Khabar Dabali ४ माघ २०८२ शनिबार | 17th January, 2026 Sat
Investment bank

तीन हप्तामा एक सय सापुका बिरामी

खबरडबली संवाददाता

काठमाडौँ । विगत तीन हप्तामा  सापु रोगबाट एकसय बिरामी परेका छन् । सेतो पुतलीको सङ्क्रमबाट आँखामा लाग्ने रोगलाई सापु भन्ने गरिन्छ । ४६ वर्षयता यति छोटो अवधि पहिलो पटक यति धेरै बिरामी देखिएको जनाइएको छ । 

त्रिवि शिक्षण अस्पतालका वरिष्ठ नेत्ररोग विशेषज्ञ  डा रञ्जु खरेलले अझै तीन महिना सापु रोगको जोखिम बढ्नसक्ने भएकोले सचेतना अपनाउन आग्रह गरे । भदौदेखि मङ्सिरसम्म सो रोग  देखिने गर्दछ । 

उनका अनुसार सापुबाट आँखाको भित्री भागलाई असर गर्नुको साथै आँखाको सबै पत्र दु्रतगतिमा सुनिन्छ र भित्रि भागमा पिप जम्दै जान्छ । 

नेपालमा सापु रोग विसं २०३२ मा पहिला पटक पोखराको एउटा विद्यालयमा देखिएको हो । रोग सबैभन्दा बढी बालबालिकामा देखिने गर्दछ । ३८ दिनको शिशुदेखि ८० वर्षका ज्येष्ठ नागरिकलाई पनि असर गर्ने गर्दछ । सहप्राध्यापक डा खरेल अनुसार प्रदेश १ , वाग्मती र लुम्बिनी प्रदेशका मध्यपहाडी जिल्लामा सापुका बिरामी बढी देखिएका छन् । 

उनले सबै सेतो पुतली हानिकारक नभएको र  कालो धर्सा तथा पुच्छरमा पहेँलो भएका सेतो पुतलीको काउसो वा झुस हुस हानिकारक हुने गरेको बताए । अहिले पोखरामा प्रशस्त्र मात्रामा भित्ता, बत्तीमा सेता पुतली रहेका छन् । कतिपय अवस्थामा सेतो पुतलीको संसर्गमा नआएका मानिसमा पनि यो रोग देखा पर्न सक्ने जनाइएको छ । 

“पुतली बसेर उठिसकेको हुन्छ र त्यसले आफू बसेको ठाउँमा झुस, अण्डा र काउसो छाडेर गएको हुन्छ । हो त्यहीँबाट सापु रोग देखिने गर्दछ ।” उहाँले भन्नुभयो । अचानक एउटा आँखा रातो हुनु, रातो आँखाको कालो नानीको बीचमा सेतो देखिने, आँखाभित्र पिप जमेर नानी सेतो हुनु, आखाँको ज्योति घट्दै जाने यस रोगका लक्षण हुन् । एउटा आँखा रातो भएका अवस्थामा तुरुन्तै नजिकैको आँखा उपचार केन्द्रमा परीक्षण गराउनु पर्ने उनको भनाइ छ ।

यस्तै सापुबाट आँखा सुकेर र कुरुप समेत हुने जनाइएको छ । सापु सम्भावित ठाउँमा चिप्रा नलाग्ने गरी एउटा मात्रा आँखा रातो भएका अवस्थामा सापु रोग लागेको शङ्का गर्नुपर्दछ । अहिले गण्डकी प्रदेशको हिमालय आँखा अस्पताल र लुम्बिनी प्रदेशको लुम्बिनी आँखा केन्द्रमा सापुका बिरामीले श्यया भरिएका बताइएको छ । 

नेत्र रोग विशेषज्ञ डा खरेलका अनुसार सापु रोगका तीन अवस्था हुन्छन । पहिलो अवस्थामा आँखा रातो हुनु यसलाई सामान्य सापु भन्ने गरिन्छ र यस्तो अवस्थामा आँखालाई पहिल्यैकै अवस्थामा फर्काउन सकिन्छ  । सामान्य अवस्थामा उपचार गर्न सकेनांै भने आँखामा पिप जम्न थाल्दछ । यसलाई मध्यम अवस्थाको सापु भनिन्छ । यस अवस्थाबाट पनि उपचार गरेनौं भने अति जटिल अवस्थामा सापुको बिरामी पुग्ने गर्दछन् । 

पहिलो अवस्थामा आँखाका थोपा दिएर उपचार सम्भव हुन्छ । मध्यम अवस्थामा आँखाभित्र सुई लगाउनुपर्ने अवस्था आउन सक्दछ । मध्यम अवस्थामा आँखाको दृष्टि फर्कने आश लागेको उहाँले जानकारी दिए । उनका अनुसार अति जटिल अवस्थामा आँखाको सबै पत्रमा पिप हुन्छ र जटिल शल्यक्रिया गरेर उपचार गर्नुपर्ने हुन्छ । उपचार पनि खर्चिलो र दृष्टि कति फर्कन्छ भन्नेमा निश्चित भने हुदैन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले सापु रोग बढी बालबालिकालाई लाग्ने गरेको बताए । 

रोकथाम
–सेतो पुतलीको संसर्गबाट टाढा रहने
–बालबालिकालाई झाडीको वरपर खेल्न नदिऔं पुतली समाप्ने निधारमा दल्ने कामबाट परै राखौँ । 
–राति सुत्दा बत्ती निभाएर सुतौँ । बाल्नै परे मधुरो बालौँ । सकेसम्म झ्याल ढोका बन्द गरौँ । झुल लगाएर सुत्ने गरौँ । रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लुम्बिनीमा नेकपाको शक्ति–परीक्षण, प्रचण्ड, वामदेवदेखि वर्षमानसम्म मैदानमा

पुराना प्रभावशाली नेता मैदान बाहीर

कृषि उत्पादक मूल्य उकालोमा, अण्डा र मकैको भाउले सूचकाङ्क ताने

काठमाडौं । नेपालमा कृषि उत्पादनको मूल्य क्रमशः बढ्दो क्रममा देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको त्रैमासिक कृषि उत्पादक मूल्य सूच...

रास्वपाको टिकट युद्ध अन्तिम चरणमा, बालेनदेखि रविसम्म—कसले कहाँबाट भिड्ने ?

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार टुंग्याउने अन्तिम चरणमा पुगेको छ । पार्टीभित्र...

कोटा कागजमै थन्कियो, भान्सामा महँगी छरियो

सरकार–उद्योगीको तानातानमा गहुँ, उपभोक्ता सिधै मारमा

कोशीका ९ क्षेत्रमा काे काे भए नेकपाका उम्मेदवार

विराटनगर । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीले कोशी प्रदेशका विभिन्न निर्वाचन क्षेत्रको उम्मेदवार टुङ्गो लगाए...

प्रचण्डको गृहप्रदेशमै टिकट संकट: कर्णालीका ५ क्षेत्रमा अझै अड्कियो नेकपा

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कर्णाली प्रदेशका १२ निर्वाचन क्षेत्रमध्ये ७ क्षेत्र...

प्रहरीका ११ एसएसपीको सरुवा, को कहाँ ?(सूचीसहित)

काठमाडाैं । नेपाल प्रहरीका ११ जना वरिष्ठ उपरीक्षक (एसएसपी) हरूको सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभागले विज्ञप्ति जारी ग...

पिस्कर : सम्झनाले पोल्ने रात, प्रतिरोधले उज्यालो बनाएको बिहान

माघे संक्रान्ति आउँदा धेरैलाई तातो घाम, चाकु–तिलको मिठास र रमाइलो सम्झना आउँछ।तर मेरो स्मृतिमा माघे संक्रान्ति आउँदा पिस्कर आउँछ । डरले थरथराएको गाउँ,...

धरानमा हर्क साम्पाङविरुद्ध ‘भाइरल वडाअध्यक्ष’ मैदानमा, नेकपाबाट मनोज भट्टराई उम्मेदवार

विराटनगर । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङविरुद्ध सुनसरी–१ मा चुनावी प्रतिस्पर्धा चर्किने संकेत देखिएको छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ल...

नेकपाले अघि सार्याे सर्लाही-३ मा नारायणकाजीलाई

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठ आगामी निर्वाचनमा सर्लाही-३ बाट उम्मेदवार बन्ने भएका छन्। राष्ट्रियसभामा कार्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending