Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

अष्ट्रेलियाले २०२२ सम्म बाह्य पर्यटक नभित्र्याउँने

रासस

क्यानबेरा । अष्ट्रेलियाले अर्को वर्ष ९२०२२० सम्म बाह्य पर्यटकहरूलाई नभित्र्याउने भएको छ। प्रधानमन्त्री स्कट मोरिसनले मङ्गलबार बताएअनुसार कुशल आप्रवासीहरू र विद्यार्थीहरूलाई  अष्ट्रेलिया प्रवेशमा भने उच्च प्राथमिकता दिइनेछ । अष्ट्रेलियाले आजसम्म १६ वर्ष माथिका ८० प्रतिशत जनतालाई कोभिड विरुद्धको दोस्रो मात्राको खोप लगाइसक्ने जनाएको छ।  

गत हप्ता प्रधानमन्त्री मोरिसनले खोप लगाएका नागरिक र स्थायी बासिन्दाहरूलाई पहिलो पटक नोभेम्बरबाट विदेश उडान गर्न अनुमति दिने योजना सार्वजनिक गरेका थिए । गत वर्ष मार्चमा लिइएको सीमा प्रतिबन्धको निर्णयपछिको यो सीमा खुकुलो बनाउने पहिलो र महत्त्वपूर्ण निर्णय थियो । यसै बीच प्रधानमन्त्री मोरिसनले मङ्गलबार अष्ट्रेलियालीहरू पछि स्वदेश प्रवेशको अबको प्राथमिकता बाह्य पर्यटकहरू भन्दा कुशल आप्रवासीहरू र अन्तरराष्ट्रिय विद्यार्थीहरू हुने बताएका छन् । 

अन्य देशहरूबाट अष्ट्रेलिया प्रवेश गर्नेहरूको सङ्ख्या दोस्रो विश्वयुद्धपछि सबैभन्दा कम कोभिड महामारी र यसबाट सृजित प्रतिबन्धका कारण भएको  हो । कोभिड महामारीले अष्ट्रेलियाली विश्वविद्यालयहरूमा अत्यन्तै नकारात्मक असर पारेको छ। किनकि यहाँका प्राय: विश्वविद्यालयहरू विदेशी विद्यार्थीले तिर्ने शुल्कमा निर्भर हुने गर्दछन् । जारी सीमा प्रतिबन्ध निरन्तर रहदाँ अन्तरराष्ट्रिय विद्यार्थी अन्य मुलुकमा जानसक्ने  डरले यहाँका विश्वविद्यालयहरू चिन्तित देखिन्छन् ।  

प्रधानमन्त्री मोरिसनले सेभेन नेटवर्क टेलिभिजनलाई भने, अर्को प्राथमिकता कुशल आप्रवासी हुन् जो देशका लागि धेरै महत्त्वपूर्ण छन्  र जसले पूर्ण खोप पनि लगाएका छन् ।  साथसाथै अष्ट्रेलियामा अध्ययन गर्न आउने र अध्ययनपश्चत् फर्किने विद्यार्थी पनि त्यतिकै महत्त्वपूर्ण छन् ।

अष्ट्रेलियन पर्यटन  परिषद् जसले एक क्षेत्रको प्रतिनिधित्व गर्दछ त्यसले महामारीभन्दा पहिले अन्तरराष्ट्रिय पर्यटकहरूबाट मात्र एक वर्षमा ४५ अर्ब अस्ट्रेलियन डलर कमाएको थियो। यस परिषद्ले मार्च सम्ममा सीमा प्रतिबन्ध हट्ने र बाह्य पर्यटकको आवागमनमा सहजता आउने अपेक्षा गरेको छ । अष्ट्रेलियाले कोभिड विरुद्धको खोप अभियानलाई तीव्र बनाइरहेको छ तर पनि सङ्क्रमण भने नियन्त्रणमा आइसकेको छैन ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy