सिन्धुपाल्चोक । नेपाली कांग्रेस, क्षेत्र नं २ विपद् व्यवस्थापन समितिले मेलम्ची र हेलम्बुका बाढीपीडितलाई राहत वितरण गरेको छ । मेलम्ची नगरपालिकाको मेलम्ची बजार र तालामाराङ तथा हेलम्बु गाउँपालिकाको ग्याल्थुम बजारका पीडितलाई नगद रु सात लाख ५० हजार वितरण गरिएको हो ।
उक्त नगद क्षेत्र नं २ का सभापति आइतमान तामाङका संयोजकत्वमा कांग्रेस जिल्ला सभापति विकास लामा, जिल्ला सहसचिव अनुप न्यौपाने, इन्द्रावती गाउँपालिकाका प्रमुख वंशलाल तामाङ, जिल्ला सदस्यद्वय पेम्बा ग्यालजेन शेर्पा र सिपी चौलगाईँ, युवानेता राजेन्द्रबहादुर गोर्खाली, जिल्ला सदस्य गणेशविक्रम सिलवाल, क्षेत्रीय सदस्य किरणदीप खड्का, क्षेत्रीय प्रतिनिधि कुमार दुलाललगायतका उपस्थितिमा राहतस्वरुप वितरण गरिएको हो ।
गत असार १ र साउन १६ मा मेलम्ची हेलम्बु नदीमा आएको बाढीले घर बगाएकाहरुलाई मात्रै नगद सहयोग गरिएको र जग्गा तथा पसल बगाएकालाई अर्को व्यवस्था गरिने क्षेत्रीय सभापति तामाङले जानकारी दिए ।
उनका अनुसार राहत वितरणअन्तर्गत मेलम्ची बजारमा ४६ घरपरिवारलाई रु चार हजारका दरले नगद वितरण गरिएको थियो भने तालामाराङमा एकमुष्ट रु एक लाख नगद वडा सभापतिलाई जिम्मा लगाइएको थियो । त्यस्तै हेलम्बु लागि एकमुष्ट रु तीन लाख ५० हजार प्रत्येक वडाका सभापतिलाई जिम्मा लगाइएको र मेलम्ची–५ सिन्धुकोटका पहिरापीडित पाँच घरधुरीलाई रु चार हजारका दरले नगद रु २० हजार सहयोग गरिएको थियो । सो अवसरमा कांग्रेसका जिल्ला सभापति लामाले दशैँलगत्तै पालिका र जिल्ला अधिवेशन गरिने जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ६ गते, २०७९ - २०:५८
काठमाडौं। काठमाडौं महानगरपालिकाले न्यायिक समिति राष्ट्रिय सम्मेलन गर्ने भएको छ। काठमाडौं महानगरको नेतृत्व र उपत्यकाका सबै पालिकाको साझा आयोजनामा प...
चैत्र ६ गते, २०७९ - २०:४८
काठमाडौं। गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पत्रकारको हित हुने गरी नै प्रदेश सरकारले आमसञ्चार विधेयक अघि बढाउने बताएका छन्। अनलाइन पत्रक...
चैत्र ६ गते, २०७९ - २०:१३
काठमाडौं। आगालागीमा परेर घाइते भएका सांसद चन्द्रकान्त भण्डारीलाई अर्थमन्त्रालयले ५५ लाख ८८ हजार १ सय ६४ रुपैया सहायता दिएको छ। गत महिना खाना पकाउने...
चैत्र ६ गते, २०७९ - १९:४२
काठमाडौं। सभामुख देवराज घिमिरेले पत्रकारबारे आफ्नो विवादित अभिव्यक्ति सच्याएका छन् । पत्रकार महासंघका पदाधिकारीसँगको छलफल सोमबार सभामुख घिमिरेले आफ्नो...
चैत्र ६ गते, २०७९ - १९:३६
काठमाडौं। जंगली हात्तीको आक्रमणबाट रौतहटमा एक महिलाको मृत्यु भएको छ । चन्द्रपुर नगरपालिका वडा नम्बर ४ घर भएकी ४५ वर्षीया मिना बलम्पाकी मगरको मृत्यु भए...
चैत्र ६ गते, २०७९ - १९:२९
काठमाडौं। सीएमजे स्पिरिट अफ क्रिकेट अवार्ड–२०२२ नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ शेखले जितेका छन्। मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) ले प्रदान ...
चैत्र ६ गते, २०७९ - १९:१६
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नो भारत भम्रण चाँडै हुने बताएका छन् । सोमबार प्रतिनिधि सभामा विश्वासको मत लिएपछि सञ्...
चैत्र ६ गते, २०७९ - १९:११
बर्दिया। बर्दियामा बाघको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ । मधुवन नगरपालिका ५ मा बाघको आक्रमणबाट दुई जनाको मृत्यु भएको हो। मधुवन नगरपालिका ५ का ...
चैत्र ६ गते, २०७९ - १९:०४
काठमाडौँ। काठमाडौं । प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिताको चरम उल्लङ्घन गर्ने ३५ वटा युट्युब च्यानललाई विशेष अनुगमनमा राखिएको जनाएको छ । काउ...
चैत्र ६ गते, २०७९ - १८:४२
काठमाडौँ। साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपालले पहिलो खेलमा भारतसँग ४–१ को फराकिलो हार व्यहोरेको छ । बंगलादेशको ढाकामा जारी प्रतियोगिताको पहिलो ...
प्रतिकृया लेख्नुहोस्: