालतबाट म्याद थप गरिएको प्रहरी निरीक्षक शाहीले बताए ।
सुर्नया–४ को लेकडाँडा घर भई स्थानीय सन्सेरीमाडौँमा मासु पसल गर्दै आएका ५५ वर्षीय महरा असोज ७ गते बिहान सन्सेरीमाडौँमै मृत फेला परेका थिए । मृतक कमलसिंहको टाउको, छाती र शरीरका अन्य भागमा चोट रहेकाले हत्या रहेको भन्दै प्रहरीले संलग्न रहेका व्यक्तिको खोजी सुरु गरेको थियो । घटनापश्चात अनुसन्धानका लागि खटिएका इलाका प्रहरी कार्यालय पाटनका प्रमुख शाही नेतृत्वको टोलीले उनीहरुलाई घटना भएको २४ धण्टा नबित्दै पक्राउ गरेको थियो ।
असोज ६ गते मदिरा सेवन गरी फलामको रड प्रयोग गरी कमलसिंहको हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो । आरोपितमध्येका एकजनाले आफूले रड प्रहार गरी हत्या गरेको प्रहरीसमक्ष बयानसमेत दिएको प्रहरीले जनाएको छ । घटनामा एकै जनाको संलग्नता हो कि अरुको पनि संलग्नता थियो भन्नेबारे प्रहरीले सुक्ष्मरूपमा अनुसन्धान गरिरहेको हो । पक्राउ परेका चारै जना इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०७९ - १३:१६
कर्णालीबाट कस्ता जडीबुटी निर्यात हुन्छन् ?
मंसिर ९ गते, २०७९ - १६:१३
काठमाडौँ । प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ २५ जिल्लाका सबै सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनले भोजपुर, ओखलढुङ्गा, खोटाङ, सि...
मंसिर ९ गते, २०७९ - १६:०७
रामपुर । पाल्पा निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का नारायणप्रसाद आचार्य विजयी भएका छन् । आचार्यले ३१ हजार एक सय तीन म...
मंसिर ९ गते, २०७९ - १५:४९
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले जनताका पक्षमा एकपक्षीय भएर लाग्ने बताएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज य...
मंसिर ९ गते, २०७९ - १५:२६
तानसेन । पाल्पा निर्वाचन क्षेत्र नं २ बाटे प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य ठाकुरप्रसाद गैरे विजयी भएका छन् । गैरेले २...
मंसिर ९ गते, २०७९ - १५:०९
डोटी । मतदाता शिक्षा कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन हुन नसक्दा डोटीमा प्रत्यक्षतर्फको ८ हजार ६२० मत बदर भएको छ । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा...
मंसिर ९ गते, २०७९ - १४:०१
आडेन । हुथी विद्रोहीहरुले गरेको ड्रोन हमलामा परेर यमनको सरकार कम्तीमा पनि तीन जना सैनिक मारिएका समाचारमा जनाइएको छ ।प्राप्त समाचारअनुसार यहाँका हुथी व...
मंसिर ९ गते, २०७९ - १३:५६
रेसुङ्गा । गुल्मीको क्षेत्र नं १ मा नेपाली कांग्रेसका डा चन्द्र भण्डारी विजयी भएका छन् । नेकपा (एमाले)का प्रदीप ज्ञवालीलाई एक हजार पाँच सय ९२ मतले पछि...
मंसिर ९ गते, २०७९ - १३:४२
झापा । पाँच वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको झापामा तीन वटा क्षेत्रमा नेकपा ९एमाले०ले जितेको छ भने नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्...
मंसिर ९ गते, २०७९ - १३:२५
काठमाडौँ । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मत परिणामअनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ ने...
प्रतिकृया लेख्नुहोस्: