चितवन । जिल्लामा हुने विभिन्न खेलकुद प्रतियोगिता कोरोनाका कारण हुन नसक्दा खेलाडी निराश बनेका छन् । कोरोना कहरका कारण विगत दुई वर्षदेखि जिल्ला, प्रदेश तथा केन्द्रीय प्रतियोगिता हुनसकेका छैनन् ।
तेक्वान्दो खेलाडी शिशिर श्रेष्ठ कोरोनाका कारण शारीरिक उपस्थिति भई खेल खेल्न नपाउँदा निराशा बढेको बताउँछन् ।उनले भने, ‘भर्चुअल माध्यमबाट हुने प्रतियोगिताले खासै जाँगर नआउँदो रहेछ ।’ शारीरिकरूपमा उपस्थित भएर प्रशिक्षकको ऊर्जाका साथ खेल्दा खेलको आनन्द अर्कै हुने जनाउँदै उहाँले सामूहिकरूपमा खेल हुन नसक्दा खेलाडी निराश भएको बताए। सामूहिकरूपमा खेल भए नयाँ–नयाँ विधिको ज्ञान आफूहरुलाई हुने उनको भनाइ छ । प्रशिक्षकले दिने हौसलालाई अरुले दिन नसक्ने उनले बताए ।
जिल्ला खेलकुद विकास समितिका अनुसार विगत दुई वर्ष जिल्लामा खेलकुद शून्यप्राय: छ । गत वैशाखमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता भएको भए पनि त्यसबाहेकका ठूला–साना प्रतियोगिता हुनसकेका छैनन् । कार्यालयका सचिव रामजी ढकालले कोरोना कहर घटेसँगै खेलकुद क्षेत्रमा केही आशा पलाउन थालेको बताए । उनले भने, ‘कोरोना कहरका कारण खेलाडीमा खेलप्रतिको रुचि कम भएको हुनसक्छ, तर अब आशा पलाएको छ ।’ जिल्लामा हुने ठूला प्रतियोगिताका प्रायोजक व्यावसायिक नहुँदा खेलकुदप्रति त्यति आकर्षित बन्न नसकेको उनको भनाइ छ ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रल्लाद प्रधान सरकारका कारण खेल क्षेत्र निराश भएको बताउनुहुन्छ । कोरोनाको मारमा परेको खेलकुद क्षेत्रलाई सरकारले पर्याप्त बजेटसमेत नदिँदा ठूलो समस्या परेको उनको भनाइ थियो । कोरोनाका कारण खेलकुदको क्यालेण्डरअनुसार कार्यक्रम गर्न नपाउँदा खेलप्रेमीमा नैराश्यता छाएको उहाँको भनाइ छ । उनले भने, ‘खेल क्षेत्रबाट आफूलाई चिनाउने अवसर खेलाडीले गुमाएका छन् ।’
कोरोना कहर अगाडि यहाँ राष्ट्रियस्तरका प्रतियोगिता हुने गर्दा खेल पर्यटकसमेत बढ्न लागेको उहाँको बुझाइ छ । अहिले प्रतियोगिता हुन नसक्दा यहाँका पालिकाले लिएको एक वडा एक खेल मैदान नीतिसमेत कार्यान्वयनमा आउन नसकेको प्रधानले जानकारी दिए ।
कोरोना सङ्क्रमण बढ्नुअघि जिल्लामा हुने विभिन्न प्रतियोगिताले खेलाडीको मनोवल उच्च बनाउनाका साथै खेल क्षेत्रको विकास भएको भए पनि अहिले त्यस्तो हुन नसकेको हो । प्रदेश खेलकुद परिषद् सदस्यसचिव सूर्यलाल भण्डारी कोरोनाका कारण खेलकुद क्षेत्र तहसनहस बनेको बताउनुहुन्छ । खेलाडीबिना प्रशिक्षण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुनुपरेको जनाउँदै उहाँले कोरोना सङ्क्रमण घट्दै गएकाले अब प्रतियोगिता सुरु गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रा खेलाडीबिना तयारी परीक्षामा सहभागी हुनुपरेको छ ।” कात्तिकदेखि प्रदेशस्तरीय प्रतियोगिता र प्रशिक्षण सुरु भएपछि खेल क्षेत्रमा केही उत्साह थपिने उहाँको भनाइ छ ।
सङ्घ र प्रदेश सरकारबीच खेलकुद परिषद्सम्बन्धी विवाद कायमै रहेका कारण सोचेजस्तो काम हुन नसकेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले कानुन निर्माणका काम गरिरहेकाले जिल्ला तहमा खेलकुद हुनसकेको छैन ।” जिल्लामा स्थानीयदेखि राष्ट्रियस्तरका प्रतियोगिता हुने गरेकामा अहिले सामान्य प्रशिक्षण मात्रै भइरहेको छ । खेल क्षेत्रको विकास र उत्थानका लागि प्रतियोगिता हुन जरुरी देखिन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...



प्रतिकृया लेख्नुहोस्: