Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

लमजुङमा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी रुपमा आगाडि बढ्न सकेन

रासस

लमजुङ । लमजुङमा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी रुपमा आगाडि बढ्न सकेको छैन् ।

सरकारले विपन्न र गरिब समुदायका नागरिकका लागि गुणस्तरीय उपचार सेवामा पहुँच बढाउने उद्देश्यले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम कोभिड सङ्क्रमणको जोखिम, प्रसारप्रसारको अभाव र जिल्लावासीमा स्वास्थ्य बीमाबारे चासो नहुँदा लमजुङमा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी रुपमा आगाडि बढ्न नसकेको हो ।

जिल्ला स्वास्थ्य बिमा कार्यक्रम लागू भएयता ८ हजार ९३० जनाले स्वास्थ्य बीमा गराएका छन् । तीमध्ये एक हजार ८५१ ज्येष्ठ नागरिक, १२७ महिला स्वास्थ्य स्वंयसेविका, ८१ अपाङ्गता भएका व्यक्ति र २३ जना एचआइभी सङ्क्रमित व्यक्ति रहेको स्वास्थ्य बीमा कार्यक्रमका दर्ता अधिकारी अनुपमा रेग्मीले बताए । जिल्लामा गत माघ महिनादेखि यो कार्यक्रम लागू भएको छ । यो कार्यक्रमबाट हालसम्म रु ५१ लाख ८६ हजार सङ्कलन भएको उनले जानकारी दिए  । कार्यक्रममा लागि जिल्लाका ७५ वटा वडामा एक/एकजना गरी ७५ जना दर्ता सहयोगी परिचालन गरिएको छ । 

स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत पाँच जनासम्मको परिवारले वार्षिक प्रतिपरिवार रु तीन हजार ५०० र पाँच जना भन्दाबढी परिवारका सदस्य भएमा प्रतिसदस्य ७०० का दरले शुल्क तिर्नुपर्ने हुन्छ । पाँच जनाको परिवारका लागि प्रतिपरिवार वार्षिक रु एक लाख सम्मको नि:शुल्क स्वास्थ्य सेवा पाइन्छ भने पाँचभन्दा बढी भएमा प्रतिसदस्य २० हजारका दरले सेवा शुल्कमा थप हँुदै जाने व्यवस्था छ । स्वास्थ्य बीमा कार्यक्रममा एक हजार ११८ प्रकारका औषधि उपचार पाइने दर्ता अधिकारी रेग्मीको भनाइ छ । उनका अनुसार बीमा कार्यक्रममा आवद्ध सदस्यले सूचीकृत अस्पतालबाट मात्रै नि:शुल्क उपचार सेवा पाउने व्यवस्था छ । 

जिल्लामा चार वटा स्वास्थ्य संस्थाबाट यो सेवा उपलब्ध छ । हालसम्म जिल्ला अस्पताल लमजुङबाट मात्र यो सेवा लिएको बताइएको छ । जिल्ला अस्पतालमा हालसम्म ८०६ जनाले बीमाबापतको उपचार सेवा लिएका छन् । यीमध्ये ५३४ महिला र २७२ पुरुषले यो सेवा लिएको जिल्ला अस्पताल लमजुङका प्रमुख हेमन्त श्रेष्ठले बताए । उनका अनुसार उनीहरुले यस अस्पतालबाट औषधिउपचारमा रु १० लाख बराबरको सेवा लिएका छन् । बीमा रकम तिर्न नसक्ने विपन्न वर्गका हकमा भने सरकारले नै बीमा रकमवापतको शुल्क तिरिदिने व्यवस्था गरेको छ । उक्त व्यवस्थाअन्तर्गत सरकारले अतिविपन्न नागरिकलाई शतप्रतिशत, विपन्नलाई ७५ प्रतिशत तथा गरीबीको रेखामुनि रहेका नागरिकलाई ५० प्रतिशतका दरले बीमा रकमबापतको शुल्क तिरिदिने व्यवस्था छ ।

यहाँका ज्येष्ठ नागरिक, पूर्ण रुपमा अपाङ्गता भएका एवं रातो कार्ड भएका र एचआइभी सङ्क्रमितलाई नि:शुल्क स्वास्थ्य बीमा गरिएको दर्ता अधिकारी रेग्मीको भनाइ छ । त्यस्तै, महिला स्वयमसेविकालाई भने ५० प्रतिशत छुट दिएको उनको भनाइ छ । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy