बैतडी । जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाको तयारी गरिएको छ । प्लान्ट स्थापनाका लागि आवश्यक सामग्री पुगिसकेको छ ।
जिल्ला अस्पताल प्रमुख डा वसन्तराज जोशीका अनुसार प्लान्ट स्थापनाका लागि पहिलो चरणमा केही सामग्री आएको बाँकी पनि चाँडै आइपुग्ने छ । उनले भने, “सबै सामग्री आएपछि जडानको काम सम्पन्न गछौँँ ।” पूरै सामग्री आइपुग्न अझै दुई साता लाग्ने उनले बताए । गत असारभित्र प्लान्ट निर्माण सम्पन्न गर्ने गरी हेल्थ केयर सप्लायर्स काठमाडौँ र जिल्ला अस्पतालबीच सम्झौता भएको थियो । सप्लायर्स कम्पनीको लापरबाहीका कारण प्लान्ट स्थापनामा ढिलाइ भएको हो ।
चार महिनामा बल्ल केही सामग्री आइपुगेको छ । प्लान्ट स्थापनाका लािग सङ्घीय सरकारबाट रु एक करोड ५० लाख र सुदूरपश्चिम प्रदेश सरकारबाट रु ८० लाख बजेट प्राप्त भएको छ । रकम प्राप्त भएपछि अस्पतालले बोलपत्र आह्वान गरी उक्त सप्लायर्सलाई छनोट गरेको हो । गत आर्थिक वर्षभित्र नै जडान गरिसक्ने गरी असारमा दुवै पक्षबीच सम्झौता भएको थियो ।
कोरोना महामारीको दोस्रो लहर फैलिएसँगै जिल्लामा अक्सिजन अभाव भएको थियो । त्यसपछि प्रदेश सरकार र सङ्घीय सरकारले प्लान्ट स्थापनाका लागि बजेट विनियोजन गरेको थियो । जिल्लामा प्लान्ट नहुँदा सिलिन्डर खरिद गरी अक्सिजन आपूर्ति गर्नुपर्ने अवस्था छ । प्लान्ट स्थापना भएपछि आवश्यकताअनुसार अक्सिजन उत्पादन गर्न सकिने छ । उक्त प्लान्ट स्थापनाबाट ५० शय्याको अस्पतालका लागि सहयोग पुग्ने डा जोशीले बताए ।
“प्लान्ट स्थापनाले कोरोनाका बिरामीका लागि मात्र नभएर अन्य शल्यक्रिया र सघन उपचार कक्ष सञ्चालनका लागि सहज हुनेछ”, उनले भने । भारतसँग सीमा जोडिएको जिल्लामा हालसम्म कोरोनाबाट १८ जनाको मृत्यु भइसकेको छ । हाल यहाँ २१ सक्रिय सङ्क्रमित छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ६ गते, २०७९ - २०:५८
काठमाडौं। काठमाडौं महानगरपालिकाले न्यायिक समिति राष्ट्रिय सम्मेलन गर्ने भएको छ। काठमाडौं महानगरको नेतृत्व र उपत्यकाका सबै पालिकाको साझा आयोजनामा प...
चैत्र ६ गते, २०७९ - २०:४८
काठमाडौं। गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पत्रकारको हित हुने गरी नै प्रदेश सरकारले आमसञ्चार विधेयक अघि बढाउने बताएका छन्। अनलाइन पत्रक...
चैत्र ६ गते, २०७९ - २०:१३
काठमाडौं। आगालागीमा परेर घाइते भएका सांसद चन्द्रकान्त भण्डारीलाई अर्थमन्त्रालयले ५५ लाख ८८ हजार १ सय ६४ रुपैया सहायता दिएको छ। गत महिना खाना पकाउने...
चैत्र ६ गते, २०७९ - १९:४२
काठमाडौं। सभामुख देवराज घिमिरेले पत्रकारबारे आफ्नो विवादित अभिव्यक्ति सच्याएका छन् । पत्रकार महासंघका पदाधिकारीसँगको छलफल सोमबार सभामुख घिमिरेले आफ्नो...
चैत्र ६ गते, २०७९ - १९:३६
काठमाडौं। जंगली हात्तीको आक्रमणबाट रौतहटमा एक महिलाको मृत्यु भएको छ । चन्द्रपुर नगरपालिका वडा नम्बर ४ घर भएकी ४५ वर्षीया मिना बलम्पाकी मगरको मृत्यु भए...
चैत्र ६ गते, २०७९ - १९:२९
काठमाडौं। सीएमजे स्पिरिट अफ क्रिकेट अवार्ड–२०२२ नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ शेखले जितेका छन्। मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) ले प्रदान ...
चैत्र ६ गते, २०७९ - १९:१६
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नो भारत भम्रण चाँडै हुने बताएका छन् । सोमबार प्रतिनिधि सभामा विश्वासको मत लिएपछि सञ्...
चैत्र ६ गते, २०७९ - १९:११
बर्दिया। बर्दियामा बाघको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ । मधुवन नगरपालिका ५ मा बाघको आक्रमणबाट दुई जनाको मृत्यु भएको हो। मधुवन नगरपालिका ५ का ...
चैत्र ६ गते, २०७९ - १९:०४
काठमाडौँ। काठमाडौं । प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिताको चरम उल्लङ्घन गर्ने ३५ वटा युट्युब च्यानललाई विशेष अनुगमनमा राखिएको जनाएको छ । काउ...
चैत्र ६ गते, २०७९ - १८:४२
काठमाडौँ। साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपालले पहिलो खेलमा भारतसँग ४–१ को फराकिलो हार व्यहोरेको छ । बंगलादेशको ढाकामा जारी प्रतियोगिताको पहिलो ...
प्रतिकृया लेख्नुहोस्: